बाँकेमा डिएसपी राठौंर आउँदै

नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकैसाथ सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दिपक पातलीको पनि सरुवा भएको छ ।

उनको जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी नायब उपरीक्षकको जिम्मेवारीमा प्रतित सिंह राठौर आउने भएका छन् । राठौर नेपाल प्रहरी अंगरक्षक गण नक्सालबाट आउन लागेका हुन् ।

Exit mobile version