For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

अनि…बाध्य भइन् जयन्ती वेपत्ता श्रीमानको कुशको शव बनाएर अन्तिम संस्कार गर्न

byDainik Nepalgunj
April 5, 2024
in विचार
0 0
0
अनि…बाध्य भइन् जयन्ती वेपत्ता श्रीमानको कुशको शव बनाएर अन्तिम संस्कार गर्न
Share on FacebookShare on Twitter

बर्षौ देखि न्यायिक अभियानमा लागेकी हुकुम बहादुर शाहीकी धर्मपत्नी जयन्ती शाही सत्यतथ्य थाहा पाउनमा भएको ढिलाईका कारण निराश हुदै ०८० चैत १४ गते हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेकी छिन । बर्दिया ठाकुरबाबा नगरपालिका–८ सुतैयाका हुकुम बहादुर शाहीलाई सशस्त्र द्वन्द्वको समयमा राज्यपक्षबाट ०५८ चैत्र २४ गते बलपुर्वक पक्राउ गरी हालसम्म बेपत्ता पारेको छ ।

द्धन्द्धकालमा सुरक्षाकर्मीद्धारा पक्राउ गरि वेपत्ता पारिएका शाहीको परिवारले २२ बर्षसम्म पनि वेपत्ता आफन्तको लास र सासको अवस्था थाहा पाउन नसके पछि कुशको शव बनाएर श्रीमती जयन्त शाही, छोरा सन्तोष शाही सहितका परिवारले सामाजिक परम्परा अनुसार शवको कुश बनाई अन्त्यष्टि गरेर हाल बर्दिया सुतैया स्थित घरमा बेपत्ता हुकुम बहादुरको क्रियामा बसेका छन् ।
गत महिना मात्रै बेपत्ता पारिएका बाँकेका भुपेन्द्रराज उप्रेतीका श्रीमती चन्द्रकला उप्रेती पनि यसै गरि कुशको शव बनाई पशुपति आर्यघाटमा अन्तेष्टि गरि क्रिया बसेकी थिईन । यस्तै गरि बर्दियाकी जुना सापकोटा लगायतका बेपत्ता परिवारले बेपत्ता आफन्तको लास र सासको अवस्था थाहा नपाउदै क्रिया गर्न बाध्य भए ।

बेपत्ता श्रीमानको काजक्रियामा बसेकी जयन्ती शाहीले लेखकसंगको कुराकानीका क्रममा माओवादी अध्यक्ष प्रचण्ड दुई दुई पटक प्रधानमन्त्री हुँदा समेत श्रीमानको अवस्था थाहा पाउन नसक्दा दुख लागेको बताइन् । ‘यतिका बर्ष कुरियो, घरपरिवार, धर्म, समाजका कुरा पनि मान्नु पर्ने रहेछ । धार्मिक परम्परा अनुसार काजक्रिया नगरे मृतआत्मा भड्कन्छ भन्छन् । एक मनले श्रीमान अझै जीवितै हुनुहन्छ की भन्ने जस्तो लाग्छ । टुप्लुक्क घर आउँनुहुन्छ कि भन्ने लाग्छ । तर यसरी कतिन्जेल कुर्ने । सरकारले हामी जस्ता पीडितको पीडा बुझेन । परिवार, समाजको दवाव भयो । मन भारी बनाएर श्रीमानको अन्तिम संस्कार गरेँ’। क्रियामा रहेकी जयन्तीले लेखकसंग आफ्नो पीडा पोखिन ।
छोरा आउने आशमा रहेकी हुकुम बहादुरकी बृद्ध आमा लक्ष्मी शाही, छोरा शन्तोष शाही, बुहारी पुजा चन्द, छोरीहरु भबिसरा शाही र पुजा शाही शोकमा छन् । परिवारमा सन्नाटा छ । क्रिया बसेका घरमा खासै चहलपहल पनि छैन ।

