लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको दुई चौमासिकमा विपद्का घटनामा सबैभन्दा बढी पानीमा डुबेर मृत्यु भएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार, फागुन मसान्तसम्म लुम्बिनी प्रदेशमा १ सय १३ जनाले पानीमा डुबेर ज्यान गुमाएका हुन् । पानीमा डुबेको १ सय ५८ घटनामा उक्त संख्यामा ज्यान गएको हो ।
पानीमा डुबेर मृत्यु पछि आगलागीका कारण बढी मृत्यु भएको तथ्यांकमा देखिन्छ । आगलागीमा लुम्बिनी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । त्यस्तै, चालु आ.व.को दुई चौमासिकमा सर्पदंशका कारण १६ जनाले ज्यान गुमाएका छन् । जनावरण्को आक्रमणबाट ९ को मृत्यु भएको छ ।
