बाँकेको डुडुवा गाउँपालिका स्थित कम्दीमा स्थानीयले टिप्पर रोकेका छन् । धुलो, धुवाँ उढाएको भन्दै स्थानीयले टिप्पर रोकेका हुन् । स्थानीयका अनुसार, सडकमा पानी नहाल्ने धुलो मात्रै उढाउने गर्दा प्रदुषण निकै बढेको बताएका छन् । कम्दीचोक देखि राप्ती पुल तर्फ टिप्परको लामो लाइन लागेको छ ।