यसरी बेपत्ता पारेकोे थिए हुकुम बहादुरलाई तत्कालिन सुरक्षाकर्मीले ः
साविक ठाकुरद्धारा गाबिस सुतैया बस्ने हुकुम बहादुर शाहीलाई ठाकुरद्धारा बजार देखि नजिकै रहेको बरख दल गण ठाकुरद्धाराका सुरक्षाकर्मीले माओवादीको आशंकामा सेनाको ब्यारेकमा हाजिर हुन निर्देशन दिएका थिए ।
श्रीमती जयन्त शाहीले दिएको जानकारी अनुसार तारेख लिन जाने क्रममा मिति २०५८ साल चैत्र २४ गतेका दिन बिहान १० बजे शर्मा थरका एक स्थानियको साईकलमा घरबाट निस्की बरखदल गण ठाकुरद्धारमा पुगे । आर्मि ब्यारेकको गेटबाट भित्र जादै गर्दा बिहानको समयमा सेनाको गाडी गेटसम्मै आएर साईकल सहित हुकुम बहादुर शाहीलाई गाडीमा राखी ब्यारेक भित्र लगे । ब्यारेक भित्र लगेको स्थानियले देखेका थिए । ब्यारेक भित्र केहि समयसम्म राखी साईकल ब्यारेक भित्रै राखी नियन्त्रणमा लिएका हुकुम बहादुरलाई गाडीमा राखेर गेट देखि बाहिर लगे । यस्तो घटना देख्य स्थानियले सुरक्षाकर्मीलाई कहाँ लैजान लाग्नु भएको भनी सोध्दा एक छिनमा फर्किन्छ, हामीजंगल गस्ती जादै छौ संगै लैजान्छौ तिमिहरु घर फर्क भने पछि स्थानियहरु घर फर्किएका थिए ।

बिहान घरबाट देखिनिस्कनु भएको मान्छे किन घर फर्कनु भएन भनी जयन्ती शाही सहितका परिवारका सदस्यलाई चिसो पस्यो । मनमा चिन्ता पर्न थाल्यो । हुकुम बहादुर त्यो दिन घर फर्किएन । फर्सि पल्ट बिहान रेडियोको समाचार र पत्रिकामा बर्दियाको कोठियाघाटको जंगलमा माओवादी र आर्मि बिचको दोहोरो भिडन्तमा १३ जना मारिएको भन्ने खवर परिवारले सुने । त्यस पश्चात परिवार आर्मि ब्यारेक बरखदल गणमा गई सोछपुछ गर्दा गेटमा रहेका नामदर्जा नखुलेका एक सेनाले जंगल गस्तीमा लगेका थियौ कहाँ गयो थाहा भएन भन्ने जवाफदिएको श्रीमती जयन्ती शाही बताउनु हुन्छ् । त्यस पछि लगातार एक हप्ता जस्तो हुकुम बहादुर शाहीको श्रीमती जयन्ती शाही सानो छोरा लिएर ब्यारेकमा धाउन थाल्नु भयो । श्रीमानको बारेमा सोधीखोजी गर्न सेनाको ब्यारेकमा सुरक्षाकर्मीले सधै नया नया बहाना गर्दै ‘हामीले तेरो श्रीमानलाई समातेर ल्याएका नै छौनौ’ भन्न थाले । वारम्बार सुरक्षाकर्मीले अनेक बहाना गर्दै सहि साचो नवताई दिए पछि गाउँलेले अव ब्यारेक नजाउँ छोरालाई नी लैजान्छन् भने पछि डरले गर्दा आर्मि ब्यारेकमा जान छाडेको जयन्ती शाहीले लेखकसंग बताउनु भयो । ‘संकटकालको समय थियो महिला र बच्चाहरु सानै भएको र डरले गर्दा झण्डै १ बर्ष श्रीमानको आस र त्रासमा समय बिताए । घटना भएको एक बर्ष पछि बर्दिया जिल्ला सदरमुकाम गुलरिया सम्म गए । वकिल भेटी भेटे, नेपालगंजसम्म पुगे अधिकारवादीसस्था र मानव अधिकार आयोग समेतमा उजुरी दिए । तर परिणाम निस्क्न सकेन श्रीमान कुनै अत्तोपत्तो थाहाँ पाउन सकिन । मानवअधिकारवादी संघ सस्था, आइसीआरसी एडभोकेसी फोरम, इन्सेक लगायतका संस्थामा आवद्ध अधिकारकर्मी घरमै आएर पनि घटनाको अभिलेखिकरण गर्नु भयो । सरकारले गठन गरेको वेपत्ता छानविन आयोगमा २०७३।१।२० मा स्थानिय शान्ति समिति बर्दिया मार्फत उजुरी दिए । उजुरी दर्ता गरिएता पनि हालसम्म केहि सत्यतथ्य न्याय पाउन नसेकी छैन । बेपत्ता पारिएका ब्यक्तिको छानविन सम्बन्धि आयोगले २०७७ पुष महिनामा वडा कार्यालय मार्फत बेपत्ता भएको सर्जमिन गरयो सरकारी तवरबाट तर घटनाको बारेमा कुनै एकिन सत्यतथ्य थाहा पाउन सकेकी छैन । श्रीमान आउने आसै आसमा २२ बर्ष बिते । क्रियामा रहेकी जयन्ती भन्नु हुन्छ सरकारले छिटो हामी जस्ता पीडितको पीडा बुझोस । बेपत्ता श्रीमानको बारेमा सिघ्र जानकारी देओस’ ।

