For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

ज्योतिष दिवस: भविष्य कथन मात्र होइन, ज्योतिष शास्त्र

byDainik Nepalgunj
April 9, 2024
in News, मुख्य समाचार
0 0
0
ज्योतिष दिवस: भविष्य कथन मात्र होइन, ज्योतिष शास्त्र
Share on FacebookShare on Twitter

सामान्य अर्थमा ज्योतिष ग्रहहरुको गणित हो । आकाशमा रहेको ग्रहहरुको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो । ग्रहले पदार्थमा पर्ने प्रभावको सम्बन्धलाई ज्योतिषीहरुले मसिनो गरी अध्ययन गर्छन् र प्रभावको विश्लेषण गर्छन् । त्यसका लागि नौ ग्रह, १२ राशि र २७ नक्षत्रहरुको आधार लिने गरिन्छ । यिनै २७ नक्षत्रले सिर्जना गरेको ३६० डिग्रीको अक्षांशमा ग्रह र राशिको अधिपत्य रहन्छ । नक्षत्र, ग्रह र राशिको विशेषता, ग्रहहरुको अवस्था र प्रभावको आधारमा भविष्य बताउने काम ज्योतिषीको हो । ग्रहहरुले उत्पन्न गर्ने प्रभावको पूर्व जानकारी राख्ने हुनाले ज्योतिषी केबल भविष्य बताउने मात्र नभई भविष्यको मार्गनिर्देशक पनि हो । मानव जीवनलाई सही मार्गनिर्देश गर्ने कार्यमा ज्योतिषीहरुको अहम् भूमिका रहन्छ ।

हाम्रो समाज आफ्नो जन्म कुण्डली देखाएर भविष्य जान्न चाहन्छ । जन्मका आधारमा आफूले ल्याएको कुरा परिवर्तन हुँदैन भन्ने मनस्थितिका कारण भविष्य कस्तो होला भनेर जान्न चाहन्छ । वास्तवमा जन्मकुण्डली जीवनको मार्गनिर्देश हो र सोहीअनुसार कर्म गर्नुपर्छ भन्ने कमैलाई थाहा छ । ग्रहहरुले मानिसको जीवनमा उसको कर्मको खाका बनाइदिएको हुन्छ । धर्म, अर्थ, काम, मोक्षको स्पष्ट मार्गनिर्देश गरेका हुन्छन् । जन्मकुण्डलीमा सम्बन्धित जातक धर्म, अर्थ, काम र मोक्षमध्ये कुन क्षेत्रका अधुरा कार्य सम्पन्न गर्न आएको हो भन्ने स्पष्ट हुन्छ । तर, व्यक्तिले आफ्नो कार्मिक लक्ष्यमा भन्दा सामाजिक आधारमा आफ्नो लक्ष्य तय गर्न चाहन्छ । जीवनमा सकारात्मकता ल्याउन कार्मिक सुधार महत्वपूर्ण पक्ष हो । यद्यपि मानिस जीवनको लक्ष्य भौतिक उचाइ मात्र ठान्छ । त्यसैले ज्योतिषीले मानिसको जीवनलाई सफल र सार्थक बनाउन उसको कार्मिक प्रारब्धका आधारमा लक्ष्य निर्धारण गरिदिनुपर्छ ।

मानिस जन्मदा आकाशमा भएका ग्रहहरुको चित्र उसको जन्मकुण्डली हो । जन्मदाको अवस्थाको एउटा विशेष प्रभाव रहन्छ तर प्रतिफलमा उनीहरुको तात्कालीक स्थिति बढी महत्वपूर्ण हुन्छ । ग्रहहरुको गति निश्चित नियममा हुन्छ । कुन समयमा कुन ग्रह कहाँ हुन्छ र त्यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा ज्योतिष शास्त्रमा स्पष्ट छ । ग्रहहरुको प्रभाव फरकफरक व्यक्ति या पदार्थमा फरकफरक हुन्छ । त्यही फरकफरक प्रभाव सम्बन्धित व्यक्तिमा कस्तो हुनसक्छ भन्ने सुक्ष्म अध्ययनका लागि व्यक्तिको जन्म समयका ग्रहहरुको अवस्था र तत्कालीक अवस्थाबाट निस्कर्ष निकालिन्छ । जन्मकालीन ग्रहहरुको राशि, नक्षत्र, अंश र हाल ग्रहहरूको राशि, नक्षत्र र अंशका आधारमा दैनिक, मासिक या वार्षिक फल या प्रभाव जान्न सकिन्छ ।

