‘सन्तोषजनक थिएन समन्वय र सुरक्षा परिचालन’
गत भदौको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई २४ फागुनमा आफ्नो प्रतिवेदन बुझाएको थियो । तर, सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगर्दै त्यसको डिजिटल कपी विभिन्न सञ्चारमाध्यम मार्फत सार्वजनिक भैसकेको छ ।
गत भदो २३ र २४ गते भएका घटनाहरू छानबिन गर्न गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार गरेको प्रतिवेदनमा बाँकेमा दुई दिन घटेका घटनाहरूको विवरण उल्लेख गरेको छ । ६.५ः१ जिल्ला प्रशासन कार्यालय बाँके शिर्षकमा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ, ‘प्रमुख जिल्ला अधिकारीको नजरबाट हेर्दा भाद्र २४ गतेका दिन बाँके जिल्लामा सुरक्षा निकायको परिचालन र समन्वय प्रमुख जिल्ला अधिकारीले अपेक्षा गरे अनुरूप सन्तोषजनक वा प्रभावकारी थियो भनेर भन्न सकिने अवस्था देखिदैन भन्ने व्यहोराको बाँके जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गरेको घटना विवरण ।’
जाँचबुझ आयोगको प्रतिवेदनमा बाँकेको सन्दर्भ जस्ताको तस्तै
६.५.१ जिल्ला प्रशासन कार्यालय बाँके ः
सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषय भ्रष्टाचार विरुद्धको विषयलाई लिएर भाद्र २३ गते बिहान अन्दाजी ९ः४५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्थित बि.पी. चोकमा अन्दाजी ५००÷६०० जनाको संख्यामा जियनजेड पुस्ताका युवाहरू समेतको समूह भेला जम्मा भई रैली जुलुस निकाली नगर परिक्रमा गरि करिव ११ः५५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय गेटअगाडि धर्ना दिएको र धर्नाका क्रममा दिउँसो करिब १५ः०० बजेको समयमा ढुंगा र बोतल प्रहार गरी जबरजस्ती नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिने क्रममा धकलपकल हुँदा जिल्ला बाँके खजुरा गाउँपालिका बडा नं. ३ पुल चोक बस्ने बिनय नेपाली र जिल्ला दैलेख आठविसकोट नगरपालिका वडा नं. १ घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं. ६ प्रगतिटोल बस्ने जय प्रकाश बापा सामान्य घाइते भई निजहरूलाई तत्काल उपचारका लागि भेरी अस्पताल लगिएको। सामान्य उपचार पश्चात सोही दिन दुवै जना अस्पतालबाट डिस्चार्ज भएको भनी जानकारी प्राप्त भएको । उपमहानगरपालिकाको धर्ना पश्चात उक्त जुलुस जिल्ला प्रशासन तयालय यकिकी मूल गेट सम्म पुगी केही बेर धर्ना दिए पश्चात शान्तिपूर्ण रूपमा सम्पन्न भएको ।
सोही दिन कोहलपुर नगरपालिका बाल नं. ११ स्थित कोहलपुर चौराहमा विज्ञान अन्दाजी १०.२५ बजेको समयमा जियनजेड पुस्ताका युवाहरू समेतका अन्दाजी ३०० जनाको संख्यामा भेला जम्मा भई रैली निकाली नगर परिक्रमा पश्चात मध्यान्ह करिव १२ः२५ बजेको समयमा कोहलपुर नगरपालिकाको गेट अगाडि नेता जम्मा भइ नारा जुलुस गरेको र करिब १४ः४५ बजेको समसमा उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा समाप्त भएको। यस प्रकार भाद्र २३ गते भएका माथि उल्लिखित दुइवटा प्रदर्शनमा जम्मा २ जना प्रदर्शनकारीलाई सामान्य चोटपटक लागि तत्काल उपचार भएको ।
