काभ्रेमा कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।
शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
५९ वर्षीय धनबिर दमाईमाथि ४० वर्षीया श्रीमती कमला परियारले निगालोको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरी कमलाले धनबिरमाथि लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।






























