यातायात व्यवस्था कार्यालय नेपालगन्जमा रहेको व्याप्त बेथितिलाई लिएर अनेरास्ववियु बाँकेका युवाहरूले सुधारको अल्टिमेटम दिएका छन् । उनीहरूले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न चार बुंदे माग प्रस्तुत गरेका हुन् ।
‘४८ घण्टाभित्र भ्रष्ट कार्य नियन्त्रण नगरे अनेरास्ववियु बाँकेले थप आन्दोलन घोषणा गर्छ’, प्रजिअलाई ज्ञापनपत्र बुझाएपछि अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले दैनिक नेपालगन्जसँग भने, ‘उहाँले हामीलाई त्यसबारे गम्भीरतापूर्वक लिएर समाधान पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’
दैनिक नेपालगन्जले यातायात व्यवस्था कार्यालयमा भएको बेथितिबारे समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । अनेरास्ववियुले अघि सारेका मागहरूमा भनिएको छ, ‘सवारी साधन अनुमति पत्रको अनियमितता र चलखेल रोकिनु पर्छ ।’ यातायात व्यवस्था कार्यालयभित्र सबै बिचौलियाहरूलाई प्रवेश निषेध गरिनुपर्ने माग राखेका विद्यार्थीहरूले सवारीसाधन अनुमति पत्र परीक्षामा निगरानी र नियमन माग गर्दै सेवाग्राहीलाई दुःख दिन कार्य रोक्न माग गरेका छन् ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.