For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विश्व प्रेस स्वतन्त्रता दिवस- वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

byDainik Nepalgunj
May 3, 2024
in News, मुख्य समाचार
0 0
0
विश्व प्रेस स्वतन्त्रता दिवस- वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’
Share on FacebookShare on Twitter

धर्मेन्द्र झा

विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग सम्बन्धित कार्यक्रमको आयोजना गर्ने गरिन्छ । स्वभाविक रुपमा नेपाल पनि अपवाद छैन । नेपालमा पनि पछिल्ला वर्षहरुमा यो दिवस मनाउन थालिएको छ । सरकारीस्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने नेपालमा यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो । नेपालमा पनि मे ३ का अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् । वर्षभरिका प्रेस स्वतन्त्रताका उल्लङ्घनका घटनालाई सम्झिने र स्वतन्त्र प्रेसको अवस्थाको मूल्याङ्कन गर्ने दिनका रुपमा पनि मे ३ महत्वपूर्ण छ । तर सोचनीय के छ भने एक दिन सम्झिने र त्यसपछि खासै क्रियाशील नहुने अवस्थाका आधारमा कति उपलब्धि प्राप्त गर्न सकिएला ? नेपालको सन्दर्भमा पनि धेरथोर यस्तै अवस्था विद्यमान छ भनियो भने अन्यथा हुने छैन ।

नामिवियाको विण्डहक सहरमा सन १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो । चिली र युनस्कोले यस पटक ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा एक सम्मेलनको आयोजना गरिरहेका छन् । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्दछ । युनेस्कोले यस वर्षअर्थात् सन् २०२४ का लागि प्रेस फोर द प्लानेट ः जर्नलिज्म इन द फेस अफ द इनभायरोमेन्टल क्राइसिस भन्ने विषय तय गरेको छ । नेपाल पत्रकार महासङ्घले नेपालीमा यसको अनौपचारिक अनुवाद पृथ्वीका लागि प्रेस ः वातावरणीय सङ्कटका समयमा पत्रकारिता भनेर गरेको छ । यस पटकको यो दिवस वर्तमान वैश्विक वातावरण सङ्कटका समयमा पत्रकारिताको महत्वका सन्दर्भमा समर्पित छ । हो, पछिल्लो समयमा विश्वमा वातावरणीय समस्या क्रमशः चुलिँदै गएको छ । जलवायु परिवर्तन विश्व सरोकारको विषय बनेको छ । संयुक्त राष्ट्र सङ्घजस्ता संस्थाले पनि यस विषयलाई प्राथमिकतामा राखेको निकै भइसकेको छ ।

केही महिना पहिले नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनिओ गुटरेसले पनि नेपालका हिमालहरुलाई जोड्दै जलवायु परिवर्तनका सम्बन्धमा व्यक्त गर्नुभएको अभिव्यक्ति स्वयम्मा महत्वपूर्ण छ । यसै विषयमा बर्सेनि विश्व सम्मेलनहरु आयोजन हुने गरेका छन् । अहिले विश्वभरि नै प्राकृतिक सम्पदाको दोहन आफू अनुकूल गर्ने प्रवृत्ति बढ्दो छ ।

विश्वका सर्वोच्च शिखर सगरमाथालगायतका हिमालका हिउँ पग्लने र हिउँ नै नपर्ने समस्या अब नौलो रहेन । नदीका जल सतह बढ्ने वा घट्ने कुरा पनि अब नयाँ रहेन । युएईमा यस वर्ष परेको वर्षाले त्यहाँ बाढीको विभिषिका निम्त्याायो । नेपालको तराई भूमिमा जमिनमुनिको पानीको सतह दिनहुँ तल गइरहेको छ, । विगत एक सय ७० वर्षमा गत वर्ष २०२३ सर्वाधिक तातो वर्ष रहेको अध्ययनहरुले दाबी गरिरहेको छ । मालदिभ्सजस्ता केही देशको भविष्य सङ्कटाभिमुख छ । यस्ता अनेक उदाहरण छन्, जसका आधारमा विश्वमा वातावरणीय सङ्कटका परिणाम मानव सभ्यताका सामु देखा परिरहेको मान्न सकस छैन । तर यति हुँदाहुँदै पनि मानव सभ्यता विद्यमान सङ्कटप्रति गम्भीर भएको पाइँदैन । वातावरणमा देखिएको यो सङ्कट समाधानका दिशामा वर्तमान पुस्ताले गम्भीरता देखाउन सकेन भने यो पुस्ताले भावी पुस्तालाई यो पृथ्वी यहीरुपमा हस्तान्तरण गर्न सम्भव छैन । यो भनेको भावी पुस्ताप्रतिको गैरजिम्मेवार दायित्व निर्वहन हो ।

