गृहमन्त्री सुदन गुरुङले पदबाट राजिनामा दिएका छन् ।
विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट समेत राजीनामाको घोषणा गरेका थिए । चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन्।






























