एसईई परीक्षा २०८२ मा बाँकेका ७६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नेपालगन्जका प्रमुख धनसुदन चौलागाई परीक्षामा सहभागी मध्ये ६ हजार ६६ विद्यार्थी पास भएको र १ हजार ९ सय १६ ननग्रेड भएको जानकारी दिएका छन् ।

अघिल्लो बर्षको एसईई ६२.१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।


