भाद्र २३ गते करिब दिउँसो ३ बजेपछि बसेको जिल्ला सुरक्षा समितिले “काठमाडौं लगायत देशका विभिन्न भागहरूमा जियनजेड का नामबाट प्रदर्शनहरू भइरहेको वर्तमान संवेदनशील अवस्था र यस जिल्लाको नेपालगन्ज, कोहलपुर लगायतका स्थानहरूमा आज भएको प्रदर्शन समेतलाई दृष्टिगत गर्दै सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण र प्रभावकारी सूचना, समन्वय, गस्ती, पेट्रोलिंग, माइकिंग मार्फत स्थितिलाई सामान्य बनाइराख्न सबै सुरक्षा निकाय पूर्ण सतर्कताको अवस्थामा रहने, समन्वयात्मक रूपमा परिचालित हुने र एक आपसमा भरपर्दो सूचना आदान–प्रदान गर्ने निर्णय गरेको ।
भाद्र २४ गते बिहान करीब १० बजे आसपासको समयमा प्रदर्शनकारीले ने.क.पा. एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी शुरु गरेको । सो स्थानमा पहिले देखिनै खटिरहेको सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेको र समयमै आगो निभाउन नसकेमा नजिकका घरहरूमा समेत आगजनी फैलिन सक्ने भएकोले तत्काल दमकल पठाउनका लागि ने.क.पा. एमाले बाँकेका अध्यक्ष लगायत विभिन्न व्यक्तिबाट प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत खबर आएको उपमहानगरपालिकाका नगर प्रमुखज्यूसँग फोन सम्पर्क गरी दमकल पठाइएको भएतापनि प्रदर्शनकारीबाट आगलागिको सूचना प्राप्त हुनासाथ नेपालगन्ज भएको अवरोधका कारण दमकल सम्बन्धित स्थलमा पुग्न नपाएको । ने.क.पा. एमालेको पार्टी कार्यालयमा आगजनी भएको केही समय पछि नेपाली कांग्रेस, बाँकेको पार्टी कार्यालयमा पनि आगजनी भएको खबर प्राप्त भएको । त्यसपछि आन्तरिक राजश्व कार्यालय, राजश्च अनुसन्धान कार्यालय, कोहलपुर नगरपालिका, कोहलपुर स्थित नापी कार्यालय, मालपोत कार्यालय कोहलपुर, इलाका प्रशासन कार्यालय कोहलपुर, नेपालगन्ज उपमहानगरपालिका कार्यालय जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उच्च अदालत. उच्च सरकारी वकिलको कार्यालय, जिल्ला स्थित नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, कृषि ज्ञान केन्द्र, भन्सार कार्यालय लगायतका दर्जनौ सरकारी कार्यालयका भवन, सवारी साधन, कार्यालय भवन भित्रका फर्निचर, कम्प्युटर, कागजात लगायतका सरकारी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट समेत भएको । नेपालगन्ज बजार स्थित विभिन्न चोकहरूमा रहेका विपी कोइराला, पुष्पलाल लगायतका सालिकहरूमा तोडफोड भएको। नेपालगन्ज बजार क्षेत्रमा रहेको ट्राफिक प्रहरी पोष्ट सहित केही प्रहरी पोष्टहरू भत्काउने कार्य भएको। निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी र लुटपाटको घटना हेर्दा यस जिल्लामा कोहलपुर नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख र केही वडा अध्यक्षहरूको घरमा क्षति पुगेको बाहेक अन्य कुनै पनि निजी सम्पतिको नोक्सानी भएको भनी प्रमुख जिल्ला अधिकारीलाई जानकारी प्राप्त भएको अवस्था नरहेको। बिहान करिब १०ः०० बजेपछि शुरु भएको तोडफोड, आगजनी र लुटपाटको कार्य दिउँसो २ बजेपछि झन–झन आक्रामक बन्दै गएको र दिउँसो २ बजेपछि स्थिति नियन्त्रण बाहिर गएको महसुस भएको। बिहान ठीक १०ः०० बजेदेखि नै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी सम्मिलित कमाण्ड पोष्ट बसिरहेको ।
