बढ्यो यातायातको भाडा

इन्धनको मूल्यमा वृद्धि भएसँगै यातायातका साधनको भाडा पनि वृद्धि भएको छ ।

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रूपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर बुधबारबाटै लागू भएको छ ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार, सार्वजनिक यात्रु बाहक तर्फ १६.७१%, पाहाडी रुडमा मालबाहक सवारी साधनमा २१.६८%, तराई तर्फ मालबाहक सवारी साधनहरूमा १५.७५% वृद्धि गरी भाडा समायोजन गरिएको हो ।

यातायात व्यवस्था विभाग अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रूपैयाँ प्रतिलिटर थियो । बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यका लागि मात्रै हो । एक प्रदेशभित्रको भाडा दर भने प्रदेश सरकारले तोक्नुपर्छ ।

सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ । इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ । विभागका अनुसार कुल १३ सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो ।

Exit mobile version