For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

byDainik Nepalgunj
February 21, 2024
in विचार
0 0
0
थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती
Share on FacebookShare on Twitter

अदालतले प्रमाणित नगर्दासम्म कुनै अपराधमा पक्राउ परेको संकित ब्यक्तिलाई कानूनत कसुरदार मान्न मिल्दैन । फौजदारी न्यायको सिद्धान्त भित्र पर्ने बिषय भएकाले फौजदारी कसुरको आरोप लागेको प्रत्येक व्यक्तिलाई कानून बमोजिम दोषी प्रमाणित नभएसम्म निर्दोष भएको अनुमान गरी अपराधको निष्पक्ष अनुसन्धान गरिनु पर्दछ ।


फौजदारी कसुरको आरोप लागेको प्रत्येक व्यक्तिलाई कानून बमोजिम दोषी प्रमाणित नभएसम्म निर्दोष भएको अनुमान गरी पाउने अधिकार छ । यो अधिकारलाई अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले समान रूपले प्रत्याभूत गरेको छ । यस विपरीत थुनछेकको प्रावधान र व्यवहार गर्न नपाइने कुरालाई नेपालको सर्वोच्च अदालतले विभिन्न मुद्दामा व्याख्या समेत गरेको छ ।


नेपालको संबिधानको धारा २० मा न्याय सम्बन्धी हकको ब्यवस्था गरेको छ । सो धाराको उपधारा १ कुनै ब्यक्तिलाई पक्राउ भएको कारण सहितको सुचना नदिई थुनामा राखिने छैन भन्ने ब्यवस्था गरेको छ । उपदफा २ ले पक्राउमा परेका ब्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफुले रोजेको कानून ब्यवसायीसंग सल्लाह लिन पाउने तथा कानून ब्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ । त्यस्तो ब्यक्तिले आफ्नो कानून ब्यवसायीसंग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहने ब्यवस्था गरेको छ । तर नेपालको सन्र्दभमा पक्राउ पूर्व सुचना दिएर पक्राउ गर्ने र पक्राउ परकै अवस्था देखि कानून ब्यवसायीसंग परामर्श गर्न पाउने हकको पूर्ण कार्यान्वयन भएको छैन । कतिपय थुनुवाहरूलाई जानकारी बिनै पक्राउ गर्ने र पक्राउ परेकै अवस्था देखि कानून ब्यवसायीसंगको भेटघाटमा अवरोध गर्ने घटना पनि सुनिने गरेका छन् ।


संविधानको धारा २० मा पक्राउ गरिएको ब्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटाको म्याद बाहेक चौबिस घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ । र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको ब्यक्तिलाई थुनामा राखिने छैन भनिएको छ । यसै गरि सोह धाराको उपधारा ४ मा तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे वापत कुनै ब्यक्ति सजायको भागी हुने छैन भनिएको छ । कुनै पनि ब्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानूनमा तोकिए भन्दा बढी सजाय दिइने छैन भन्ने ब्यवस्था छ । तर ब्यवहारमा हेर्दा अझै पनि कतिपय पक्राउ परेका ब्यक्तिलाई पक्राउ परेको २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराइदैन । कसैलाई २÷३ दिनसम्म पनि अनुसन्धानका नाममा थुनामा राखिन्छ भने कतिलाई २४ घण्टा भित्र पर्ने गरि पक्राउ परेको मिति मिलाएर मुद्दा हेर्ने अधिकारी समक्ष पु¥याईने गरेको सुनासो थुनुवाहरूबाट सुनिने गरेको छ ।
संविधानको धारा २० को उपधारा ५ मा कुनै अभियोग लागेको ब्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुदार मानिने छैन । तर कुनै अभियोग लागेर पक्राउ गर्ने बित्तिकै प्रहरीले अपराध प्रमाणित भए झै गरि पत्रकार सम्मेलन गर्ने, कतिपय सार्वजनिक संचार माध्याममा अपराध प्रमाणित भए झै गरि अपराधी नामाकरण गरि समाचार सम्प्रेषण गर्ने गरेको पाईएको छ ।