फिल्डमा भैरहेको तोडफोड, आगजनी र लुटपाटको सूचना÷जानकारी विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवम् कर्मचारीबाट प्रमुख जिल्ला अधिकारीलाई फोन सम्पर्क मार्फत प्राप्त हुनासाथ आफ्नै कार्यकक्षमा उपस्थित रहेका बाँके जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू (खासगरी नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखलाई प्रदर्शनकारीहरूबाट भैरहेको विध्वंसात्मक गतिविधिलाई तत्काल नियन्त्रणमा लिन माइकिंग, पानीको फोहोरा, लाठी चार्ज, अश्रु ग्याँस र हवाई फायर सम्म (मानवीय क्षति नहुने गरी। सिलसिलेवार बल प्रयोगको सिद्धान्त वमोजिम स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिनको लागि आवश्यक कारवाही अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीबाट पटक–पटक अनुरोध र आदेश समेत भएको ।
नेपालगन्ज उपमहानगरपालिकामा भएको तोडफोड, आगजनी र लुटपाट पश्चात प्रदर्शनकारीको समूह जिल्ला प्रशासन कार्यालयतर्फ अगाडि बढिसकेको र जिल्ला सुरक्षा समितिका सदस्य रहेका नेपाली सेनाका प्रमुख सेनानीबाट प्रमुख जिल्ला अधिकारीको सुरक्षाका लागि अब जिल्ला प्रशासन कार्यालयबाट नजिकै (अन्दाजी २५० मिटर) रहेको नेपाली सेनाको पोष्टमा सर्नु उपयुक्त हुने भनी २÷३ पटक सुझाव प्राप्त भएपछि गृह मन्त्रालयमा समेत अवस्था जाहेर गर्दा सोही आशयको मार्गदर्शन प्राप्त भएपछि करिब दिउँसो ३ः३० बजेपछि नेपाली सेनाका प्रमुख सेनानी सँगै प्रमुख जिल्ला अधिकारी ४ वाहिनी पोष्टमा गएको र जिल्ला प्रशासन कार्यालयको प्र.जि.अ. र स.प्र.जि.अ. चढ्ने गाडी सुरक्षार्थ नेपाली सेनाको सोही पोष्टमा लगिएकोले क्षति हुन नपाएको। मैले नेपाली सेनाको पोष्टमा पुगेको करिब १०–१५ मिनेट नबित्दै प्रदर्शनकारीको समूहले जिल्ला प्रशासन कार्यालय चोकमा आक्रमण गरी तोडफोड, आगजनी र लुटपाट गरेको। प्रमुख जिल्ला अधिकारी आफू स्वयम् आफ्नो कार्यालयमा बस्दा सुरक्षित नहुने अवस्थाका कारण नेपाली सेनाको पोष्टमा गई बस्नु परेपछिको अवस्थामा समेत फोन मार्फत प्राप्त सूचना जानकारी र सुरक्षा माग तथा आगो निभाउनका लागि दमकल माग भएका विषयमा निरन्तर फोन सम्पर्क मार्फत आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न हरसम्भव प्रयास गरेको ।
बिहानदेखि राति अबेरसम्मका हरेक घटना र परिस्थितिका बारेमा गृह मन्त्रालयमा निरन्तर जाहेर÷समन्वय गरेको । राति करिव ९ः०० बजेपछि नेपालगन्ज उपमहानगरपालिका स्थित विभिन्न व्यक्तिबाट चोरी र लुटपाटका घटना बढ्न थालेको पनि फोनमार्फत सूचना प्राप्त हुनासाथ नेपाली सेनाको ४ वाहिनी पोष्टमा राति ९ः३० बजे जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक बसेको र रात्रि १०ः०० बजेदेखि सयुक्त सुरक्षा गस्ती परिचालन गरिएको ।
भाद्र २४ गते बेलुकी ९ः३० बजेको समयमा जिल्लाको ४ बाहिनी चोकस्थित नेपाली सेनाको सुरक्षा पोष्टमा जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक बसी २४ गते बिहान ९ः०० बजे पछि विभिन्न व्यक्तिहरू सम्मिलित प्रदर्शनका क्रममा भएको सरकारी सम्पत्ति र निजी सम्पति समेतमा आक्रमण, तोडफोड, आगजनी, लुटपाट लगायतको अराजक क्रियाकलापबाट उत्पन्न विषम परिस्थितिलाई नियन्त्रणमा लिन एवं सर्वसाधारणको जीउधनको सुरक्षाका साथै जिल्लाको शान्ति सुव्यवस्था कायम राख्न अति आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आजै राति १० बजेदेखि अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गर्नको लागि क्षेत्र समेत तोकी प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गर्ने निर्णय गरेको । जिल्ला सुरक्षा समितिको सोही बैठकको सिफारिस बमोजिम प्रमुख जिल्ला अधिकारीबाट तोकिएका स्थान÷क्षेत्र खुलाई मिति २०८२÷०५÷२४ गते राति १०ः०० बजे देखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र तोकी निषेधाज्ञाको आदेश जारि गरिएको । साथै जिल्ला सुरक्षा समितिको भाद्र २६ गतेको बैठकको सिफारिस बमोजिम बाँके जिल्ला भर निश्चित समय तोकी निषेधाज्ञाको आदेश जारी गरिएको ।
साथै भाद्र २४ गतेकै जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा उत्पन्न विषम परिस्थिति, हुलदंगा एवम् अशान्तिको अवस्थाबाट सर्वसाधारण नागरिकको जीउधनको सुरक्षा एवम् विद्यमान लुटपाट, आगजनी जस्ता अराजक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न जिल्लास्थित सबै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन हुने निर्णय समेत गरेको । तत्पश्चात सोही राति १०ः०० बजेदेखि प्रमुख जिल्ला अधिकारी समेतको सहभागितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान समेतका जिल्ला सुरक्षा समितिका पदाधिकारी सहित संयुक्त गस्ती परिचालन भएको ।
भाद्र २४ गते राति १० बजेपछि नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न स्थानबाट चोरीका घटना बढ्न थालेको भनी फोन मार्फत सूचना प्राप्त भएपश्चात जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी सम्मिलित सुरक्षा टोली राति १०ः०० बजे बाट परिचालित भयो । भवन जल्दै गरेको नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट अहिले पनि सामान चोरी भैरहेको भनी उक्त पालिकाका मेयर र कर्मचारीबाट प्राप्त सूचना बमोजिम उक्त स्थानमा पुग्दा केही व्यक्तिहरू हामी पुग्नासाथ भागेको देखियो । त्यसपछि बजारको मुख्य मुख्य चोकहरूको अवस्था नियाल्दै गस्ती अगाडि बढीरहेको समयमा नेपालगन्ज भन्सार कार्यालयमा अहिले पनि सामान चोरी हुँदै छ भनी उक्त कार्यालयका प्रमुखबाट फोनमार्फत जानकारी प्राप्त भएकोले हाम्रो टोली सिधै नेपाल भारत सीमानाका जमुनाहमा रहेको भन्सार कार्यालय पुग्यो। हामी भन्सार नाका परिसरमै रहेका बखत मलाई एकजना अपरिचित व्यक्तिको एउटा अज्ञात नम्बर (मेरो मोबाइलमा सेभ नभएको नम्बर) बाट फोन आयो र फोनमा उताबाट बोल्ने व्यक्तिले तपाई सि.डि.ओ. हो कि भन्ने प्रश्न सोधे पश्चात मैले हो भन्ने जवाफ दिएपछि बाल सुधार गृहमा भर्खरै गोली चलेको र त्यसबाट आफ्नो केही साथीहरू घाइते भएको सूचना दियो । राति करिव १०ः३० देखि ११ः०० बजेको समयमा उक्त फोन मार्फत सूचना पाउने वित्तिकै मैले तत्कालीन समयमा आफूसँगै रहेका नेपाल प्रहरी र सशत्र प्रहरी बल, नेपालका प्रहरी उपरीक्षकद्वयलाई बालसुधार गृह वा कारगारमा गोली चलेको हो र कोही घाइते भएको अवस्था हो ? भनेर प्रश्न गर्दा दुबै जनाले तत्काल आफ्नो च्यानलमा सोधनी पश्चात गोली नचलेको र केही राउण्ड हवाई फायर मात्र भएको भनी मलाई जानकारी दिए । राति करिब १२ः०० बजे आसपासको समयमा नौबस्ता कारागार र बालसुधार गृहको स्थलगत अवस्था बुइन दुवै जना प्रहरी उपरीक्षकहरू सहितको टोली सम्बन्धित स्थलतर्फ प्रस्थान गरेको थियो । नौबस्ता कारागार र सँगै जोडिएको नौबस्ता बालसुधार गृहमा भाद्र २४ गते राति १० बजे पछि (अन्दाजी १०ः१५ बजेदेखि ११ः०० बजे भित्रको समयमा हुनुपर्छ) भएको भनीएको घटनाका सम्बन्धमा मैले सो राति प्राप्त गरेको जानकारी त्यति मात्रै रहेकोले सो घटनाका सम्बन्धमा सम्बन्धित कार्यालय÷अधिकारीबाट नै विस्तृत विवरण प्राप्त हुनेछ होला । साथै २४ गते राति नौवास्ता बालसुधार गृह र नौबस्ता कारगार कार्यालयबाट फरार भएका कैदी बन्दी सम्बन्धी जानकारी समेत सम्बन्धित कार्यालयबाट प्राप्त हुनेछ ।
भाद्र २४ गते राति १०ः०० बजेबाट शुरु भएको संयुक्त गस्तीबाट भाद्र २५ गते विहान करिव १ः३० बजे नेपालगन्जस्थित राँझा व्यारेक प्रमुख सेनानीको कार्यालयमा आइपुगेपछि म र राष्ट्रिय अनुसन्धानका बाँके जिल्ला प्रमुख त्यस राति र भोलिपल्ट २५ गतेको राति समेत गरी २ रात सोही व्यारेकमा बसेको अवस्था थियो ।
भाद्र २४ गते राति १० बजेपछि नेपाली सेनाको परिचालन पश्चात भाद्र २५ गते दिउँसो करिव १ बजेतिर जयन्दु बाल सुधार गृहबाट १२३ जना बाल विज्याईकर्ता भागेको खबर प्राप्त हुनासाथ प्र.जि.अ.को नेतृत्वमा जिल्ला सुरक्षा समिति उक्त स्थानमा पुगी माइकिंग गरी भागेका व्यक्तिहरूलाई तत्काल फिर्ता हुन अनुरोध गर्दा ३ जना बाल विज्याईकर्ता फिर्ता आएको ।
भाद्र २६ गते दिउँसो अन्दाजी ३ः३० बजेको समयमा जिल्ला कारागार कार्यालय बाँकेको “द्य“ ब्लकमा रहेका कैदीबन्दीले आगजनी गरी भाग्न प्रयास गरेको खबर प्राप्त हुनासाथ संयुक्त फौजको सुरक्षा कारवाहीमा स्थिति नियन्त्रणमा लिइएको । सो क्रममा केही राउण्ड हवाई फायर भएको र एक जना कैदी घाइते भई उपचारका लागि अस्पताल लगिएको ।
घटनाका कारणहरू हेर्दा बाँके जिल्लाको सन्दर्भमा भाद्र २३ गतेको प्रदर्शन समग्रमा शान्तिपूर्ण नै रहेको भएतापनि भाद्र २४ गते यस जिल्लामा पनि सरकारी÷सार्वजनिक सम्पतिमा ठुलै क्षति पुग्नुका साथै केही व्यक्ति (माथि उल्लेख भैसकेको) को निजी सम्पतिमाथि समेत क्षति पुगेको थियो । मेरो बिचारमा बाँके जिल्लामा भएको उक्त घटना घट्नुका सम्भावित कारणहरू निम्नानुसार हुन सक्दछन्ः
भात्र २३ गते काठमाडौंमा भएको प्रदर्शनको क्रममा बाँके जिल्ला निवासी २ जना विद्यार्थीको पनि दुःखद निधन भएकोले गर्दा यसबाट बाँके जिल्लाका प्रदर्शनकारीहरूमा बढी आक्रोश उत्पन्न हुनु, आमसञ्चार माध्ययम सहित विभिन्न सामाजिक सञ्जालमा भाद्र २३ गते काठमाडौँमा भएको प्रदर्शनमा ठूलो संख्यामा प्रदर्शनकारीको निधन भएको घटनामा सुरक्षाकर्मीबाट भएको बल प्रयोगको तीव्र आलोचना हुनुका साथै प्रहरीप्रति व्यक्त चौतर्फी आक्रोशका कारण भाद्र २४ गते प्रदर्शनकारीबाट नोडफोड, आगजनी र लुटपाट हुँदा समेत सुरक्षाकमी अपेक्षित रूपमा परिचालित हुन नसक्नु, भाद्र २३ गतेको काठमाडौंको घटना र भाद्र २४ गते विभिन्न सामाजिक सञ्जालमा आएका पोष्ट सूचना, काठमाडौंमा भएको प्रहरी चौकी माथिको आक्रमण र प्रहरीका हातहतियार लुटिएका समाचार लगायतका कारण बाँके जिल्लामा कार्यरत सुरक्षाकर्मीको मनोबलमा समेत प्रतिकूल प्रभाव पर्नु, गृह मन्त्रालय र सुरक्षा निकायको नेतृत्व तहबाट समेत स्पष्ट निर्देशन÷मार्गदर्शनको अभाव महसुस हुनु, मानव शरीरमा मस्तिष्कघात (द्यचबष्ल ज्झयचचजबनभ) हुँदा शरीरका अन्य