बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् । घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेकोे छ । प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिनुभयो । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।
बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट
- Dainik Nepalgunj

- Categories: News
Related Content
खोई व्यवसायीको मानवअधिकार ?
by
Dainik Nepalgunj
May 16, 2026
कविता प्रतियोगिता गर्दै समाज
by
Dainik Nepalgunj
May 16, 2026
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना
by
Dainik Nepalgunj
May 16, 2026
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड
by
Dainik Nepalgunj
May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड
by
Dainik Nepalgunj
May 15, 2026