नेतृत्व छनोट प्रक्रियामा संघ

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, बाँकेले लामो समयदेखि स्थगित हुँदै आएको आफ्नो १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशन अन्ततः नयाँ मितिमा आयोजना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष टेकबहादुर पुन मगरका अनुसार, संघको कार्यसमितिको बैठकले यसअघि तय गरिएको मिति विभिन्न कारणले स्थगित भएपछि अब २०८३ साल वैशाख ५ गते साधारणसभा तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । यसअघि पुस ९ र त्यसपछि पुस १ गतेका लागि तोकिएको कार्यक्रम दुवै पटक स्थगित भएको थियो ।

संघले दैनिक नेपालगन्जमा प्रकाशित गरेको सूचनाअनुसार उक्त दिन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढाइनेछ । अधिवेशनमार्फत संघको नयाँ कार्यसमिति चयन हुने भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ ।

संघले सबै सदस्य तथा सम्बन्धित पक्षलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई साधारणसभा तथा निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । लामो समयदेखि रोकिएको अधिवेशन हुने भएपछि व्यवसायीहरूमा उत्साह समेत देखिएको अध्यक्ष ।टेक बहादुर पुन मगरको भनाइ छ ।

Exit mobile version