‘जवरजस्ती बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिकरण गर्नमा भएको ढिलाईले जयन्ती शाही जस्तै वेपत्ता परिवारको धािर्मक तथा सास्कृतिक अधिकारको पनि हनन भएको छ । राज्यको उदासिनताको वावजुद पीडित परिवार आशा र निराशाका बिचमा न्यायको लामो सर्घष गर्दै आउनु भएकोले सरकार जिम्मेवार भई पीडित परिवारको सत्य न्याय र परिपुरणको अधिकार सुनिश्चित गनु पर्दछ ।

बेपत्ता पारिएकाहरुको अवस्था थाहा नपाउदा जयन्ती शाही, चन्द्रकला उप्रेती जस्ता बेपत्ताका आफन्तहरु रातदिन मानसिक पीडामा बस्न बाध्य भएका छन्,। आफन्तको लास र सासको अवस्था थाहा नपाउदै बेपत्ता पारिएकाहरुको अन्तेष्टि गर्न बाध्य छन् । कतिपय आमा, बुवाहरु बेपत्ता छोरा छोरीको अवस्था थाहा नपाउदै आफैको मृत्युवरण भैसकेको छ । परिवार, समाजले सामाजिक, सांस्कृतिक रूपमा अन्तिम संस्कार गर्न दवाव दिएका कारण जयन्ती शाही जस्ता बेपत्ता परिवारले घर परिवारका कुनै घटना भए क्रिया नगरेकै कारण भएको भन्ने भ्रम पर्न गएको छ ।

अन्तमा आफन्तको लास र सासको सत्यतथ्य थाहा नपाउदै क्रिया गर्न बाध्य जयन्ती शाहीको परिवारलाई परेको यो दुखत घडिमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस । बृहत शान्ति सम्झौता पछिका सरकारहरुले शाही जस्ता बेपत्ता पारिएकाहरुको अवस्था पत्ता लगाउन र बेपत्ता परिवारलाई न्यायको प्रत्याभुति दिलाउन नसकीरहेको सन्दर्भमा गंभिर भई तत्काल प्रभावकारी कदम चाल्न सरकार र प्रमुख राजनैतिक जिम्मेवार बनुन ।

लामो समयसम्म द्वन्द्वकालमा बलपुर्वक बेपत्ता पारिएकाहरुको बारेमा सरकारको गैर जवाफदेहिताका कारण सृजित परिवार, सामाजिक, सांस्कृतिक, कानुनी समस्या परेका छन् । बर्दियाकी जयन्ती शाही जस्तै बेपत्ता पारिएका पत्नीले बेपत्ता पारिएका आफन्तको कुशको शव बनाई अन्तेष्टि गर्न बाध्य भैरहेको सन्दर्भमा संसदमा बिचाराधिन संक्रमणकालिन न्याय सम्बन्धि कानूनलाई अन्तर्राष्ट्रिय कानूनी मापदण्ड र सर्वोच्च अदालतको आदेश बमोजिम तत्काल संशोधन गरि पीडित मैत्री संक्रमणकालिन न्याय संयन्त्र मार्फत सिघ्राति सिघ्र पीडित परिवारलाई घटनाको सत्यतथ्य सहित न्यायको प्रत्याभुति दिलाउन जरुरी छ ।

ड्ड लेखक अधिकारकर्मी हुन ।

Previous Post

महरा लुम्बिनीको मुख्यमन्त्री, बाँकेबाट को बन्ला मन्त्री ?

Next Post

खस्किएको शैक्षिकस्तर र एसईई परीक्षा

Next Post
खस्किएको शैक्षिकस्तर र एसईई परीक्षा

खस्किएको शैक्षिकस्तर र एसईई परीक्षा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version