नेपालगन्जमा रहेको गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कुलले शनिबार आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ ।

विद्यालयले सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा अभिभावक भेला गरेर बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल मधु सिंह खत्रीले शिक्षाको नेतृत्वदायी भूमिका गोल्डेन एबीसीले निर्वाह गर्ने बताउँदै विद्यालयलाई १५ औं बार्षिकोत्सव ल्याउन सफल बनाउने व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी प्रति आभार व्यक्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख राम सुरेश यादवले जिल्लामा विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा ल्याएको, सैद्धान्तिक सँगै व्यवहारिक ज्ञान पनि अगाडि बढाएको भन्दै प्रशंसा गरे ।

नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले संस्थागत विद्यालयको शिक्षा प्रदान गर्ने सन्दर्भमा भूमिका महत्वपूर्ण रहेको भन्दै आवश्यक सहयोग गर्न उपमहानगरपालिकाको तर्फबाट प्रतिबद्धता जनाए ।

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंहले समावेशि शिक्षा सहज, सुलभ रुपमा प्रदान गर्न स्थापना गरिएको गोल्डेन एबीसी आफ्नो लक्ष्यमा सफल रहेको बताए ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.