शुक्रबार दिउँसो नेपालगन्ज रोड भारत रूपैडिहा रेल्वे स्टेशनमा यस्तो लाग्थ्यो, सन्तानको बिदाई गरिंदैछ, परिवार सन्तापमा छन् । एकातिर सजाइएको तर पुरानो टे«न, अर्कोतिर यात्रुहरूको भावुक उपस्थिति ।
‘दैनिक पाँच सय हाराहारीमा यात्री आवागमन गर्ने टे«न अब यहाँ देखिने छैन भन्ने कुराले हामी सबैलाई भावुक बनायो’, बर्षौदेखि यात्रा गरिरहेको स्मरण गर्दै रूपैडिहाका पत्रकार सन्तोष शुक्लाले दैनिक नेपालगन्जसँग भने, ‘यो लिक र यसमाथि गुडिरहेको यो मिटरगेज रेल लाइनमा अब यि दृश्यहरू देखिने छैनन् ।’
नेपालगन्ज रोड हुँदै अन्तिम यात्रु यात्री लिएर फर्किदै गरेको ०५३५९ नम्बरको रेललाई स्टेशन अधिक्षक एके विद्यार्थीको नेतृत्वमा भव्य बिदाई गरिएको छ ।
फुलमालाले सजाइएको टे«नलाई बिदाई गर्न स्थानीयबासीहरूको सहभागिता पनि देखिन्थ्यो । ‘पूर्वोत्तर रेल्वेले बहराइच–नेपालगन्ज मिटरगेज रेललाई पूर्णत विस्थापित गरेर बढी रेललाईन सुविधा विकास गर्न लागेको हो’, पत्रकार शुक्लाले समग्र विकासको दृष्टिले
सुखद खबर रहेको सुनाउँदै भने, ‘त्यतिबेलासम्मका लागि रूपैडिहाबाट रेल सेवा पूर्णत बन्द भएको छ ।’ पूर्वोत्तर रेल्वेका मुख्य जनसम्पर्क अधिकारी महेश कुमार गुप्ताले दुईदेखि तीन बर्षभित्रै नेपालगन्ज रोडबाट बढीलाइन रेल गुड्ने विश्वास दिलाए ।
रूपैडिहाबाट रेल्वे यात्रा गर्ने अधिकांस यात्री नेपाली हुने गरेका छन् । बहराइच–नेपालगन्ज रोडमा चल्ने मिटरगेज नानपारा–बहराइच सेक्सनका लागि मिटरगेज रेलको इतिहास झण्डै १ सय ३० बर्ष पुरानो हो । तत्कालीन ब्रिटिश शासकले नेपालबाट काठ ओसार्न उक्त रेल्वे लाइन बिछ्याएको जानकारहरूको भनाइ छ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.