नयाँ वर्षको पहिलो दिन कोहलपुर– देउराली साइक्लिङ प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।
स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरको आयोजनामा बैशाख १ गते कोहलपुर–देउराली अपहिल साइक्लिङ कम्पीटिसन’ हुन लागेको हो ।
आयोजक क्लबका संरक्षक केशर आलेले दिएको जानकारी अनुसार, लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुने हुनुका साथै नेपाल आर्मीका खेलाडी समेत सहभागी हुँदैछन् ।
आयोजकका अनुसार, देउरालीमा अवस्थित देउराली मन्दिरलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गरी यस क्षेत्रको वातावरणको संरक्षण तथा संवर्धन तथा साइकल प्रयोग प्रयोग संकारको विकास गराउने उद्देश्यका साथ हुन लागेको साइक्लिङ कम्पीटिसन कोहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेको देउराली मन्दिरसम्म पुग्नेछ ।
महिला र पुरुष गरी दुई विधामा हुने प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।































