For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

byDainik Nepalgunj
April 16, 2024
in News, मुख्य समाचार
0 0
0
वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष
Share on FacebookShare on Twitter

कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो । कोरोना महामारीका कारण घरभित्र सीमित व्यक्तिहरु गत वर्ष आन्तरिक र बाह्य पर्यटनमा रमाए । नयाँ वर्ष २०८१ मा पर्यटकीय गन्तव्यमा देखिएको अत्यधिक चहलपहलले यसको पुष्टि पनि गर््यो । पर्यटकीय गतिविधि मात्रै होइन यस क्षेत्रमा लगानी पनि बढेको छ ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले समग्रमा वर्ष २०८० पर्यटनका लागि उत्साहजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा पर्यटन उत्साहवद्र्धक रह्यो । अहिले होटल ‘बुकिङ’ पनि सन्तोषजनक छ । विदेशी पर्यटक आगमन कोभिड–१९ पूर्वको अवस्थामा पुगेको छ, यसले पर्यटनमा उत्साह थपिएको छ ।” होटल पूर्वाधारमा ठूलो लगानी भएको तर क्षमताअनुरुप पर्यटक कम रहेकाले होटल पूर्वाधारको क्षमताअनुरुप पूर्णरुपमा उपयोग गर्न नसकिएको अध्यक्ष शाहको भनाइ छ । उहाँले सडक सञ्जाल, हवाई सम्पर्क सञ्जाल प्रभावकारी बनाउँदै पर्यटन नीतिलाई समयसापेक्ष बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले समग्रमा वर्ष २०८० पर्यटनका लागि उत्साहवद्र्धक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालको पर्यटन पुनरुत्थान भएको अवस्था हो, कोभिडको चपेटाबाट व्यवसायी भुक्त हुँदै गर्दा पर्यटन क्षेत्र थप चलायमान बन्छ भन्ने विश्वास छ ।” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनसँगै सडक सञ्जाललाई व्यवस्थित बनाउन सकेको खण्डमा आगामी दिनमा नेपालमा पर्यटक बढ्ने अध्यक्ष बास्तोलाको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापा पनि वर्ष २०८० पर्यटकका लागि सुखद भएको बताउनुहुन्छ । कोभिडपछि पर्यटन पुरानै लयमा फर्किएकाले आगामी दिन राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष थापाले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले सक्रियता जनाउन नसके पनि प्रवर्द्धनका कामलाई निजी क्षेत्रका व्यवसायीले निरन्तरता दिएको भन्दै वर्ष २०८१ मा बोर्डको बजारीकरणलाई प्रभावकारी बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने कार्यमा सबै सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन र पर्यटकको बसाइ लम्ब्याउनका लागि केबुलकार माध्यम बन्यो केबुलकारमा लगानी पनि बढेको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा केबलकार निर्माण सुरु भएको छ । पूर्वमा पाथीभरादेखि कर्णाली नदीमा केबुलकार निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसैगरी, जल पर्यटन प्रवर्द्धनका लागि विभिन्न नदी र तालमा मोटरबोटको प्रयोग बढेको छ । जलाशय र नदीहरु पर्यटनका लागि विभिन्न स्थानमा पछिल्लो समय मोटरबोटको प्रयोग बढेको पाइन्छ । नारायणी नदीदेखि भरत ताल र विभिन्न जलाशयमा मोटरबोटले पर्यटक तानिरहेका छन् ।

त्यति मात्रै होइन, एड्भेन्चर पर्यटनका लागि पनि वर्ष २०८० सुखद रह्यो । पोखरामा एड्भेञ्चर पर्यटनका लागि पूर्वाधार निर्माण हुने क्रम जारी रह्यो । बञ्जी जम्पदेखि स्विङले पर्यटकको ध्यान खिचेको पाइयो । पर्यटकीय गतिविधि बढेसँगै परम्परागत सांस्कृतिक लोक नृत्यको संरक्षण, संवद्र्धन र प्रवर्द्धन पनि बढेको छ । त्यस्ता मौलिक नृत्यको संरक्षण मात्रै नभई यसैबाट आयआर्जन गर्न सकिने माध्यम पर्यटन बनेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, ¥याफ्िटङ क्याम्पिङमा रु २४ अर्ब ७८ करोड ६० लाख ६० हजार कर्जा प्रवाह भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा एक दशमलव छ प्रतिशतले बढी हो । साथै होटल क्षेत्रमा पनि लगानी सोही अवधिमा सात दशमलव चार प्रतिशतले बढेर कर्जा रु एक खर्ब ८७ अर्ब ८१ करोड ३० लाख २० हजार पुगेको छ ।

