For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

नेपालमा सम्पत्ति सम्बन्धी कानूनी ब्यवस्था

byDainik Nepalgunj
February 28, 2024
in विचार
0 0
0
नेपालमा सम्पत्ति सम्बन्धी कानूनी ब्यवस्था
Share on FacebookShare on Twitter

मुलुकी देवानी संहिता, २०७४ भाग–४ को परिच्छेद–१ सम्पत्ति सम्बन्धी कानूनी सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था गरिएको छ । जस अनुसार उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ भनी उल्लेख गरिएको छ । ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक ‘वस्तु’ भन्नाले खरिद बिक्री गर्न सकिने भौतिक सम्पत्ति सम्झनु पर्छ भनेको छ । भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिने कानूनी प्रावधान छ ।


घर वा जमिन वा सो सँग जोडिएको संरचना, घर वा जमिनसँग स्थायी रूपमा आबद्ध भएको कुनै वस्तु, जमिनसँग आबद्ध रहेको खानी, ढुङ्गा वा खनिजजन्य वस्तु, प्राकृतिक स्वरूपमा रहेको पानी, भूसतह तथा भूमिगत रूपमा रहेको पानी, नदी, ताल, तलैयामा तैरने गरी स्थायी रूपमा बनाइएका घर वा अन्य संरचनालाई अचल सम्पत्ति मानिनेछ भनी ऐेनमा उल्लेखित छ । 

जमिनमा खडा भएको रुख, बिरुवा वा फलफूलका बोट वा त्यस्ता रुख, बिरुवा वा फलफूलका बोटमा फलेका फल वा फूलेका फूल, जमिनमा फलेको बाली, अचल सम्पत्तिसँग आबद्ध रहेको कुनै चल सम्पत्तिलाई पनि अचल सम्पत्तिको रुपमा ब्याख्या गरेको छ । 

माथी जुनसुकै कुरा उल्लेख गरिएको भएता पनि कुनै अचल सम्पत्तिसँग जोडिएको वा आबद्ध भएको कुनै संरचना, वस्तु वा त्यसको कुनै भाग कुनै किसिमले अचल सम्पत्तिबाट अलग भएमा वा गरिएमा त्यसरी अलग भएको वा गरिएको संरचना, वस्तु वा भाग चल सम्पत्ति मानिनेछ भनीएको छ ।


कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछ । आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको, दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको, चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको, पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको, बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको, कानून बमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको, महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको, महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति, कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको ।


चल सम्पत्ति मानिने  : कानून अनुसार निम्न अनुसारका सम्पत्ति चल मानिन्छ । नगद वा नगद सरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा,सुन, चाँदी, जवाहरत, रत्न, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर, एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न सकिने अन्य वस्तु, ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमेय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ,बौद्धिक सम्पत्ति, धितोमा रहेको हक, व्यापारिक ख्याति वा फ्रेन्चाईज,अचल सम्पत्ति बाहेकका अन्य सम्पत्तिलाई चल सम्पत्ति कानूनी ब्यवस्था छ ।
स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरणः सम्पत्तिको स्वामित्व तथा त्यसको प्रयोगको स्वरुपको आधारमा सम्पत्तिको वर्गीकरण देहाय बमोजिम कानूनले गरेको छ । जस अनुसार निजी सम्पत्ति, सगोलको सम्पत्ति, संयुक्त सम्पत्ति, सामुदायिक सम्पत्ति, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्ति, गुठीको सम्पत्ति आदी । कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस कानूनको अधीनमा रही आफूखुसी गर्न पाउछन् ।


सगोलको सम्पत्ति मानिने कानूनी अवस्था : दफा २५६ को अधीनमा रही सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिने भनी कानूनले ब्यवस्था गरेको छ । जस अनुसार पुख्र्यौलीबाट प्राप्त सम्पत्ति, निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति, कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ भनी कानूनले ब्यवस्था गरेको छ । उल्लेखित कानूनी ब्यवस्थाको परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ ।


संयुक्त सम्पत्ति मानिने कानूनी ब्यवस्था : एकासगोलका अंशियारहरू बाहेक दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रहेको वा त्यसबाट बढे बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिने कानूनी ब्यवस्था रहेको छ । संयुक्त सम्पत्तिमा कुनै व्यक्तिको हक वा हिस्सा खुलाई लिखत भएकोमा सोही बमोजिम र लिखतमा कुनै उल्लेख नभएकोमा त्यस्तो सम्पत्ति रहने व्यक्तिहरूको समान हक र हिस्सा रहेको मानिन्छ । संयुक्त सम्पत्तिको उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था कानूनी ब्यवस्था बमोजिम हुने भनी कानूनमा उल्लेख छ ।


