For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आशालाग्दो बनोस् नयाँ बर्ष

byDainik Nepalgunj
April 13, 2024
in विचार
0 0
0
आशालाग्दो बनोस् नयाँ बर्ष
Share on FacebookShare on Twitter

मित्रलाल सापकोटा
आज बर्ष २०८० को अन्तिम दिन । चैत महिना सकिएसँगै देशमा बहुदलीय व्यवस्थाको ३४ बर्ष पुरा भएर ३५ बर्ष लागेको छ । यी चौंतिस बर्षमा नेपाली जनताले पाएको उपलब्धिको हिसाब किताब इतिहासले अवश्य गरेको छ, गर्नेछ । बर्ष २०८० बितेका चौंतिस बर्षमा सबैभन्दा निराशापूर्ण बर्ष रहेकोमा भने कुनै शंका रहेन । देशमा हत्या हिंसा र आतंकको समयमा पनि नेपाली अर्थतन्त्रमा यस्तो निराशाको बादल मडारिएको थिएन । मैले टाक्केटुक्के लेखन गर्न थालेकोे ३२ बर्ष भयो । तर यस बीचमा पहिलोचोटी जनतामा यस्तो निराशा पलाएको पाएको छु । २३ बर्षे लक्का जवान हुँदा २०४६ सालको आन्दोलनमा आफुपनि सहभागी भएयता आजसम्म नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको अवस्था पनि यहि बर्ष २०८० मा नै महसुस भयो । २० बर्ष शैक्षिक पेशामा आबद्ध भएर हजारौं विद्यार्थीको मनोभाव बुझ्ने मौका पाएको आफ्नो दुइदशकको बालमस्तिष्कसँगको सामिप्यतामा रहँदा उनीहरुमा आएको निराशा पनि बर्ष २०८० अत्यन्तै खतरनाक देखियो । सबैतिरबाट निराशाले गाँजेको बर्ष २०८० बनेर आज बिदाइ हुँदैछ ।

२०४७ सालको बहुदलीय संविधान पछिका ३४ बर्षमा सिँहदरबारमा झण्डै चार दर्जन सरकारहरु पसे । हजारौं मन्त्रीहरु पसे । नारायणहिटीबाट देशको अभिभावकत्व शितलनिवासतिर पनि सर्यो । आफ्नो मौलिकतालाई गाली गरेर विदेशीलाई खुशी पार्ने संविधान पनि आयो । नेपाली समाजमा अराजकताको पराकाष्ठा नै हुनेगरि संवैधानिक व्यवस्था र कानूनहरु नर्माण भए । नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यतालाई गाली गर्नु र विदेशी विधर्मीहरुको मुल कुल धर्म सँस्कृति भाषा सभ्यतालाई प्रशंसा गर्नु, संरक्षण गर्नुलाई धर्मनिरपेक्ष भएको प्रमाणित गर्ने परिपाटी पनि मज्जैले बसाइयो । देशभित्रका राष्ट्रिय चिन्तनहरु, शक्तिहरु, देशका लागि तन मन बचन र कर्मले लाग्नेहरुलाई खेदो खन्ने, प्रतिगमनकारी भन्ने, धाक धम्की दिने, कानून र शासनको तुज्जुब देखाएर तर्साउने बुट बजार्ने जस्ता कामहरु छ्याप्छ्याप्ती चले चलिरहेका छन् ।

