For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

वैकल्पिक राजनीतिको भविष्य कता ?

byDainik Nepalgunj
May 3, 2024
in विचार
0 0
0
वैकल्पिक राजनीतिको भविष्य कता ?
Share on FacebookShare on Twitter

नेपालमा हरेक परिवर्तनसँगै आन्दोलनमा सहभागी भएर सत्तासीन भएका राजनीतिक दलहरूले आफुहरू बाहेक अब अर्को कुनै दलको आवश्यकता नै छैन भन्ने गर्छन् । हरेक आन्दोलन पछि तत्कालिन सत्तामा रहेर राजकीय भूमिका अनुसार नै आन्दोलन निस्तेज पार्न वा दबाउन काम गरेका व्यक्ति वा संस्थालाई शत्रुको रूपमा परिभाषित गर्ने र उनीहरूलाई बहुदलीय राजनीतिमा समेत निशेध गरिन्छ । तर त्यो सत्ताले आन्दोलनमा उठाएका, जनताको घरदैलो पुगेर आँटो पिठोे सँगै बसेर खाएर देखाएका सपनाहरू सत्तामा पुग्नासाथ भुल्ने गर्छ । यसपछि जनतामा यिनीहरू त हिजोको सत्ता भन्दा पनि भस्मासुर नै रहेछन् भन्ने हुन्छ र नयाँ नयाँ दलको उदय हुन जान्छ । जसलाई नयाँ नामबाट उदय भएकाहरूले स्वयं वैकल्पिक राजनीतिको वाहकका रूपमा व्याख्या गर्न थाल्छन् । विकल्प अर्थात भैरहेका र आलोपालो सत्तामा हालीमुहाली गरिरहेका दलको एकछत्र मनपरितन्त्रको विकल्पको रूपमा उभिन खोजेको वा उभिएको राजनीतिक दललाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा जान्ने गरिन्छ ।

नेपालमा २०४६ सालको परिवर्तन पछि तत्कालिन आन्दोलनमा सहभागी भएका कम्यूनिष्ट काँग्रेसले आफुहरू नै अब यो देशको वर्तमान र भविष्य भएको घोषणा गरे । जनताको ढुकुटीलाई आफ्नो नीजि सम्पत्ति सरह नै दुरूपयोग गर्न थाले । देश र जनताको समृद्धिको चाहना र आन्दोलनका बेला गाउँगाउँ पुगेर बाँडेका सबै सपनाहरू बिर्से । आफुलाई जनताको मालिक र जनता रैती भन्ने मनोवृति पालेका यी दलले जसरी शासन चलाए त्यसले जनतामा एक किसिमको बितिष्णा पलायो । त्यो बितिष्णाको जगमा माओवादीहरूले खेल्ने मौका पाए र आफु यो सत्ताको विकल्प मात्रै होइन मुक्तिदाता नै भएको सपना बाँडे । जनताले पत्याए । एकै दशकमा उनीहरूलाई सत्तामा पुर्याए । ‘उहि मुलाको सिन्की उभि मुलाको चाना’ भनेझैं माओवादीमा पनि कुनै परिवर्तन आएन । जनताको रगत र लासबाट उठेको पार्टी र यसका नेताहरूमा हिजो काँग्रेस कम्यूनिष्टका नेताहरूले जेल बसेको ब्याजको हकदार भएको भन्ठाने झैं रगत र लासको टौवामाथि चढेर सत्ताको विलासितामा पुग्नु र त्यसमा ब्रम्हलूट मच्चाउनु उनीहरूले आफ्नो अधिकार सम्झे । जसका कारण उनीहरूको पतन हुन आधा दशक पनि लागेन ।

वैकल्पिक राजनीति भन्दा र गर्दा छिटै सत्तामा पुगिने सपना देखेका बाबुरामहरूले पनि सपना बाँड्न खोजे तर जनताले यसपटक भने पत्याएनन् । यसको कारण थियो माओवादको नाउँमा रगत र लासको टौवा बनाएर सत्तामा पुगेका मुख्य पात्र मध्ये उनीपनि थिए । जुन वैकल्पिक राजनीति उनले पहिल्यै गरेर सत्तामा पुगेका थिए उनलाई फेरि फेरि पत्याइरहन जनताले आवश्यक नै ठानेनन् ।
उपेन्द्रहरू वैकल्पिक भन्दा पनि क्षेत्रिय राजनीतिको कित्ताकाटबाट उदाए । तर बहुजातिय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुभौगोलिक समाज भएको देशमा अमुक जात र क्षेत्रको राजनीति गरेका उपेन्द्रहरूलाई जनताले एउटा कुनामा नै राखिदिए । आज उनको जस्तो एजेण्डा उस्तै साइजमा बसेका छन् ।

बिक्रम संवत २०६४ सालमा ठूलो दल बनेर उदाएको माओवादीको जातिय क्षेत्रिय कित्ताकाट र नेपाली धर्मसँस्कृति माथिको ज्यादतीबाट ६ बर्ष मैं आजित भएका जनताले कमल थापालाई धर्म रक्षाका लागि २५ सीट दिएर संविधान सभामा पुर्याए । तर थापाको सत्ता मोहमा एजेण्डा माथिको गद्दारीले उनलाई २०७४ सालमा जनताले पुरानै हैसियतमा फर्काइदिए ।

