For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

इरान–अमेरिका तनाव फेरि चर्कियो

byDainik Nepalgunj
May 8, 2026
in News, मुख्य समाचार
0 0
0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
Share on FacebookShare on Twitter

हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच फेरि गोलाबारी भएपछि केही साताअघि कायम गरिएको युद्धविराममाथि गम्भीर प्रश्न उठेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गर्नुभएको भए पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाएका छन् । यसले मध्यपूर्वमा फेरि ठूलो द्वन्द्व भड्किने चिन्ता बढाएको छ ।

अमेरिकी सेनाका अनुसार इरानी सैन्य बलले हर्मुज जलघाँटी क्षेत्रमा गस्तीमा रहेका तीन अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गर्दै मिसाइल, ड्रोन तथा साना डुङ्गामार्फत आक्रमण गरेको थियो । अमेरिकी सेनाले सबै आक्रमण विफल पारिएको दाबी गर्दै त्यसको जवाफमा इरानका सैन्य संरचना र सुविधामाथि कारबाही गरिएको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणमा अमेरिकी जहाजमा कुनै क्षति नभएको उल्लेख गरिएको छ ।

सेन्टकमले आफूहरू तनाव बढाउने पक्षमा नरहेको तर अमेरिकी सैनिक र सामरिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्न बाध्य भएको जनाएको छ । यद्यपि तेहरानले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ । इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी पक्षले तेल ट्याङ्कर तथा अन्य जहाजमाथि आक्रमण गरेपछि प्रतिशोधस्वरूप अमेरिकी युद्धपोतलाई निशाना बनाइएको जनाएको छ ।

अप्रिल ८ देखि लागू भएको युद्धविरामले केही समयका लागि अमेरिका–इजरायल र इरानबीचको प्रत्यक्ष तनावलाई रोक्ने आशा जगाएको थियो । तर पछिल्लो भिडन्तले त्यो सहमति अत्यन्त कमजोर अवस्थामा पुगेको सङ्केत दिएको विश्लेषण गरिएको छ । युद्धविरामअघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा आणविक पूर्वाधारमाथि संयुक्त आक्रमण गरेका थिए । त्यसपछि इरानले रणनीतिक महत्त्व बोकेको हर्मुज जलघाँटी क्षेत्रमा आफ्नो नियन्त्रण कडा बनाएको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) ले शुक्रबार आफ्नो हवाई सुरक्षा प्रणालीले इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणलाई रोक्ने प्रयास गरिरहेको जनाएको छ । यस घटनाले खाडी क्षेत्रका अन्य मुलुकहरू पनि प्रत्यक्ष रूपमा द्वन्द्वको प्रभावमा पर्न थालेको देखिएको छ ।

वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्धविराम अझै जीवित रहेको दाबी गर्नुभयो । उहाँले इरानले अमेरिकासँग ‘झुट बोलेको’ आरोप लगाउँदै अमेरिकी सेनाले त्यसको जवाफ दिएको बताउनुभयो । ट्रम्पले यो घटनालाई ‘तुच्छ उक्साहट’ को संज्ञा दिनुभएको थियो । तर त्यसलगत्तै उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानले सम्झौतामा हस्ताक्षर नगरे अझ कडा सैन्य कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले भविष्यमा ‘अझ तीव्र र हिंसक प्रतिक्रिया’ दिन सकिने उल्लेख गर्नुभएको थियो ।

यसबीच इरानले अझै अन्तिम निर्णय नगरेको सङ्केत दिएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानले आफ्नो धारणा अन्तिम रूप दिएपछि मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानलाई आधिकारिक जानकारी गराइने बताउनुभयो । पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न केही सातायता सक्रिय पहल गर्दै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियामा रूपान्तरण हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । तर त्यसको केही घण्टामै समुद्री क्षेत्रमा फेरि भिडन्त सुरु भएपछि कूटनीतिक प्रयास कमजोर बनेको देखिएको छ ।

इरानभित्र पनि सर्वसाधारणमा गहिरो निराशा देखिएको छ । तेहरानका ४२ वर्षीय फोटोग्राफर सेरभिनले एएफपीसँग कुरा गर्दै कुनै पनि पक्ष वास्तविक सम्झौतामा पुग्ने मनस्थितिमा नरहेको टिप्पणी गर्नुभयो । उहाँले अमेरिकी सैन्य गतिविधि निरन्तर बढिरहेको अवस्थामा वार्ताको वातावरण विश्वासयोग्य नरहेको धारणा व्यक्त गर्नुभयो ।

इरान–अमेरिका तनावको असर लेबनानसम्म फैलिएको छ । दक्षिणी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका एक कमान्डर मारिएपछि त्यहाँको युद्धविराम पनि फेरि सङ्कटमा परेको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले इजरायल र लेबनानबीच नयाँ चरणको वार्ता मे १४ र १५ मा हुने पुष्टि गरेका छन् । पछिल्ला महिनाहरूमा ती दुई देशबीच हुने यो तेस्रो औपचारिक वार्ता हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल–लेबनान शान्ति सम्झौता सम्भव रहेको बताउँदै हिजबुल्लाह नै सबैभन्दा ठूलो अवरोध बनेको टिप्पणी गर्नुभएको थियो । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान प्रत्यक्ष रूपमा युद्धमा तानिएको थियो ।

युद्धविराम विस्तार गरिए पनि इजरायलले दक्षिणी लेबनानका केही क्षेत्रमा सैन्य उपस्थिति कायम राख्दै आएको छ । इजरायली सेनाले आफ्ना सैनिकमाथि आक्रमण गरेको आरोप लगाउँदै हिजबुल्लाहका संरचनामाथि आक्रमण जारी राखेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि हर्मुज जलघाँटी क्षेत्र विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिका लागि सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा परिणत भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिंगेजका अनुसार द्वन्द्वका कारण करिब एक हजार ५०० जहाज र २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय चालक दल खाडी क्षेत्रमा अलपत्र परेका छन् ।

व्यापारिक जहाजहरूको आवागमन सहज बनाउन अमेरिकाले केही समयअघि जलघाँटी खुला राख्ने उद्देश्यसहित सीमित नौसैनिक अभियान सुरु गरेको थियो । ट्रम्प प्रशासनले इरानसँगको सम्भावित सम्झौतालाई आधार बनाएर समुद्री मार्ग सुरक्षित बनाउने प्रयास गरिरहेको जनाएको छ ।

यसैबीच ट्रम्पले इरानविरुद्धको अभियानमा युरोपले पर्याप्त समर्थन नगरेको भन्दै आलोचना गर्नुभएको छ । तर उहाँले युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनसँग भएको पछिल्लो कुराकानी ‘उत्कृष्ट’ रहेको उल्लेख गर्दै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने विषयमा दुवै पक्ष एकमत रहेको बताउनुभएको छ ।

–––

Previous Post

उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन निर्देशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरान–अमेरिका तनाव फेरि चर्कियो

May 8, 2026
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन निर्देशन

May 8, 2026
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

May 8, 2026
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

कोहलपुरमा भूमिहीन राख्न १६ सेल्टर

May 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version