निरंकुशताको बिरुद्ध लडेको जनता आज झन तानाशाहको शासन बेहोर्न बाध्य छ । निराशामा बाँचेको छ । उसमा अर्को आन्दोलन गर्ने शक्ति छैन । आफ्नो देशको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता र आफ्नो स्वाधिनताको लागि हिजो जस्तो ज्यान हतेलीमा राखेर आन्दोलन गर्ने युवा नेपालभित्र बचेनन् अब । बिप्रेषण पिपासु, भ्रष्ट, नाताबाद, कृपाबाद, जनताको बचतमा ठगीगर्ने, करमा लूट मचाउने, देशलाई सार्वजनिक ऋणको भारी बोकाउने सरकारहरुको मात्रै हालिमुहालीले अब पनि कसलाई विश्वास गर्ने भन्ने शंकै शंकाामा जनता छन् । हिजो हाकाहाकी बैंक डकैती भए । आज सिंहदरबारमा बसेर बैंक मात्रै होइन सहकारी समेत लुटिँदै छन् । हिजो गाउँ गाउँमा झण्डा गाडेर जग्गा कब्जा गरिए । आज सिंहदरबार मै बसेर कागज मिलाएर कब्जा गरिँदै छन् । हिजो विदेशमा बसेर देशभित्र अराजकता मचाइयो । आज सिंहदरबारमा बसेर अराजकता मचाइँदै छ । हिजो गाउँ गाउँ पसेर जनता धम्क्याइयो । आज सिंहदरबारमा बसेर जनता धम्क्याइँदै छ । हिजो घरबाट थुतेर गोली ठोकियो आज बाटो मै, त्यै सिंहदरबारको नाकैमुनी गोली ठोकिँदै छ । हिजो पुजारीलाई सँस्कृत पढाउने गुरुहरुलाई मारियो । आज भिक्षु, पुजारी, मठमन्दिरका संरक्षक, हिन्दु धर्मगुरुहरुलाई कतै लात बुट हानिँदै छ, कतै मारिँदै छ ।

बर्ष २०८० को अन्तिम दिनसम्म आइपुग्दा देशले काँचुली फेरेको छैन भन्न मिल्दैन । निकै दह्रो तालले नै काँचुली फेरेको छ । नयाँ जीवन, नयाँपनको लागि नफेरेर आफ्नो आत्महत्याको लागि काँचुली फेरेको भन्न मिल्छ । यो बर्ष देशको अस्मिता नै लिलामी गरियो । देशलाई केहि बर्षमा वर्तमान युक्रेनको अवस्थामा पुर्याउने योजना संविधान भन्दा माथि राखेर संसदबाटै पारित गरी विदेशीलाई अधिकार सम्पन्न गरियो । नेपालको कुटनीतिक इतिहासमा पहिलोपटक कसैको टाँसो लागेर निर्णय गर्दै असंलग्नताको नीति भंग गरियो । जनताको करबाट आफ्ना सन्तान सहित दुई दुई हप्ता विदेशी सैरसपाटा गरेर सरकार र राज्यको तमाशा देखाइयो ।

२०४७ साल यता जहिले पनि नौ महिने सरकारहरु भए, काम गर्न पाइएन । सरकार स्थिर भएन । भन्ने जस्ता कुराहरुलाई मिथ्या बनाउँदै तीन महिने एक महिने प्रदेश सरकारहरु निर्माण गरेर समृद्धिको दह्रो खाका कोरिँदै छ । सरकार बनाउन, सत्तामा बसिरहन, आफ्नो स्वार्थ पुरा गर्न सबै नीति, नैतिकता तिलाञ्जली दिने परिपाटीको थालनी गरेर नेपालमा लोकतन्त्र र शुसाशनको खाका तयार गरिएको छ । आफु सत्तामा रहे संविधान र लोकतन्त्र सुरक्षित अरु सत्तामा पुगे संविधान, लोकतन्त्र र देशै खतरामा रहने गज्जब भाष्यको निर्माण गरिएको छ ।

जनप्रतिनीधिले कर्मचारी कुट्ने, कार्यकक्षमै थुन्ने, महिला लगाएर बदनाम गराउने जस्ता परिपाटीको थालनी गरेर सुशासनको नयाँ खाका तयार भएको छ । राज्यकोषबाट भत्ता खाएर कानून बनाउने जिम्मा पाएकाहरु हाजिर गरेर आइएनजिओ भतेर खान जाने परम्परा त बहुदलको बिशेषता नै भएको थियो । तर गणतन्त्रमा महिनौंसम्म संसद नै अबरुद्ध गरेर कामकाज नै नगर्ने परिपाटीलाई संस्थागत गरिँदै छ । सत्ता बाहिर हुँदा आफुले गरेको कर्तुत सबै बिर्सेर सत्तामा हुँदा अर्को पार्टीले त्यस्तै गर्यो भने लोकतन्त्र र विधिप्रक्रियाको बिरुद्ध भन्ने आरोप प्रत्यारोपमा जाने तर जिम्मेवारी कसैले नलिने चलन संस्थागत भएको छ ।