२०७४ को निर्वाचनमा विवेकशील साझा भन्ने पार्टीले आफुलाई वैकल्पिक पार्टीको रूपमा प्रस्तुत गर्यो । केहि फस्टटाइम भोटरहरू र युवाहरू शहरमा आर्कषित पनि भए । तर त्यो आर्कषणले चुनावमा सीट दिलाउन सकेन । बजारमा चलेको सानो हल्लैका भरमा सत्ताको सपना र त्यो सत्तामा हुने भागबण्डा देखेर पार्टीभित्रै लुछाचुँडी हुन थाल्यो र त्यसको पनि अवसान भयो ।

२०७९ को चुनावका बेला टी भी एक्करबाट चर्चा कमाएका रवि लामिछानेले एकाएक पार्टी दर्ता गरेर चुनावमा भाग लिए । उनीसँग पार्टीको सैद्धान्तिक, सांगठनिक र सत्ता सञ्चालनको कुनै ठोस खाका तयार थिएन तर देशमा २०४७ सालदेखि हालीमुहाली गरेर बसेका पार्टीहरूको चरित्रमा सुधार हुन सकेको थिएन । वैकल्पिक पनि उदाइहाल्न सकेका थिएनन् भने पुराना पार्टीहरू लूट्न पल्केका र उनीहरूले सत्तामा देखाएको लुछाचुँडी, पद पैसा नियुक्ति आदिमा आफु अनुकुल गरेको कानूनी ब्याख्या, लोकतन्त्रको नाउँमा भएको सिण्डिकेडतन्त्रबाट वाक्कदिक्क भएका जनताले संकेतको रूपमा नै भन्नुपर्छ वैकल्पिक ठानिएका रवि लामिछानेको टिमलाई राम्रो मत दिएर देशको चौथो शक्ति नै बनाइदिए । यस अघि राजनीतिमा टेस्टेट नभएका पात्रहरूको जमघटलाई जनताले वैकल्पिकको रूपमा अवश्य उभ्याए तर त्यो टिकाउ र बिकाउ हुन्छ हुँदैन अहिले नै भन्न सकिने अवस्था छैन तर हाल भएको उपनिर्वाचनले यसमा पनि शंका गर्ने ठाउँ दिएको छ ।

एकाएक देशको चौथो शक्ति बन्न सफल भएका रवि लामिछानेको सत्तालिप्सा पनि पुराना पार्टीहरूको सत्तालिप्सा भन्दा कम देखिएको छैन । जसरी पनि अमुक मन्त्रालय नै चाहिने र भागबण्डा नै चाहिने चरित्रमा २०७९ पछि उदाएका वैकल्पिक भनिने रास्वपा, जनमुक्ति र जनमत पार्टीहरू पनि देखिएका छन् । यहि चरित्र कै कारण र यसमा तत्कालै कुनै सुधार नभएमा आउने चुनावसम्ममा अहिले वैकल्पिक भनिएकाहरूका टुक्राटुक्रा पसलहरू देखिएमा नेपाली राजनीतिमा अनौठो हुने छैन् । हालै सम्पन्न भएको इलाम र बझाङको उपनिर्वाचनको परिणामले उनीहरूलाई संकेत राम्रो देखाएको छैन् ।
देशमा एउटा कालखण्डमा वैकल्पिक ठानिएको, वा देशको लागि साँच्चिकै काम गर्ने ठानिएको पार्टी समयानुकुल आफुलाई जनताको पक्षमा रहेको सिद्ध गर्न सकेन भने त्यो पार्टी अस्तित्वमा रहिरहन सक्दैन । जनताले यी भन्दा त हिजो कै ठिक भन्ने परिस्थिति बन्नु भनेको पक्कै पनि वैकल्पिक भन्नेहरूका लागि राम्रो होइन । नेपाली राजनीतिमा सधैं नयाँ नयाँ पार्टीहरू बन्ने भत्किने र निश्चित अवधिमा व्यवस्था पनि परिवर्तन भैरहने गरेको छ । पछिल्ला व्यवस्था परिवर्तनका अन्तरालहरूलाई आधार मान्दा गणतन्त्रको आयु पनि त्यति लामो देखिन्न ।