अंगले ठीकसँग आफ्नो कार्य गर्न नसक्ने अवस्था सृजना हुने गरेझै राज्य सञ्चालनको मुख्य केन्द्रीय निकाय सिंहदरवार नै आगजनीमा पर्नुका साथै राज्यका महत्वपूर्ण निकाय विध्वंस भएको खबर देश भर फैलिएको अवस्थाले गर्दा जिल्लास्थित सुरक्षा निकायमा पनि प्रतिकूल प्रभाव परेको, कर्तव्यपालनाका लागि मरी मेटेर काम गर्दै गर्दा भोलि उल्टै कारबाहीमा परिने हो कि भनी सुरक्षाकर्मीमा व्याप्त आशंका, सुरक्षाकर्मीसँग प्रयाप्त स्रोत, साधन अभाव हुनु । स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम शान्ति सुरक्षा कायम गर्ने सवालमा बल प्रयोगको आदेश दिने अधिकार प्रमुख जिल्ला अधिकारीसँग रहेतापनि व्यहारमा हेर्दा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू आफ्नो माथिल्लो निकायबाट स्पष्ट आदेश प्राप्त नहुँदासम्म बल प्रयोगको सवालमा द्विविधा महसुस गर्ने विद्यमानता हुनु, विगतदेखि सुरक्षा निकाय अभाव, दवाव र प्रभावबाट मुक्त हुन नसक्नु, सरकारी निकायबाट प्रदान गरिएका सेवाहरूले नागरिको मन जित्न नसकेको तथा सरकारी निकायप्रति नागरिकको चरम अविश्वास र आक्रोश हुनु। सरकारी सेवा प्रदायकहरूमा सेवाग्राहीमैत्री व्यवहारको कमी हुनु । हरेक आन्दोलनमा कुनै न कुनै रूपमा सरकारी सम्पत्तिमाथि नोक्सानी हुने गरेको बिगत देखिको परम्परा र त्यसरी सरकारी सम्पत्ति नोक्सानी गर्नेलाई खासै कारबाही नहुने गरेको । गत विगतदेखिको प्रचलनका कारण प्रदर्शनकारीहरूमा सरकारी सम्पत्ति माथि नोक्सानी गर्दा कुनै डर त्रास नहुनु, हरेक नागरिकलाई सरकारी÷सार्वजनिक सम्पत्तिप्रति अपनत्व र माया जगाउन नसकिएको अवस्था रहनु । सधै अधिकारमुखी सोचबाट आन्दोलन हुने तर नागरिकलाई आफ्नो कर्तव्यप्रति जिम्मेबार बनाउने खालका क्रियाकलापमा सरोकारवाला पक्षबाट प्रयाप्त ध्यान नपुग्नु । शिक्षा प्रणालीकै माध्यमबाट प्रत्येक व्यक्तिमा नैतिकता, अनुशासन, असल आचरण, जिम्मेवार नागरिक बन्न सघाउने गुणहरू प्रवद्र्धन गर्न नसकिएको अवस्था
हुनु । समाजमा व्याप्त दण्डहीनता, कानून कार्यान्वयनमा फितलोपना, सुशासनको अभाव आदि ।
बाँके जिल्लाको सन्दर्भमा विचार गर्दा भाद्र २३ गतेको प्रदर्शनमा जियनजेड पुस्ताका युवा समूह समेतको संलग्नतामा केही अन्य व्यक्ति÷समूह समेतको संलग्नता रहेको आभास हुन्थ्यो भने भाद्र २४ गतेको तोडफोड, आगजनी र लुटपाट लगायतका कार्यमा विभिन्न आपराधिक प्रवृत्ति र पृष्ठभूमि भएका व्यक्तिहरू बढी संलग्नता रहेको आशंका गर्न सकिन्थ्यो । भाद्र २४ गतेको घटना पश्चात जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट समेत भाद्र २४ गतेको घटनामा संलग्न व्यक्ति÷समूहका सम्बन्धमा सूचना÷जानकारी उपलब्ध गराइदिन हुन सार्वजनिक रूपमा अपिल गरे पश्चात जिल्ला प्रहरी कार्यालय, बाँकेमा भाद्र २४ गतेको तोडफोड आगजनी र लुटपाटसँग सम्बन्धित भिडियोहरू, ऋऋत्ख् फुटेज फोटोहरू र अन्य महत्वपूर्ण सूचनाहरू संकलन कार्य भएको थियो । तसर्थ बाँके जिल्लाको भाद्र २४ गतेको घटनासँग सम्बन्धित व्यक्ति÷समूहका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट विस्तृत सूचना÷विवरण प्राप्त हुन सक्नेछ । यसका साथै विभिन्न सरकारी कार्यालयका ऋऋत्ख् फुटेजको संकलन र निजी सम्पति नोक्सानी भएका व्यक्तिबाट समेत थप सान्दर्भिक सूचना संकलन हुन सकेको खण्डमा भाद्र २४ गतेको घटनामा संलग्न व्यक्ति÷समूह सम्बन्धी भरपर्दो विवरण प्राप्त हुन सक्ने सम्भावना देखिन्छ ।
