थारु पत्रकार संघ नेपालको जिल्ला नेतृत्वमा जागेश्वर सिंह थारू चयन भएका छन् । शनिवार भएको बाँके जिल्ला पाँचौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
अध्यक्ष थारुका अनुसार, अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षमा लिला चौधरी, सचिवमा लक्ष्मी चौधरी, सहसचिवमा अमृति चौधरी तथा कोषाध्यक्षमा सुविता थारू चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रूपा थारू, कमल थारू, मिलन चौधरी र रमेश चौधरी छन् ।
नवनिर्वाचित अध्यक्ष जागेश्वर सिंह थारूले आफ्नो कार्यकालमा पत्रकारहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा व्यावसायिक पत्रकारिताको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल टेलिभिजनमा कार्यरत थारू पत्रकार लिला चौधरीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । उनको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी संघका पूर्व जिल्ला अध्यक्षहरू कृष्ण चौधरी, विमला चौधरी, भगत चौधरी र हेमन्त चौधरीलाई पनि सम्मान गरिएको थियो । उनीहरूको नेतृत्वमा संगठनले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