यहाँ पार्टीहरू बन्ने या त पुरानै ढर्रालाई समाल्नका लागि या फेरि हत्या हिंसा, आतंक, डर धम्की आदिबाट जनतामा एक प्रकारको त्रास फैलाएर सत्तामा पुग्ने प्रपञ्च गर्ने गरेको पछिल्लो इतिहासले नेपालमा अर्को कुनै नयाँ हिंसात्मक वा अन्य यस्तै प्रकृतिको आन्दोलन नउठ्ला भन्न सकिन्न । तथापि त्यसरी उदाउने पार्टी पनि नेपाली माटो, यहाँको धर्म सँस्कृति सुहाउँदो वैकल्पिक पार्टी भने कदापि हुनेछैन ।
नेपाली राजनीतिमा २०४६ यता उबेला कै नेता नेतृत्व हावी हुँदै आएका छन् । उनीहरू सत्तामा रहनु भनेको आफ्नो अधिकार सम्झिन्छन् र विगतमा जेलसेल बसेको ब्याज खाने हक सम्झिन्छन् । यो भनेको कुनैपनि देशको राजनीतिमा शुद्धिकरण र पुस्ताहस्तान्तरणको तरिका नै होइन । राजनीति जहिले पनि देश र जनताको पक्षमा मात्रै चलाएमान हुनुपर्छ न कि अमुक नेताका लागि । युवाहरूलाई उनीहरूको क्षमताको भरपुर उपयोग गर्ने अवसरमा ढोका लगाएर कुनैपनि पार्टीको संस्थागत भविष्य हुन सक्दैन । यसमा वर्तमान नेपाली राजनीतिका दोस्रो र तेस्रो पुस्ता भनिनेहरूले समेत ब्याज खानेको प्रतिकार गर्नसक्ने हिम्मत राख्दैनन् । अनि नेपाली राजनीतिमा र वर्तमान व्यवस्थामा दिगोपन आउँछ कसरी प्रश्न त बन्छ ।

अबको चुनाव हुने अन्यथा नभएमा २०८४ मा हो । तर वैकल्पिक राजनीतिको पसलमा मुसो पसेको देख्दा कतिपयलाई अचम्म लागेको हुनसक्छ । कतिपयले त सुभाष नेवाङको कदर गर्दै उनको गणतन्त्र संघीयता र धर्मनिरपेक्षतामा रहेको योगदान स्वरूप उनका पुत्रलाई वैकल्पिक पार्टीले सहयोग गरेको हो पनि भन्छन् । कतिपयले भने आफु किङमेकर हुँदाहुँदै पनि महत्वपूर्ण मन्त्रालय देखि रविलाई उनले सधैं्र चाहियो कि चाहियो भनेकै मन्त्रालय दिएर केपि ओली अर्थात एमालेले लगाएको गुनको बदलामा इलाममा आफु जानीबुझी पछि परेको हो पनि भनेका छन् । दलीय राजनीतिमा यी दुइवटै कुरा रास्वपाका कार्यकर्ताहरूका लागि ‘गोडामुती न्यानो’ मात्रै हो । रास्वपाले आफ्नो संगठन नभएकोले प्रत्येक भोटरसम्म पुग्न नसकेको भनेमा भने राजनीतिक भाषा हुनसक्छ । अरू त यस्तै त्यस्तै मात्रै हो ।
हाल देखिएको रास्वपा अब नेपाली राजनीतिमा नौलो पार्टी रहेन । यो पनि दुई दुई पटक टेस्टेड नै भैसक्यो । सत्ता गठबन्धनहरू अझै बन्ने भत्किने भए भने थप अरू टेस्टेड हुने नै छ । यहि कर्मचारीतन्त्र, यहि व्यवस्था, यहि संविधान, यहि कार्यशैली भित्र रहेर रास्वपाले कुनै नौलो गर्छ र नेपाली जनतामा वैकल्पिक शक्तिको आफ्नो पहिचान स्थापित गरेर आउँदो चुनावमा काँग्रेस एमालेलाई पछि पार्छ भन्ने छैन । ओथारो बसेका बुढाहरू आफ्नो भकारो भत्किने देखेमा फेरिपनि सबै तितामिठा कुरा थाँती राखेर सिण्डिकेड गर्छन् । त्यो सिण्डिकेडलाई भत्काउने चेतना र साहस अझै नेपाली भोटरहरूमा आएको देखिन्न । यसैले पनि नेपालमा वैकल्पिक भन्नेहरू पनि दुई चुम्बकको बीचमा झुण्डिएर रहन सक्दैनन् र एकातिर टाँसिन पुग्छन् । वैकल्पिकहरूमा प्रतिक्षाको धैर्यता छैन । नेपाली राजनीतिको राष्ट्रिय मार्गचित्र छैन । नोपली जनताले हजारौं बर्ष देखि मानि आएको, बोकेको धर्मसँँस्कृति, यहाँको परिवेश र नेपाली मौलिकताको पक्षमा न नीति छ न अडान छ । सत्ताबीना रहन नसक्ने वैकल्पिकहरू भनेका यो या त्यो रूपमा जाने भनेको सिण्डिकेड र भागबण्डा मै हो । यदि त्यसो नै हो भने भै रहेको भागबण्डाधारी च्याम्पिएनहरू छोडेर अर्को नयाँ खेलाडी नेपाली भोटरले किन रोज्ने ? इलामले दिएको सन्देश पनि यहि नै हो । यसैले नेपालमा वैकल्पिक भन्नेहरूले आफुलाई वास्तविक वैकल्पिक भनेर व्यवहारमा नै सिद्ध नगरेसम्म नेपालमा वैकलिपक राजनीतिको भविष्य उज्यालो देखिँदैन ।

Previous Post

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

Next Post

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

Next Post
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version