नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूले तीन बर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन लिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक परिवर्तन सम्बन्धि नयाँ निर्देशन जारी गरेको हो । यदि तीन वर्षपछि पनि पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा उपमहानगरपालिकाबाट पूर्व स्वीकृति लिनुपर्नेछ ।
उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर अनुसार, विद्यालयहरूले प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अतिरिक्त आर्थिक बोझ परेको गुनासो आएको थियो । यसलाई ध्यानमा राख्दै अब कुनै पनि विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको हो ।
उपमहानगरपालिकाको अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा सम्बन्धित विद्यालयलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।





























