बाँकेका दुई सरकारी अस्पतालको ओपिडि आइतबार पनि सञ्चालनमा आउने भएको छ ।
सरकारले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म सोमबारदेखि शुक्रबारसम्म बनाएपनि स्वास्थ्य मन्त्रालयले ओपिडि सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
भेरी अस्पताल नेपालगन्जले सूचना जारी गरेर आइतबार पनि ओपिडि सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । त्यस्तै, बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पनि आइतबार साबिककै समयमा ओपिडि सञ्चालन हुने बताएको छ ।





