यस पृष्ठभूमिमा युनेस्कोले यस वर्ष उठान गरेको विषय अत्यन्त सान्दर्भिक रहेको मान्न सकिन्छ । सूचना सम्प्रेषणलगायतका पत्रकारिताका धेरै कार्यमध्ये एक महत्वपूर्ण कार्य हो शिक्षाको प्रसार वा जनचेतनाको जागृति । युनेस्कोले चयन गरेको विषयको महत्व पत्रकारिताको यसै कार्यसँग सम्बद्ध छ । वातावरणीय सङ्कटसँग जुधिरहेको पृथ्वीको रक्षाको गुरुत्तर दायित्व पत्रकारिताको काँधमाथि छ । पत्रकारिताले वातावरण संरक्षणको षिषयलाई विश्वव्यापी एजेण्डा बनाएर स्वतन्त्र प्रेसको दायित्व निर्वाह गरोस् भन्ने पनि युनेस्कोले आफ्नो नारामार्फत सन्देश दिन चाहेको भनेर बुझ्नु गलत हुने छैन ।

पछिल्लो विश्वमा पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्त निकै लोकप्रिय मानिन्छ । निश्चित पनि वातावरण्ीय मुद्दा उठानका विषय पनि सामाजिक उत्तरदायित्व निर्वहनकै अन्तर्गत पर्ने कुरामा विमति हुन सक्दैन । विश्व पत्रकारिता समुदायले पनि यो सत्य बुझ्न ढिला गर्नुहुँदेन । तर यो सिद्धान्त जतिसुकै लोकप्रिय भए पनि व्यवहारमा भने यसको इमान्दार अनुवाद भएको बिरलै मात्र पाइन्छ । यस सन्दर्भमा कार्बन उत्सर्जनको विषयलाई अत्यन्तै सशक्त उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ ।

विश्वका विकसित राष्ट्रहरुले विकासका नाममा ठूलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको कुराबाट विश्व समुदाय अनभिज्ञ छैन । यसबाट ती देशले त आर्थिक सम्पन्नता प्राप्त गरेका छन । विडम्बना, अल्पविकसित साना राष्ट्रहरु यसको मारमा परिरहेका छन् । तर ती ठूला र विकसित देशमा कार्बन उत्सर्जनको मुद्दा त्यहाँको पत्रकारितामा वीरलैमात्र एजेण्डा बन्ने गरेको पाइन्छ । कुनै बेला हिउँले सेताम्मे हुने हिमालयमा कालो चट्टान देखिनु कार्बन उत्सर्जनको परिणाम पनि हो तर यो मुद्दा उठानमा पनि विकसित देशका मिडिया चुकेको पाइन्छ । हिमाल आरोहणको विषयलाई प्राथमिकतामा राख्ने ती मिडियाले हिमालको प्रदूषण र हिमनदीको अवस्थामा आएको परिवर्तनका कुरालाई खासै महत्व दिएको नदेखिन सक्छ ।

माथि चर्चा गरिएका विषय प्रत्यक्षतः प्रेस स्वतन्त्रतासँग सम्बन्धित नदेखिन सक्छन । तर गहिरिएर हेर्दा र मिहीन ढङ्गले विश्लेषण गर्दा यो विषय पनि प्रेस स्वतन्त्रतासँग जोडिएको विषय हो भन्न कञ्जुस्याई गर्नु आवश्यक छैन । एउटा प्रश्न उठ्न सक्छ, प्रभावशाली मानिएका देशका प्रभावशाली भनिएका मिडिया प्रायः यी विषयमा किन मौन बस्छन ? उत्तर थुप्रै हुन सक्ने सम्भावना छ । एउटा उत्तर के हुन सक्छ भने शायद ती मिडियाहरु यस्ता विषयको उठान गर्न स्वतन्त्र छैनन् ।

आजको विश्वमा धन आर्जन गर्ने व्यवसायका रुपमा समेत परिचय बनाउन सकेको मिडियाको आफ्नो स्वार्थसँग पनि सायद यो विषय जोडिएको छ र सायद त्यसैले पत्रकारले यो विषय उठान गर्न चाहे पनि पत्रकारिताको संस्थाले यस्ता विषयलाई प्राथमिकतामा नराखेको हुन सक्छ । केही हदसम्म यो विषय समाचार कक्षको सम्पादकीय स्वतन्त्रतासँग पनि जोडिन पुग्छ । विज्ञापनको चम्किलो रातमा सायद मानव कल्याणको जुन ओझेलमा पर्छ । सन्ततिको भविष्य सुखमय बनाउन धन सङ्कलनमा तल्लीन वर्तमानका मिडिया सञ्चालक र जिम्मेवार राष्ट्रहरुले पृथ्वी–प्रकृतिको हस्तान्तरणबारे भने सायद सोच्न आवश्यक ठानेका छैनन । यसो हो भने निश्चय पनि यो विषय प्रेस स्वतन्त्रतासँग जोडिन्छ र युनेस्कोले उठान गरेको विषय (नारा) स्वाभाविक रुपले सान्दर्भिक हुन पुग्दछ । (लेखक झा, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष र नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ)

Previous Post

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

Next Post

गृहमन्त्रीको निर्देशन : सार्वजनिक सम्पत्ति फिर्ता लेउ

Next Post
गृहमन्त्रीको निर्देशन : सार्वजनिक सम्पत्ति फिर्ता लेउ

गृहमन्त्रीको निर्देशन : सार्वजनिक सम्पत्ति फिर्ता लेउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version