बाँकेका पुस्तक व्यवसायी अधिकारी महासंघमा उपाध्यक्ष निर्वाचित

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट बाँकेका बुद्धि प्रसाद अधिकारी उपाध्यक्ष निर्वाचित भएका छन् ।

अधिवेशनबाट शिवसागर शर्मा अध्यक्ष, वरिष्ठ उपालध्यक्षमा मात्रिका शिवाकोटी, उपाध्यक्षमा बाँकेका अधिकारीसँगै नारायण कुमार श्रेष्ठ, सरोज मास्के, महासचिव पदमा विष्णु पौडेल, सचिव पदमा महेश शर्मा, शम्भु लामिछाने, कोषाध्यक्षमा तारा श्रेष्ठ, सहकोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका हुन् ।

बाँकेबाट केन्द्रीय सदस्य पदमा मन्दिरा पण्डे, किशोर कुमार आचार्य निर्वाचित भएका छन् ।

Exit mobile version