जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा ल्याइएको मंगुर जातको माछा बरामद गरेको छ।
प्रहरीका अनुसार नेपालगंन् उपमहानगरपालिका–२१ तेलियनपुर क्षेत्रमा ५० किलो बराबर मंगुर माछा नियन्त्रणमा लिइएको हो। उक्त माछा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको माछालाई आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँके पठाइएको प्रहरीले जानकारी दिएको छ।





