मानिसको जन्मकालीन ग्रहहरुको अवस्थाका आधारमा अहिलेको अवस्था कस्तो छ भन्ने निश्कर्ष निकाल्न सकिन्छ । जीवनका घटनाहरू, आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक अवस्थाको चित्रण गर्न सकिन्छ । त्यसका लागि ज्योतिष शास्त्रमा नौ ग्रहको प्रभाव फरकफरक तर आफ्नो निजी गुण र धर्मका आधारमा निश्चित गरिएको छ । ग्रहको गुण र धर्म निश्चित हुन्छ तर उसको जन्मकालीन अवस्था र तात्कालीक अवस्थाको प्रभाव निरन्तर बदलिइरहन्छ । जन्मकालीन समयका ग्रहहरुले निश्चित लक्ष्य र उद्देश्य तय गरेका हुन्छन् । उक्त लक्ष्य र उद्देश्यका लागि तत्कालीन ग्रहहरुको अवस्था विशेष प्रभावकारी हुन्छ । ग्रहहरुले तय गरेको लक्ष्य र तात्कालीक गोचरका बीचमा मानिसको मानसिकता र कर्म थपिन पुग्छ । ग्रहहरुको लक्ष्य र मानिसको लक्ष्यबीच तालमेल भएमा सफलता मिल्दै जान्छ भने विपरीत भएमा असफलता मिल्छ । त्यसैले ग्रहहरुले तय गरेको लक्ष्यअनुसार व्यक्तिले आफ्नो कर्म गरोस् भनेर नै ज्योतिषलाई आँखा भनिएको हो । आँखाको प्रयोग लक्ष्यसम्म पुग्नका गरिन्छ । त्यसैले हरेक मानिसले ज्योतिषीय लक्ष्य र जीवनको लक्ष्यबीच सामञ्जस्यता मिलाउन ज्योतिषीय परामर्श लिइरहनुपर्छ ।

जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह र तिनले सिर्जना गर्ने प्रभावका विषयमा सामान्य जानकारी राख्नु सबैका लागि लाभदायी हुन्छ । ज्योतिष शास्त्रमा प्रयोगमा आउने नौ ग्रहहरु सूर्य, चन्द्रमा, मङ्गल, बुध, शुक्र, वृहस्पति, शनि, राहु र केतु हुन् । यी ग्रहहरुको फरकफरक र नितान्त निजी स्वभाव र प्रभाव हुन्छ । ग्रहहरुमा सबैभन्दा पहिलो सूर्य हो । यसले व्यक्तिको आत्माको प्रतिनिधित्व गर्छ । उसमा आत्मविश्वास कस्तो छ ? स्वाभिमान वा आत्म–सम्मान कस्तो छ ? हड्डी कति मजबुत छ भन्ने जनाउँछ । यसबाटै उसको पिता कस्तो छ । जन्मस्थान कस्तो छ । आत्मामा शुद्धता छ छैन हेर्न सकिन्छ । अग्नि तत्वको कारक ग्रह भएकाले व्यक्तिको ऊर्जा मापन यसै ग्रहबाट गर्न सकिन्छ । यो ग्रहहरुको राजा भएकाले व्यक्तिमा नेतृत्व क्षमता कस्तो छ भन्ने ज्ञात गर्न सकिन्छ ।