पर्यटकीय गन्तव्यको प्रचारप्रसार, स्थानीय तहबाटै पर्यटक प्रवर्द्धन र घुम्न जाने चलन बढ्दा आन्तरिक पर्यटकको पनि गत वर्ष पर्यटक क्षेत्रको विकासमा उल्लेख्य योगदान रह्यो । त्यसमाथि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्यो । महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागि गत कात्तिक १२ गते काठमाडौँ आउनुभएको थियो । उहाँले महत्वपूर्ण पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय नगरी पोखरा तथा ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जानुहुन्छ ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी भएको व्यवसायीको विश्वास छ । विसं २०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक बढाएको छ । २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रूपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनयता ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । काठमाडौँमै पशुपतिनाथ मन्दिरमा आउने भारतीयको सङ्ख्या पनि पछिल्लो समय उल्लेख्य मात्रामा बढेको पाइन्छ । विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको छ । त्यसैले यस वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्न मद्दत पुगेको छ ।

गुटेरेसको भ्रमणले सहयोग होटल सङ्घ नेपालका (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुहुन्छ । “संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ”, उहाँले भन्नुभयो, “विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायत पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुन्छ जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।” महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण भएको उहाँको विश्वास छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि नेपालको पर्यटनका लागि महासचिव गुटेरेसको भ्रमण ऐतिहासिक उपलब्धि भएको र यसले पर्यटन थप चलायमान भएको स्वीकार्नुहुन्छ । उहाँले भन्नुभयो, “महासचिव गुटेरेसको महत्वपूर्ण गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उहाँको भ्रमणबाट ठूलो प्रचारप्रसार भएको छ ।” गुटेरेसले खुम्बु क्षेत्रको भ्रमणका साथै ‘एभरेष्ट भ्यू’ होटलमा ‘लञ्च’ गर्नुले विश्वभरका ‘हाई इन्ड टुरिस्ट’लाई आकर्षण गर्ने पर्यटन बोर्डको विश्वास छ । महासचिव गुटेरेसको भ्रमणले पर्यटक बढाउन मद्दत पुग्नेमा नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले विश्वास व्यक्त गर्नुभयो । साहसिक पर्यटनको आकर्षक गन्तव्य रहेको नेपालको पर्वतीय पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमणले विशेष अर्थ राख्ने उहाँले बताउनुभयो । कोभिड–१९ (कोरोना भाइरस) महामारीले झन्डै तीन वर्ष खुम्चिएको विदेशी पर्यटक आगमन पूर्ववत् लयमा फर्किएको छ । समग्रमा वर्ष २०८० लाई पर्यटनका लागि उपलब्धिको वर्षका रुपमा लिन सकिन्छ । विदेशी पर्यटक बढेका छन् । हवाई पूर्वाधार तथा होटल पूर्वाधार विकासले फड्को मारेको छ । पर्वतारोहण र पदयात्रामा उत्साह छ । आन्तरिक र साहसिक गन्तव्य पर्यटकले भरिभराउछन् । नागरिक उड्डयन सुधारका लागि सकारात्मक पहल देखिएको छ ।

बढे विदेशी पर्यटक यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कूल ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो । त्यसैगरी, २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

बढ्यो पर्यटन आय यो वर्ष भ्रमण आयमा उल्लेख्य सुधार आई नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै पर्यटनबाट हुने आम्दानी पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार चालु वर्षको आठ महिनामा भ्रमण आय रु ५१ अर्ब ३९ करोड पुगेको छ जुन अघिल्लो गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव एक प्रतिशतले बढी हो । साथै विदेशमा घुम्न जाने नेपाली पनि बढेका छन्् । केन्द्रीय बैङ्कका अनुसार सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब २२ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ दशमलव सात प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा भ्रमण व्यय रु ८४ अर्ब ३२ करोड थियो । पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले वर्ष २०८० को चैत मसान्तसम्मको आँकडाअनुसार हवाई मार्ग भएर १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिनुले पर्यटन पुरानै लय (सन् २०१९ को पर्यटन आगमन) मा फर्किएको बताउनुभयो । विसं २०७९ मा साढे सात लाख पर्यटक आएकामा विसं २०८० मा १० लाख पर्यटक नाघेकाले तुलनात्मक रुपमा २५ प्रतिशतले पर्यटक बढोत्तरी भएको बोर्डले जनाएको छ । गत वर्ष हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या करिब ३५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, बङ्गलादेशबाट नेपाल आउने पर्यटकको वृद्धिदर करिब ४० प्रतिशत छ । अमेरिकाबाट आउने पर्यटक पनि बढेको छ । त्यसैगरी, चिनियाँ पर्यटक आगमन सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ ।

