अवैध बालुवा उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

अवैध रूपमा बालुवा उत्खनन् तथा ढुवानीमा संलग्न तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार कोहलपुर नगरपालिका–७ प्रसादीपुर क्षेत्रबाट अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सो क्रममा सम्बन्धित सवारी साधनलाई कुल ९ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिइनेछ।

Exit mobile version