सुरक्षा निकायहरूको परिचालन र समन्वयः
बाँके जिल्लाको हकमा भाद्र २३ गते यस जिल्लास्थित नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा भएका दुवै प्रदर्शनमा सुरक्षा निकायहरूको प्रभावकारी परिचालन र समन्वयका कारण कुनै अप्रिय घटना घटेको थिएन । भाद्र २३ गते काठमाडौंमा घटेको घटनाबाट पर्न सक्ने सम्भावित प्रभाव र भाद्र २४ गतेका लागि जिल्लास्थित सुरक्षा निकायको प्रभावकारी परिचालन र भरपर्दो समन्वय हुन सकोस् भन्ने हेतुले भाद्र २३ गते दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म झन्डै ३ घण्टा लामो अवधिसम्म जिल्ला सुरक्षा समितिको बैठक बसी विभिन्न निर्णय सहित भाद्र २४ गतेका लागि आवश्यक तयारी गरेकै अवस्था थियो । त्यसका साथै भाद्र २४ गते बिहान १० बजेदेखि नै जिल्ला प्रशासन कार्यालय, बाँकेमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा कमाण्ड पोष्ट खडा गरी जिल्लाभरिको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने प्रयास गरिएको थियो । यी सबै प्रयासका बाबजुद पनि जब फिल्डमा एकपछि अर्को स्थानमा प्रदर्शनकारीहरूबाट तोडफोड, आगजनी र लुटपाटका घटना हुन थाले तत्पश्चात फिल्डमा खटिएको सुरक्षाकर्मीले अपेक्षित रूपमा भीड नियन्त्रण गर्न सकेको देखिएन। फिल्डमा भैरहेको तोडफोड, आगजनी र लुटपाटको सूचना÷जानकारी विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवम् कर्मचारीबाट प्रमुख जिल्ला अधिकारीलाई फोन सम्पर्क मार्फत प्राप्त हुनासाथ आफ्नै कार्यकक्षमा उपस्थित रहेका बाँके जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू (खासगरी नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखलाई प्रदर्शनकारीहरूबाट भैरहेको विध्वंसात्मक गतिविधिलाई तत्काल नियन्त्रणमा लिन माइकिंग, पानीको फोहोरा, लाठी चार्ज, अश्रु ग्याँस र हवाई फायरसम्म (मानवीय क्षति नहुने गरी । सिलसिलेवार बल प्रयोगको सिद्धान्त बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिनको लागि आवश्यक कारबाही अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीबाट पटक–पटक अनुरोध र आदेश समेत भएको भएतापनि जिल्लाभर दर्जनौ सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट हुनुका साथै सयौको संख्यामा सरकारी सवारी साधनमा तोडफोड, आगजनी र लुटपाट सहित केही व्यक्तिको निजी सम्पत्तिमाथि समेत नोक्सानी पुगेको अवस्था हुँदासम्म एकजना पनि प्रदर्शनकारी नियन्त्रणमा आएको वा घाइते भएको अवस्था नदेखिनुका साथै फिल्डमा खटिएको कुनै पनि सुरक्षाकर्मी समेत कहींकतै घाइते भएको वा चोटपटक लागेको नदेखिएको अवस्थालाई समेत विचार गरी प्रमुख जिल्ला अधिकारीको नजरबाट हेर्दा भाद्र २४ गतेका दिन बाँके जिल्लामा सुरक्षा निकायको परिचालन र समन्वय प्रमुख जिल्ला अधिकारीले अपेक्षा गरे अनुरूप सन्तोषजनक वा प्रभावकारी थियो भनेर भन्न सकिने अवस्था देखिदैन भन्ने व्यहोराको बाँके जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गरेको घटना विवरण कागज सक्कल अनुसूची ६ मा रहेको छ ।