सीमानामा रहेको रुख, विरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिनेः अन्यथा प्रमाणित भएमा बाहेक दुई वा दुईभन्दा बढी संधियारको सीमानामा रहेको रुख, विरुवा वा वस्तु सबै संधियारको संयुक्त सम्पत्ति मानिने छ । संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्न स्वामित्ववालाहरू बीच सहमति हुन नसकेमा बहुमत सदस्यको निर्णयको आधारमा संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्ने भनी कानूनमा उल्लेखित छ । संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गर्ने सम्बन्धमा बहुमत कायम हुन नसकेमा त्यस्तो सम्पत्तिमा सबभन्दा बढी हक वा हिस्सा हुने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्ने छ । तर स्वामित्ववालाहरूको बराबर हक भएकोमा त्यस्तो सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार सबै स्वामित्ववालाहरूले बराबर रूपमा गर्नु पर्नेछ । कुनै स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गरेमा सो गर्दा लागेको खर्च सबै स्वामित्ववालाहरूले आफ्नो हक वा हिस्साको आधारमा व्यहोर्नु पर्ने छ । संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार त्यस्तो सम्पत्तिको स्वामित्ववालाहरूको सहमति बमोजिम हुनेछ । संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार नगर्ने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च एक वर्षभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालालाई बुुझाउनु पर्ने कानूनी ब्यवस्था छ ।


उल्लेखित बमोजिमको अवधिभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च कुनै स्वामित्ववालाले नबुझाएमा निजको हक वा हिस्साको सम्पत्ति, संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालाले प्रचलित मूल्यमा खरिद गरी लिन पाउनेछ । त्यसरी संयुक्त सम्पत्ति खरिद गर्नेले निजको भागको व्यवस्थापन तथा मर्मत खर्च गर्दा व्यहोरेको रकम लिन पाउनेछ । संयुक्त सम्पत्तिका सबै स्वामित्ववालाहरूको सहमति बिना कुनै संयुक्त सम्पत्ति फेरबदल गर्न वा त्यस्तो सम्पत्तिको स्वरूपमा परिवर्तन गर्न सकिने छैन । संयुक्त सम्पत्तिको संरक्षण गर्ने सम्बन्धमा कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्नु पर्ने भएमा सबै स्वामित्ववालाले गर्नु पर्नेछ । सबै स्वामित्ववाला उपलब्ध नभएमा कुनै स्वामित्ववालाले आफ्नो वा अन्य स्वामित्ववालाको तर्फबाट कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ । संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालासँग जहिलेसुकै छुट्टाई लिन सक्नेछ । संयुक्त सम्पत्ति छुट्याउँदा सबै स्वामित्ववालाको सहमति बमोजिम गर्नु पर्नेछ । माथी जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त सम्पत्ति छुट्याउँदा अन्य स्वामित्ववालालाई सारभूत रूपमा नोक्सान पर्ने भएमा वा संयुक्त सम्पत्तिको स्वरूप बिग्रने देखिएमा त्यस्तो सम्पत्ति छुट्याउन सकिने छैन भन्ने कानूनी ब्यवस्था रहेको छ ।


उल्लेखित बमोजिमको अवस्था परी कुनै संयुक्त सम्पत्ति छुट्याउन नसकिने भएमा त्यस्तो सम्पत्तिका स्वामित्ववालाहरूले त्यस्तो सम्पत्ति बिक्री गरी प्राप्त रकम आफ्नो हक वा हिस्साको आधारमा आपसमा बाँडफाँट गरी लिनु दिनु गर्नु पर्नेछ । संयुक्त सम्पत्ति बिक्री नभएमा वा बिक्री गर्न सबै स्वामित्ववालाहरू मञ्जुर नभएमा र त्यस्तो सम्पत्ति कुनै स्वामित्ववालाले लिन चाहेमा त्यस्तो स्वामित्ववालाले सोही अनुपातमा अन्य स्वामित्ववालालाई त्यस्तो सम्पत्तिको मूल्य भुक्तानी गरी त्यस्तो सम्पत्ति एकलौटी लिन सक्नेछ । एकभन्दा बढी स्वामित्ववालाले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुर गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।


सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति, त्यस्तो सम्पत्तिको स्वामित्व, उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था कानूनमा उल्लेख भए बमोजिम हुनेछ भनीएको छ । मुद्धा गर्ने हदम्यादका सम्बन्धमा कानूनमा उल्लेख भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्ने छ भनीएको छ । (लेखक अधिवक्ता हुन ।)

Previous Post

‘सूचनाको हक’को प्रयोगले सुशासनमा खबरदारी

Next Post

छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

April 12, 2026
गोरखा इकोको अन्तरक्रिया

गोरखा इकोको अन्तरक्रिया

April 12, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

April 12, 2026
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version