मनलाई प्रत्यक्ष प्रभाव पार्ने ग्रह चन्द्रमा हो । यो ग्रहले भावनात्मक कुरालाई प्रतिनिधित्व गर्छ । व्यक्तिको मानसिक अवस्थालाई उसको चन्द्रमाको अवस्थाले स्पष्ट पार्छ । चन्द्रमा जलसँग सम्बन्धित ग्रह हो । मानिसको शरीरमा पनि अधिक जल तत्व हुने हुनाले चन्द्रमाको अवस्थाका आधारमा शरीर र मनको अवस्था मापन गर्न सकिन्छ । यसले माता, सुख, मन, मनस्थितिको ज्ञात गराउँछ । चन्द्रमा मनको कारक भएको कारण व्यक्तिको मनमा उत्पन्न हुने भाव र त्यसबाट सिर्जना हुने कर्मको प्रकृति पनि थाहा पाउन सकिन्छ ।

अर्को ग्रह बुध हो । शिक्षाको मालिक बुध बुद्धिको कारक ग्रह हो । सञ्चारको कारक ग्रहको रुपमा बुधलाई लिइन्छ । बुधको अवस्थालाई हेरेर व्यक्तिमा जनसम्पर्कको अवस्था कस्तो छ भन्ने आँकलन गर्न सकिन्छ । कुनै पनि सूचनाको सञ्चार, गोपनीयता, सूचना–सङ्कलन तथा सूचनाको उपयोग कस्तो हुन सक्ला भन्ने अनुमान लगाउन सकिन्छ । यो ग्रह व्यापारको कारक पनि हो । यसले व्यक्ति व्यापारमा सफल हुन्छ हुँदैन भन्ने ज्ञात गर्न सकिन्छ ।

शुक्र ग्रह समृद्धि र सम्पन्नताको ग्रह हो । यसले व्यक्तिको जीवनमा सम्पन्नता कस्तो रहन्छ भन्ने थाहा लाग्छ । सम्पत्ति, सम्पन्नता, खुशीको स्रोत शुक्र ग्रहको अवस्थाबाट ज्ञात गर्न सकिन्छ । हरेकको जीवनमा खुशीको आधार धन सम्पत्ति हो भने साथमा खुशी र आनन्दित जीवनका लागि प्रेम आवश्यक हुन्छ । अर्थको विषय शुक्रलाई जोडेर हेरिन्छ । यदि अर्थ राम्रो छ भने उसको जोश, जाँगर र ऊर्जा पनि सकारात्मक हुन्छ । शुक्र मनोरञ्जनको कारक पनि भएकाले व्यक्तिमा कतिको रमाइलोपना छ भन्ने पनि यसैबाट ज्ञात हुन्छ । समृद्धि, खुशी, आनन्द, मनोरञ्जन, सौन्दर्य, जोश, वीर्य, पुरुषको दाम्पत्य जीवन यी सबै कुरा शुक्रको कब्जामा छ ।

मङ्गललाई व्यक्तिको साहसको अवस्थामा हेरिन्छ । यो ग्रह अग्निकारक ग्रह हो । यसले ऊर्जा र शक्तिको प्रतिनिधित्व गर्छ । व्यक्तिमा साहस कति छ ? शक्ति र ऊर्जा कति छ ? लडाईं या झगडामा कति शक्ति खर्च गर्छ । निडर छ वा डरपोक छ यसैबाट ज्ञात हुन्छ । त्यस्तै बृहस्पति ग्रहले धर्म र भाग्यको प्रतिनिधित्व गर्छ । यसले सन्तान, धन, धर्म, अध्यात्म जस्ता विषयमा आफ्नो अवस्थाअनुसारको फल प्रदान गर्छ । शुभ बृहस्पतिले भाग्यवान बनाउँछ भने अशुभ वृहस्पतिले कूल परम्परामा नकारात्मकता ल्याई व्यक्तिलाई विभिन्न समस्यासँग लड्न बाध्य बनाउँछ । जसको वृहस्पति राम्रो छ उसको सर्वत्र शुभ बनाउँछ । ज्ञानको कारक भएको व्यक्तिमा कति ज्ञान छ भन्ने यसैबाट ज्ञात हुन्छ ।

