प्रगतिशील पत्रकारहरूको संस्था, प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस आज सोमबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।
‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मूल नाराका साथ देशका सबैजसो जिल्लामा रहेका शाखा कार्यसमिति मार्फत प्रेस चौतारी स्थापना दिवस मनाउन लागिएको महासचिव हिरामान लामाले जानकारी दिए। महासचिव लामाका अनुसार, केन्द्रीय स्तरमा विभिन्न सम्मान, पुरस्कार वितरण सँगै बहसमूलक कार्यक्रमहरू आयोजना गरिदैछन् ।
यस बीच बाँके शाखाले संगठनको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको जनाएको छ। जिल्ला अध्यक्ष दुर्गा रोकायका अनुसार, विभिन्न बहसमूलक कार्यक्रम, अन्तरक्रिया, पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरिदैछन्।
‘मिडियाको व्यवसायिक अवस्था निकै जर्जर हुन थालेकाले त्यसको दिगोपनाका लागि जनप्रतिनिधिहरूको भूमिका खोज्दैछौं’, सोमबार स्थापना दिवसको अवसरमा जिल्लाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिंदै अध्यक्ष रोकायले भने ।
आज नै संस्थापक अध्यक्षका सम्मानमा स्थापना गरिएको ‘रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार र युवा पुस्तालाई प्रोत्साहनका लागि स्थापना गरिएको क्रियाशिल पत्रकारिता पुरस्कार वितरण गरिने पनि अध्यक्ष रोकायले जानकारी दिए ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.