लागू औषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा चेकजाँच गर्ने क्रममा रोल्पा थवाङ गाउँपालिका–९ निवासी २७ वर्षीय किरण बुढालाई १०० ट्याब्लेट नाइट्राजेपाम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–१० निवासी २४ वर्षीय सुदिप रैदासलाई खैरो हिरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ७०० मिलिग्रामसहित र डुडुवा गाउँपालिका–५ निवासी ३२ वर्षीय हिरा लाल सुनारलाई सोही प्रकारको पदार्थ २ ग्राम ७९० मिलिग्रामसहित पक्राउ गरिएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको
छ ।

Exit mobile version