प्रहरीले बाँकेको नेपालगन्जबाट एक जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका–१२ चपरगौडी बस्ने १९ वर्षीय प्रितम टमाटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























