पुरुषोत्तम सापकोटा
बाँकेका ४ सय बढी सहकारीहरू रहेका छन् । जसले बार्षिक अर्बौंको कारोबार गर्दै आएका छन् । जिल्ला सहकारी संघ बाँकेको तथ्यांक अनुसार, बाँकेमा ४ सय बढी सहकारी रहेकोमा अद्यावधिक २ सय ६ वटा मात्रै रहेका छन् ।
जिल्ला सहकारी संघ बाँकेका अनुसार, जिल्लामा रहेका सहकारीहरूको शेयरँपूजी १ अर्ब ४४ करोड ९५ हजार ४१ हजार ९ सय ४ रूपैयाँ रहेको छ । जिल्लाका सहकारीले ६ अर्ब २८ करोड १९ लाख बढी बचत संकलन गरेर ७ अर्ब ७३ करोड १४ लाख बढी लगानी गरेका छन् ।
जिल्लामा बचत भन्दा ऋण लगानी बढी रहेको तथ्यांकले देखाएको छ । बाँकेमा रहेका सहकारीहरूको कुल जगेडा कोष २ अर्ब ५८ करोड ८३ लाख बढी रहेको छ ।
बाँकेमा सहकारी सम्बद्ध ८ वटा सुपथ पसल सञ्चालनमा रहेको जिल्ला सहकारी संघ बाँकेले जानकारी दिएको छ ।
एउटा कोशेली घर, ४ वटा राईस मिल, ६ वटा बिउ प्रशोधन केन्द्र रहेका छन् । बाँकेमा रहेका कृषि सहकारी आबद्धले दैनिक १० हजार लिटर दुध उत्पादन गर्दछन् । प्याकेजिंग, अचार उद्योग सहकारी मार्फत सञ्चालन भएका छन् । जिल्लामा ती वटा संस्था विद्युत वितरण, सेनेटरी प्याड उत्पादन तथा वितरण, खसी बाख्रा पालन, संकलन बजारीकरण गरेका छन् ।
वित्तीय साक्षरता, सिपमूलक तालिम र नेतृत्व विकास तालिम पनि सहकारीले सञ्चालन गरेका छन् ।































