नेपाल बारमा आवद्ध कानून ब्यवसायी र अधिकारकर्मीले बाँकेको नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् । एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाही, बाँके जिल्ला बारका अध्यक्ष महेर सिंह खत्री र अधिवक्ता बिरेन्द्र बहादुर बस्नेत संयुक्त रूपमा भ्रमण गरि बालसुधार गृह र कारागारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।
अनुगमनका क्रममा बालसुधार गृह नौवस्तामा हाल १ सय ५ जना बालबन्दी रहेकोमा सुधार गृहको सि ब्ल्कमा २१ जना र ए ब्लकमा ८४ जना कानूनको बिवादमा रहेका बालकहरूलाई राखिएको पाइएको अधिवक्ता समेत रहेका वसन्त गौतमले जानकारी दिए । मिति २०८० पुष १३ देखि १५ सम्म बालसुधार गृहमा आन्तरिक झडप र कुटपिटको घटना पश्चात २१ जनालाई अलग्गै राखिएको छ ।
कारागार कार्यालय संचालनमा आए पछि पुन उनीहरूसंगै राखिने कुराले छुटै राखिएका बालबन्दी बिगतको घटना दोहोरीने र मारपिट हुन सक्ने त्रासमा रहेको पाइएको नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर शाहीले जानकारी दिए । छुटै राखिएका २१ बालबन्दीले अधिकारकर्मी समक्ष आफुहरूलाई पहिले झगडा परेका अर्को ब्लकमा रहेका बालबन्दीसंगै मिसाउनबाट रोक्न अनुरोध गरेको जानकारी दिए । बालबन्दीले अधिकारकर्मी समक्ष भनेका थिर्ए बरु हामीलाई कारागार वा अन्य बालसुधार गृह पठाईयोस बिवाद भएको पुरानो ब्लकमा नपठाइयोस हामीलाई ज्यानको खतरा छ’ ।
बारका पदाधिकारी र अधिकारकर्मीको टोलीले बालसुधार गृहको पछिल्लो अवस्थाका बारेमा सुधार गृह प्रमुख श्याम बहादुर रानासंग छलफल गरेको थियो । यस क्रममा सुधार गृह प्रमुख रानाले बालसुधार गृह नौवस्तामा भएको घटनाका सम्बन्धमा चलाइएको कारागार ऐन अन्तरगतको मुद्दा फैसलामा भएको ढिलाईले उक्त मुद्दाको आरोपी केही बालबन्दी कारागार चलान भएको, आपसी झडप र कुटपिटका कारण छुट्टै राखिएका बालबन्दीलाई नौवस्तामा कारागार कार्यालय स्थापना भएसंगै पुनसंगै राख्ने कुराले त्रसित भएको, नेपालगन्ज मेडिकल कलेजले जिल्ला बालन्याय समन्वय समिति समक्ष गरेको सम्झौता बमोजिम सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य उपचार गरेको नपाइएको, बालसुधार गृह नौवस्ता स्थापना कालदेखि मनोविमर्शकर्ता र मनोचिकित्सकको ब्यवस्था हुन नसकेको, बालबन्दीका लागी सिपमूलक, ज्ञानबद्र्धक सुधार र शिक्षाका कार्यक्रमहरू संचालन हुन नसकेको बारेमा जानकारी गराएका थिए ।
अनुगमनका क्रममा कारागार कार्यालय र बालसुधार गृहको कार्यालय भवन अलग अलग हुनु पनेर्मा संगै एउटै भवनमा संचालन भएको पाईएको अधिकारकर्मीले बताए ।
कारागार कार्यालय नौबस्ताको अनुगमन ः यसै गरि बारपदाधिकारी र एडभोकेसी फोरमको टोलीले हालै संचालनमा आएको कारागार कार्यालय नौवस्ता बाँकेको भ्रमण गरि संचालन अवस्थाका बारेमा जानकारी लिएका छन् । हाल कारागार कार्यालय नौवस्तामा हाल १३३ जना कैदीबन्दीलाई राखिएको छ । उक्त कारागारमा हाल कैदी १०५ जना बन्दी २५ जना रहेका छन् । कारागार संचालनमा आए संगै त्यहाँ बर्दियाबाट ३ जना र बाँकेको नेपालगन्ज स्थित कारगारबाट १३० जना ल्याइएको थियो ।