न्यायको कारक ग्रह शनि हो । यसले नीति नियम र अनुशासनको प्रतिनिधित्व गर्छ । व्यक्ति कति अनुशासित छ भन्ने कुरा शनिको अवस्थाबाट थाहा हुन्छ । यसले कर्मको प्रतिनिधित्व गर्छ । व्यक्ति कति मिहेनत गर्छ, नियमको पालना गर्छ या गर्दैन, अल्छी छ या छैन, आयु कस्तो छ जस्ता विषयमा शनिको अवस्थाले स्पष्ट पार्छ । राहु ग्रह आकस्मिताको कारण हो । कुनै पनि आकस्मिक रुपमा हुने सकारात्मक या नकारात्मक घटनाको कारक राहु हो । यो परिवर्तनको स्रोत हो । यसले व्यक्तिलाई विद्रोही बनाउँछ । अधिक सफलता या अधिक असफलताको कारक पनि राहु हो । केतु ग्रह व्यक्तिको आन्तरिक अवस्था हो । यसले व्यक्तिभित्रको चेतको प्रतिनिधित्व गर्छ । कसैलाई महायोगी, साधु बनाउनेसम्मको काम केतुले गर्न सक्छ । पुनर्जन्म या मोक्ष केतुको अवस्थाले बताउँछ । राहु र केतु दुवै छाँया ग्रह हुन् । यिनको आफ्नो भौतिक स्वरुप छैन ।

यसरी ग्रहहरुको विशेषता, जिम्मेवारी र कारकत्वको आधारमा व्यक्तिको जीवनको मार्गदर्शन मिलाउँदै कर्ममा सम्बन्धित ग्रहको उपयोग गराउनुपर्छ । ज्योतिषीय परामर्शमा ग्रहहरुको कारकत्वलाई जीवनका विभिन्न चरणमा दशा, अन्तरदशाका आधारमा प्रयोग गराउन मार्ग दर्शन गर्ने काम ज्योतिषीको हो । केवल भविष्यवाणी मात्र ज्योतिषीको काम होइन । ज्योतिषीको काम भविष्यमा हुने घटनाको फेहरिस्त बताउने मात्र नभएर उसको लक्ष्य प्राप्तिका लागि ग्रहहरुको उपयोग गर्ने मार्ग देखाउने हो । ज्योतिषीले ग्रहको अवस्था उसको कारकत्व र दशाका आधारमा व्यक्तिको कर्मलाई दिशानिर्देश गर्ने हो भने कुनै पनि मानिस जीवनमा असफल हुँदैन । विगत, वर्तमान र भविष्यको ग्रहको गतिका आधारमा पेशा, व्यवसाय या अन्य कर्ममा ग्रहहरुको उपयोग गर्न परामर्श दिने हो भने ज्योतिषी जीवनको सच्चा मार्गदर्शक बन्छ । कुन विषयको कमीले व्यक्ति पीडित छ या कुनको अधिक प्रभावले समस्यामा छ भन्ने बुझेर कमजोरलाई बल दिने र अधिकलाई कटौती गर्ने हो भने मात्र ज्योतिष शास्त्रको सही उपयोग हुनसक्छ ।

Previous Post

गलकोटका छ स्थानमा आगलागी : ३० बस्ती उच्च जोखिममा

Next Post

जनआन्दोलन, सयुक्त जनआन्दोलन र कम्युनिस्टहरू

Next Post
जनआन्दोलन, सयुक्त जनआन्दोलन र कम्युनिस्टहरू

जनआन्दोलन, सयुक्त जनआन्दोलन र कम्युनिस्टहरू

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version