सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
सुन जाँचबुझ आयोगले उनलाई मुद्दा नै चलाउन सिफारिस गरेसँगै महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार लुम्बिनी प्रदेशबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।