धारा २० को उपधारा ६ मा कुनै पनि ब्यक्ति बिरुद्ध अदालतमा एकै कसुरमा एक भन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने ब्यवस्था रहेको छ । उपधारा ७ मा कुनै कसुरको अभियोग लागेको ब्यक्तिलाई आफ्नो बिरुद्धमा साक्षी हुन बाध्य पारिने छैन । धारा ८ मा प्रत्येक ब्यक्तिलाई निज बिरुद्धको कारवाहीको जानकारी पाउने हक हुनेछ । धारा ९ प्रत्येक ब्यत्तिलाई स्वतन्त्र, निश्पक्ष, र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाईको हक हुनेछ । धारा १० असमर्थ पक्षलाई कानून बमोजिम निशुल्क कानूनी सहायता पाउने हक हुनेछ । भन्ने ब्यवस्था गरेको छ ।


थुनछेक सम्बन्धी सारवान तथा कार्यविधि कानुन, फौजदारी कानून शास्त्र, अन्तर्राष्ट्रिय मानव अधिकार कानून तथा संविधान अनुकुल हुनु पर्ने पूर्वसर्त हो । नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तरराष्ट्रिय प्रतिज्ञापत्र, १९६६ ले व्यक्तिको स्वतन्त्रता र सुरक्षाको अधिकार सुनिश्चित गर्दै स्वेच्छाचारी पक्राउ र थुनामा राख्न निषेध गरेको छ । तर ब्यवहारमा अझै पनि स्वेच्छाचारी पक्राउ हुने गरेको छ ।


कुनै पनि फौजदारी मुद्दाको अभियोगमा पक्राउ गरिएको वा थुनिएको कुनै पनि व्यक्तिलाई न्यायाधीश वा कानूनद्वारा न्यायिक शक्ति प्रयोग गर्न पाउने अधिकार प्राप्त अधिकारीले व्यक्तिलाई मनासिब समय भित्र सुनुवाइमा लिनुपर्ने वा छुटकारा दिनुपर्ने प्रबन्ध गरेको छ । यही व्यवस्थाले नेपालको संविधानले पनि अंगिकार गरेकोले तारिख वा जमानतमा बसी मुद्दाको पुर्पक्ष गर्ने गराउने कुरा नियम रहेको र अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारबाई चलाउने कुरालाई अन्तरराष्ट्रिय कानुनद्वारा अपवादको रूपमा राखिएको पाईन्छ ।
सर्वोच्च अदालतबाट यस विषयमा भएका प्रतिपादित सिद्धान्तका समेतका आधारमा कानूनमा आवश्यक सुधारको मूल कार्यदिशा औँल्याएको छ । थुनछेक सम्बन्धी ब्यवस्था फौजदारी न्यायको मर्मबाट आएकोले थुनछेक सम्बन्धी कानुन र व्यवहारमा रहेका समस्या र कठिनाइलाई सम्बोधन गर्न सक्ने गरि कानूनको निर्माण गरिनु पर्दछ । यस हिसावले हेर्दा संविधानको मर्म अनुकूलको कानुन र व्यवहारका लागि कानुनमा संशोधन र अभ्यासमा पनि परिमार्जन गर्नुपर्ने देखिएको हो ।


संबिधान र कानूनका जे जस्तो कानूनी ब्यवस्था भए पनि ब्यवहारमा पहिले थुन अनि मात्रै सुन भन्ने सोच सम्बन्धित पदाधिकारी र निकायले व्यवहार बाटै हटाउन सके मात्र संविधानले प्रत्याभूत गरेको मौलिक हकले जीवन्तता पाउन सक्दछ । यसका लागी पहिले सुनेर, तथ्य प्रमाणले पुष्टि गर्ने आधार भए पछि मात्रै थुन्ने परिपाटिको बिकाश गरिनु पर्दछ । थुनछेकको वर्तमान अभ्यास र कर्मकाण्डी सोच र शैलीको परिणाम स्वरूप नेपालको फÞौजदारी न्याय मर्दैछ कि भन्ने अवस्था देखिएको यसमा सम्बद्र्ध पक्ष बेलैमा संवेदनशिल हुनु पर्ने देखिएको छ ।