पाँचतारे होटलको सङ्ख्या २२ पुग्यो नेपालमा पाँचतारे होटल थपिएका छन् । अन्तर्राष्ट्रिय चेन होटल धमाधम निर्माण भइरहेका छन्भने केही सञ्चालनमा आइसकेका छन् । शेराटन, हिल्टनलगायत आधादर्जन होटल पाइपलाइनमा छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा बुटिक लग्जरी पाँचतारेसहित थप चारवटा पाँचतारे होटल थपिएका छन् । योसँगै नेपालमा एक पाँचतारे डिलक्स होटलसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । यसैगरी, चारतारे स्तरका ३४ होटल छन् । होटल सङ्घका अनुसार नेपालमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् । सङ्घका अध्यक्ष विनायक शाहले देशभर दैनिक १० हजारभन्दा बढी पाहुना धान्ने शय्या उपलब्ध छन् । सङ्घमा आबद्ध देशभर पाँच हजार हाराहारी सदस्य होटल छन् । अध्यक्ष शाहका अनुसार अबको दुई वर्षभित्रमा थप १८ देखि २० वटा स्तरीय तारे होटल सञ्चालनमा आउनेछन् ।

पर्यटकीय राजधानी पोखरा पर्यटकीय नगरी पोखरालाई गत चैत ४ गते देशको पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानागरपालिका र पोखरासँग जोडिएका स्थानीय सरकार तथा सङ्घसंस्थाको पहलमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष समारोहबीच पोखरालाई पर्यटकीय राजधानी घोषण गर्नुभएको थियो ।

पर्यटनमा भएका काम वर्षदिनमा पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास भएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत सुधारका लागि काम थालिएको छ । निगमलाई व्यवस्थापन करारमा लगेर सेवालाई चुस्त र प्रभावकारी बनाउने योजनाका साथ निगमले काम अगाडि बढाएको छ । आन्तरिक उडानमा तीन जहाज थप्ने र अन्तर्राष्ट्रिय उडानमा लिज प्रक्रियामा न्यारोबडी जहाज भित्र्याउने निगमले अन्तिम तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाई युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको छ । इयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको पर्यटन मन्त्रालयले जनाएको छ । क्षेत्रीय हब विमानस्थल स्तरोन्नति र आधुनिक टर्मिनल भवनको काम भइरहेको छ । श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको छ । लुम्बिनीको तिलौराकोटलाई विश्वसूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भएको पनि मन्त्रालयले जनाएको छ । सरकारले घोषणा गरेको पर्यटन दशक कार्यान्वयनका लागि कार्यक्रम तय गरिएको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेका अनुसार पर्यटन दशकका लागि चालु आवको नीति तथा कार्यक्रम र बजेटमा यसलाई थप परिस्कृत र समृद्ध बनाइने छ । यस्तै, पर्यटन ऐन, संस्कृति ऐनलगायत नीतिगत सुधारका काम प्राथमिकताका साथ लैजाने मन्त्रालयले जनाएको छ । नेपाल पर्यटन बोर्डलाई चाँडो नेतृत्व प्रदान गरी अन्तर्राष्ट्रिय बजारीकरणको कामलाई प्रभावकारी बनाउने जनाइएको छ ।

व्यवसायी भन्छन्, ‘पर्यटन उत्साहवद्र्धक’ वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आएका छन् । पर्यटन विभागको पछिल्लो विवरणअनुसार वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ५५ आरोही समूहका एक सय १६ महिला र तीन सय ९६ पुरुष गरी कूल पाँच सय १२ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा हिमालमा मात्रै १८ आरोही समूहका ३९ महिलासहित दुईसय नौजनाले अनुमति पाएका छन् । हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ३४ करोड ४३ लाख ९९ हजार ६ सय ५६ रोयल्टी सङ्कलन भएको छ । वैशाख १ गतेदेखि देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुलाइएकाले पर्यटन क्षेत्र थप चलायमान बन्ने व्यवसायीको बुझाइ छ । नयाँ वर्ष २०८१ को पहिलो दिनबाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालनको घोषणा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलेसँगै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गर्नुभयो । मुख्य पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, कास्कीको पोखरा, चितवनको सौराहा, कपिलवस्तुको लुम्बिनीमा पर्यटकको चाप छ । व्यापार–व्यवसाय पनि फस्टाएको छ । राजधानीको ठमेलमा पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह पैदा गरेको व्यवसायीको बुझाइ छ ।

Previous Post

सुधार गृहका बालकमा छाला सम्बन्धी रोग

Next Post

बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या

Next Post
बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या

बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version