हस्पिटालिटीमा लगानी हुँदै ४० करोड

हस्पिटालिटी क्षेत्रमा पूर्वाधारका दृष्टिले निकै फड्को मारिरहेको नेपालगन्जका लागि अर्को एउटा सुखद् खबर छ । लक्ष्य हस्पिटालिटी एण्ड टुरिजम प्रा.लि.ले नेपालगन्जमा ४० करोड बढीको योजना कार्यान्वयन गर्न लागेको हो ।

लक्ष्य हस्पिटालिटीका अध्यक्ष कार्यकारी अध्यक्ष डा. केशव श्रेष्ठका अनुसार, पहिलो चरणको निर्माण प्रक्रिया अगाडि बढेको छ । ‘यसैसाता भूमिपूजन गरी इको रिसोर्ट निर्माण कार्य अगाडि बढाइएको छ’, तीन महिना भित्रै निर्माण कार्य सकेर चालु आर्थिक बर्षमै ‘सफ्ट लन्चिङ्ग’ योजना बनाइएको जानकारी दिंदै अध्यक्ष डा. श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि पूर्वाधार निर्माणका सामाग्रीहरू पनि इकोनोमिक हुनेछन् ।’

डा. श्रेष्ठले ठूलाठूला महंगा पूर्वाधार बनाएर सेवाग्राहीलाई महंगो मूल्य पार्नुभन्दा सस्तो तर आधुनिक पूर्वाधार निर्माण गरी उदाहरणीय रिसोर्ट बनाउन खोजिएको संकेत गरे । ‘तर, सेवाको गुणस्तर भने स्तरीय र उच्चकोटीको नै हुनेछ’, पहिलो चरणमा १५ कोठा सहितको वातावरणमैत्री रिसोर्ट निर्माण हुने जानकारी दिंदै लक्ष्य हस्पिटालिटीका अध्यक्ष डा. श्रेष्ठले भने, ‘त्यसपछि सुरु हुनेछ हाम्रो अर्निङ्ग होम कन्सेप्ट सहितको बृहत परियोजना ।’ त्यसका लागि ४४ कठ्ठा जमिनमा ६० वटा आकर्षक भवनहरू निर्माण गरिनेछन् ।

Exit mobile version