देश चलाउने जिम्मा कसको ? यसको जवाफदेहिता कस्को ? यी प्रश्नका उत्तरहरु खोजिन्नन् । अरुका टाउकामा दोष थोपेर संसद सरकार देखि कर्मचारी र पार्टीहरु पानी माथिको ओभानो हुने परिपाटी संस्थागत भएको छ । देशमा आयदिन हत्या, बलात्कार, चोरी, डकैती, धर्म, परिवर्तन गराउने अपराधहरु खुलेआम भएका छन् । त्यसमा कडा कारवाहीको अपेक्षा गर्नु जनताका लागि ‘आकाशको फल आँखा तरि मर’ भने झैं भै सकेको छ ।

बर्ष २०८० सकिँदै गर्दा देशमा सुशासनका हिसाबले, सरकारको स्थिरताका हिसाबले, देशको विदेश नीतिमा एकरुपता र अडिकताको हिसाबले, नेपालको कुटनीतिक प्रभावका हिसाबले निराशाजनक नै रह्यो । आन्तरिक शान्ति सुरक्षाका हिसाबले पनि प्रशंसा गर्न योग्य काम यस बर्ष कुनै भएनन् । देशको शिक्षा क्षेत्रमा रहेको विभेदको अन्त्य भएन । शिक्षा ऐन थारो पाडो पाले झैं भयो । प्रदेश राजनीति नेपालको लागि घाँडो नै हो भन्ने प्रमाणित भयो । भ्रष्टाचार सुनकाण्डहरुमा मुछिएकाहरुलाई कारवाहीको नाममा चोख्याउने प्रपञ्चहरु खुब चले । अर्थतन्त्रमा कुनै सकारात्मक संकेत आउन सकेन । ठूला बैंकहरु नै धरापमा रहेको हल्ला र ऋण खाएर तिर्नु पर्दैन भन्ने चर्चाले देशको वित्तिय क्षेत्रमा ठूलो नकारात्मक असर पर्यो । आर्थिक परिसूचकहरु राम्रा देखिएनन् । हजारौं लघुउद्यमी र साना ब्यापारीहरुको बजारबाट पलायन हुने क्रम तीब्र बन्यो । आफ्नो अर्कण्यतालाई लुकाउन राजाको नागरिक अभिनन्दनमाथि लगेर हिलो छ्यापियो । न त विश्वविद्यालयहरु खाली हुने क्रम रोकियो न विश्वविद्यालयमा कुनै थिति बस्न सक्यो । तर नयाँ नयाँ विश्वविद्यालयका चर्चा भने भैरहे ।

चैत महिना भित्रै देशका बिभिन्न ठाउँमा पाठ्यपुस्तक पुगेको भन्ने समाचार सुनिएका छन् । देशमा नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि सरकारी छात्रवृतिमा गरिएको विभेदको सर्वोच्वको फैसलाले अन्त्य भएको छ । समाजमा केहि सकारात्मक संदेशहरु पनि प्रवाह भएका छन् । जनतामा आफ्नो मौलिकता प्रति चासो बढ्दो छ । हिजो आफ्नो मौलिकतालाई गाली गर्न जिन्दगी खपाएकाहरु बर्ष २०८० को अन्तसम्म आइपुग्दा ब्याकफुटमा पुग्न थालेका छन् । यी बर्ष २०८० ले दिएका केहि आशा हुन । यहि गति रहे अबको चुनावसम्म मौलिकता बिरोधीहरुले आफ्नो नीति नेपाल निरपेक्ष होइन नेपाल सापेक्ष बनाएर भोट माग्न जानु पर्नेछ । यी र यस्तै छिटफुट आशाका किरणहरु र कामहरु बाहेक समग्रमा बर्ष २०८० निराशाको बर्ष नै मान्नुपर्छ । बर्ष २०८१ ले आशाको सञ्चार गराओस् । नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतामा थप जागरण बढेर जाओस् । नयाँ बर्ष देश र जनताका लागि आशालाग्दो बर्ष बनोस् । नयाँ बर्ष २०८१ को संसारभर छरिएर रहेका समस्त नेपालीलाई हार्दिक एंव मंगलमय शुभकामना !

Previous Post

बाँकेका १६ सीमा स्तम्भ हराए

Next Post

मलमपट्टीमा स्वागत अनि शुभकामना

Next Post
मलमपट्टीमा स्वागत अनि शुभकामना

मलमपट्टीमा स्वागत अनि शुभकामना

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version