रतन र श्रवणलाई सम्मान

धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले खेल क्षेत्रमा लामो समय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय सदस्य रतन कुमार टण्डन र पूर्व प्रशिक्षक श्रवण कुमार श्रेष्ठलाई उनीहरूको दीर्घकालीन योगदानको कदरस्वरूप विशेष सम्मान गरिएको हो । खेल विकास र प्रशिक्षण क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै औपचारिक कार्यक्रममा दोसल्ला ओढाएर र अभिनन्दन पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

नेपालगन्ज वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भएको दुई दिने ब्याडमिन्टन प्रतियोगिताको समापनसँगै गरिएको सम्मान कार्यक्रममा केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले संयुक्त रूपमा उनीहरूलाई सम्मान गरेका थिए ।

आयोजकका अनुसार, प्रतियोगिता मात्र खेलाडीबीचको प्रतिस्पर्धा नभई खेल क्षेत्रको इतिहास र योगदानलाई सम्मान गर्ने अवसर पनि बनेको हो । सहभागी खेलाडी, प्रशिक्षक र दर्शकको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले आगामी दिनमा पनि खेलाडी उत्पादनसँगै खेल संस्कृतिलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

Exit mobile version