नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्य तथा शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा भएको शिविरमा बाँके जिल्ला अन्तर्गतमा रहेका बिभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवार समेत ३ सय ७५ जनाले स्वास्थ्य अवस्थाको चेकजाँच गरेका थिए ।
स्वास्थ्य शिविरमा बिशेषज्ञ डाक्टरहरुद्वारा ओ.पि.डि. ,दाँत, स्त्री रोग, बालरोग, सम्बन्धी प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य परिक्षण, परामर्श तथा निःशुल्क औषधि बितरण समेत गरिएको थियो ।
नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुवँरज्यूको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित शिविरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान विभाग बाँके प्रमुख उप–अनुसन्धान निर्देशक ओम बहादुर खड्का, सशस्त्र प्रहरी वल ३० नं. हे. क्वा. बाँकेका प्रमुख स.प्र.उ.बिमल डाँगी, शिक्षण अस्पताल नेपालगन्जका प्रशासन प्रमुख कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.