For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु

byDainik Nepalgunj
April 25, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर
Share on FacebookShare on Twitter

गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको मृत्यु भयो । तुलसीपुर-हापुरे सडकखण्डमा पर्ने सो ठाउँमा रा १ ख २३०८ नम्बरको टिपरले रा ७ प ६३३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तुलसीपुर-९ निवासी ४९ वर्षीया पुष्पा कँडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

गत चैत ३ गते गढवा गाउँपालिका-५ बाँकीगाउँमा बाटोमा रोकिएको रा ६ प १७६९ नम्बरको मोटरसाइकल रा १ त ३४२९ नम्बरको ट्याक्टरसँग ठोक्किँदा सोही ठाउँका ४२ वर्षीय भानु रिजालको घटनास्थलमै मृत्यु भयो । यी दुई घटनामा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले दुर्घटनाको मुख्य कारण चालकले तीव्र गतिमा सवारी चलाउनु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । 

दुर्घटनासम्बन्धी यी उदाहरण मात्र हुन् । जिल्लामा हुने सवारी दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाएक सयौँ उदाहरण छन् । यस्ता दुर्घटना दोहोरिन नदिन र दुर्घटना न्यूनीकरणका लागि प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरणमा सक्रियताका काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

यहाँका बजारमा ट्राफिक व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । सडक वारपार गर्ने पैदलयात्रुलाई सडक कट्दा अपनाउनुपर्ने विषयमा सचेतना उपलब्ध गराइँदै आइएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार चालकका लागि निःशुल्क स्वास्थ्थ्य परीक्षण तथा आखा जाँच कार्यक्रम सञ्चालन भइरहेका छन् । बजार क्षेत्रमा ‘जेब्राक्रसिङ’ बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि वैशाख पहिलो सातासम्म २७३ वटा सवारी दुर्घटना हुँदा ६० जनाको ज्यान गएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा ४१ पुरुष, १७ महिला र दुई जना बालक छन् ।

ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी १७१ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ३९९ सवारीसाधन संलग्न छन् । तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकल २२६, टेम्पो ४२, बस १४, जीप तथा कार ४२, ट्याक्टर १२ रहेका छन् ।

गत आव २०८१/८२ मा तीन सय ६२ सवारी दुर्घटना हुँदा ८१ जनाको मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । सो अवधिमा ३६२ सवारी दुर्घटनामा परी २५८ गम्भीर घाइते भएका थिए । आव २०७९/८० मा  २०३ सवारी दुर्घटना हुँदा ९५ मृत्यु भएको थियो भने आव २०७८/७९ मा २७९ वटा सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

प्रहरीको अनुसन्धानले दुर्घटनाको मुख्य कारण तीव्रगतिमा सवारी चलाउनु, मादकपदार्थ सेवन गरी सवारी चलाउनु, चालकको लापरबाही, सडककोे अवस्थाबारेमा चालक जानकार नहुने, यान्त्रिक गडबडीलगायत रहेका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि चालक गम्भीर बन्नुपर्ने ज्येष्ठ नागरिक खुमानन्द अधिकारीले जोड दिनुभयो । उहाँले जिल्लामा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै चालक संवेदनशील हुन आग्रह गर्नुभयो । तीव्रगतिमा गाडी चलाउने, आफ्ना सवारीसाधन दुरुस्त अवस्था नराख्नेलगायत कारणले दुर्घटना बढिरहेको उहाँको भनाइ छ ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियता बढाए पनि नियन्त्रणमा आउन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी, नियामक निकाय एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने अध्यक्ष सुवेदीले सुझाव दिनुभयो । उहाँले दुर्घटनामा पीडित भएका तथा सवारी चालकलाई सङ्गठित गराएर सरोकार भएका निकायले सचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान सञ्चालन गर्दा थप प्रभावकारी हुने उहाँको भनाइ छ । 

सडक दुर्घटना रोकथाम गर्नका लागि नियामनका निकायले पनि विशेष ध्यान दिनुपर्ने अध्यक्ष सुवेदीले बताउनुभयो । घोराही–तुलसीपुर निर्माणाधीन सडकका ठाउँठाउँमा खनिएका खाडलमा परी हुने सवारी दुर्घटनाका कारण युवाको ज्यान जाने गरेकाले यसतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले तीव्रगतिमा सवारी चलाउने, मादकपदार्थ सेवन, बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, सवारीको यान्त्रिक अवस्था ठीक नराख्नेलगायत कारणले दुर्घटना बढिरहेको बताउनुभयो । उहाँले सडक सुरक्षा तथा ट्राफिक नियमका सम्बन्धमा चालक तथा सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिनुभयो । 

उहाँका अनुसार नागरिक अगुवासँग अन्तरक्रिया, स्थानीय तहसँग सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभियान, आमसर्वसाधारणलाई ट्राफिक नियमका बारेमा जानकारीलगायत कार्यक्र सञ्चालन हुँदै आएका छन् । जिल्लाको घोराही-तुलसीपुर सडकखण्ड निर्माण भइरहेकाले सो सडकमा हुने दुर्घटना नियन्त्रण गर्नेतर्फ प्रहरीले चासो दिएको उहाँको भनाइ छ ।

नौ महिनामा एक करोडभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ट्राफिक नियम पालना नगर्ने १० हजार ७८ वटा सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । गत साउनदेखि चैतसम्म ती सवारीसाधनलाई कारबाही गर्दा रु एक करोड पाँच लाख ६० हजार ५०१ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन् ।

Previous Post

बढ्दै औलोको सङ्क्रमण

Next Post

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

Next Post
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

युएईविरुद्ध नेपालको जित

April 25, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

April 25, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

April 25, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version