थुनालाई अन्तिम विकल्पको रूपमा लिनुपर्छ भन्ने फौजदारी न्यायका सर्वमान्य सिद्धान्तको परिपालना हाम्रो अदालती व्यवहारमा समुचित रूपमा अवलम्बन गर्न केके गर्न सकिन्छ भन्नेमा न्यायिक निकाय संवेदनशील हुनुपर्ने अहिलेको अदालती अभ्यासले देखाएको छ । पक्राउ पुर्जी जारी नगराई मानिस पक्रने र जरुरी पक्राउ पुर्जी समर्थन गराउने क्रम दिनानु दिन बढेकोले यो–यो अवस्था, स्थितिमा पक्राउ पुर्जी अदालतले जारी गर्ने र यस्तो–यस्तोमा जारी नगर्ने वा थप प्रमाण माग गर्ने भनी कुनै मापदण्ड वा निर्देशिका बनाई कार्यान्वयमा ल्याउनु पर्ने देखिन्छ ।


थुना बाहिर रही पुर्पक्ष गर्न पाउने अधिकारलाई उच्च प्राथमिकता दिनुपर्ने, संविधानको मर्म अनुसार जमानत सम्बन्धी सारवान कानुनी प्रबन्ध गरिनुपर्ने, तत्काल प्राप्त प्रमाणमा मात्र आधारित भएर थुनालाई निरन्तरता दिन नहुने र जमानत लाग्ने र नलाग्ने अवस्था कानुनले स्पष्ट पार्नुपर्ने, थुनालाई अपवादको रूपमा प्रयोग गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्ने, थुनाको वैधताको पुनर्विचार गर्ने कार्यलाई रीत बेरीतमा सीमित राख्न नहुने र थुनामा बसेपछि सफाइ पाउने व्यक्तिलाई क्षतिपूर्तिको प्रबन्ध गर्न सकेमा संबिधानमा भएको प्रावधानको ब्यवहारिक कार्यान्वयन हुने र फौजदारी न्यायको सुढृढीकरणमा मद्धत पुग्न सक्दछ ।
जमानत सम्बन्धी सिद्धान्तलाई वैधानिकीकरण गर्न सारवान् कानुनका रूपमा रहेको मुलुकी अपराध संहिता चुकेको र कार्यविधिमा पनि जमानतलाई भन्दा थुनछेकको पुरानै अवधारणालाई निरन्तरता दिनुले संविधानले किटान गरेको मौलिक हकको उपेक्षा हुने भान हुन्छ । जमानतमा छाड्ने र थुन्ने विषयमा सर्वोच्च, उच्च र जिल्ला न्यायाधीशहरूमा साझा अवधारणा विकास गर्न र न्यायिक नीतिको मार्गदर्शन दिनका लागि सर्वोच्च अदालतले पनि नीतिगत दिग्दर्शन दिनु पर्ने देखिएको छ । प्रमाणको खुलासा गर्ने र कानुन व्यवसायीसँगको परामर्श थुनछेक पूर्व सुनिश्चित हुनु पर्दछ । यसो भनीरहदा अपराध पीडितको अधिकारको सम्बोधन हुनुपर्ने, गलत थुनामा परेकालाई क्षतिपूर्ति दिनु पर्ने सवाललाई पनि त्यतिकै प्राथमिकता र महत्व दिनु पर्दछ ।


अन्तमा संबिधानमा भएको ब्यवस्था, सर्वोच्च अदालतबाट यस सम्बन्धमा प्रतिपादन गरेका शिद्धान्तको प्रभावकारी कार्यान्वयन, नेपालपक्ष भएका अन्तर्राष्ट्रिय कानूनको परिपालना र फौजदारी न्यायका मान्य शिद्धान्तका आधारमा थुनछेक सम्बन्धी कानुनको संशोधन र असल अभ्यासका गर्दै फौजदारी न्यायको सुढृढीकरण गर्दै जान जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

बाँके : मानवअधिकार उल्लंघनका १ सय ६५ घटना

Next Post

महिलावाद : सबै पुरुष सधैँ दोषी ?

Next Post
महिलावाद : सबै पुरुष सधैँ दोषी ?

महिलावाद : सबै पुरुष सधैँ दोषी ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version