सात लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीले विभिन्न मितिमा बाँके जिल्लाका अलग–अलग स्थानबाट अवैध रूपमा भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामग्रीमा खाद्यान्न, फलफूल तथा तरकारी, लत्ताकपडा, खसीबाख्रा, जुत्ता–चप्पल, स्टेशनरी तथा कस्मेटिक सामानहरू रहेका छन्। ती सामग्रीहरूको अनुमानित मूल्य रु। ७,६६,५७० ९सात लाख छैसठ्ठी हजार पाँच सय सत्तरी रुपैयाँ० बराबर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नेपालगन्जका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार, बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज, बाँकेमा पठाइएको छ।

Exit mobile version