बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी देशभरकै उत्कृष्ट प्रहरी अधिकृतका रूपमा सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत एसपी जिसीलाई अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा उल्लेखनीय योगदान पु¥याएको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले सर्वोत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेको हो ।
लामो अनुभव र कुशल नेतृत्वका लागि परिचित जिसी प्रहरी सेवामा जिम्मेवारी बहनमा सफल अधिकृतका रूपमा चिनिन्छन ्। उनले २०५४ चैत १६ गते असईबाट सेवा सुरु गरेका थिए भने २०६१ जेठ १५ गते खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा पदोन्नति भएका थिए ।
उनको यो उपलब्धिले बाँके प्रहरीको कार्यक्षमता र प्रभावकारितालाई थप उजागर गरेको छ । बाँकेमा आएको छोटो समयमै आएका सुरक्षा चुनौतीलाई कुशलतापूर्वक ‘ह्याण्डल’ गरेका उनलाई तिनै कामहरुको कदर गरिएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।
