टक्सार रियल स्टेट प्रा.लि. ले शेयर पुँजी दोब्बर बनाउने भएको छ । कम्पनीका सचिव महेश्वर जोशीका अनुसार, शुक्रबारको तेस्रो वार्षिक साधारणसभाले सात करोड २० लाख अघिल्लो वर्षको शेयर पुजी १५ करोड बनाउने निर्णय गरेको हो ।
पब्लिक कम्पनीको अवधारणाबाट टक्सारलाई अगाडी बढाइएको जोशीले बताए । ‘पब्लिक कम्पनीका रूपमा स्थापित गर्ने तथा कम्पनीको बजार अवस्थालाई अझ सशक्त बनाउन डिजिटल प्रबिधिमैत्री बनाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरकै बजारीकरण गर्ने कार्यलाई सशक्त रूपमा अगाढी बढाउने योजनामा साधारणसभा प्रतिबद्ध भएको छ,’ सचिव जोशीले भने ।
जोशीका अनुसार, टक्सारले हालसम्म छ वटा प्रोजेक्ट शुरू गरेको टक्सारले एक वटा पुरा गरेको छ भने पाँच वटा प्रोजेक्ट संचालनमा छन् । ‘टक्सारले प्रोजेक्ट वानका रूपमा नेपालगन्ज वडा न–१९, दुईका रूपमा नेपालगन्ज–२०, तीनका रूपमा कोहलपुर–९, जानकी–३ र नेपालगन्ज–२० मा परियोजना संचालन गरेको छ,’ जोशीले भने ।
टक्सारका अध्यक्ष इश्वर प्रसाद पोखरेलले समुदाय र लगानीकर्तालाई आर्थिक बहसमा सहभागी गरेर उद्यम विकास अभियानमा टक्सार अगाडी बढेको बताए । ‘रियल स्टेटको बजारलाई आधुनिक र भरपर्दो ढङ्गबाट व्यवस्थापन गरि दरिलो मुख्य कम्पनीको रूपमा स्थापित हुने तथा अनेकौ सहायक कम्पनीको प्रवर्द्धन गरि आय आर्जनको क्षेत्र विस्तार गर्ने नीति लिएको छ,’ कार्यक्रममा अध्यक्ष पोखरेलले भने ।साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि सुमन गौतमले प्रतिकुल आर्थिक परिस्थितिमा पनि टक्सारले गरेको संघर्षले उत्साहित बनाएको बताए ।
स्थानीय स्तरदेखि राज्यलाई नै सहयोग पुग्न जाने र सामाजिक उत्तरदायित्व पनि निर्वाह हुने भएकाले टक्सार कृषि बजार तथा एग्रो मार्ट सञ्चालन गरी यस क्षेत्रमा रहेका कृषकहरूलाई उत्पादन संग जोडदै लैजाने अध्यक्ष पोखरेलले योजना सुनाए ।
साधारणसभामा विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मानित पनि गरिएको थियो । कार्यक्रममा सञ्चालक थानिश्वर पाण्डेय, शेयरधनी दुर्गानाथ गौतम, कृष्णकाजी श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए । (प्रशिक्षार्थी)
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.