For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

नेपालको शिक्षामा मौलिकता हराएपछि…..

byDainik Nepalgunj
July 5, 2024
in विचार
0 0
0
नेपालको शिक्षामा मौलिकता हराएपछि…..
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हरेक देशका आफ्नै मौलिकताहरु हुन्छन् । धर्म साँस्कृतिको मौलिकता हुन्छ, भाषिक मौलिकता हुन्छ, समाजिक मूल्य र मान्यताको मौलिकता हुन्छ, भूगोलको मौलिकता हुन्छ, इतिहासको मौलिकता हुन्छ । जनसंख्या र यसको बसोबासको मौलिकता हुन्छ, विकासको मौलिकता हुन्छ । यी र यस्तै मौलिकताले नै त्यो देशको पहिचान बन्ने गर्छ । यसैका आधारमा त्यो देशको वास्तविक अस्मिता कसरी बच्न सक्छ भन्ने नीति बन्ने गर्छ । यसका साथसाथै विज्ञान र प्रविधिमा आएको परिवर्तनले आफ्नो देश सापेक्षतामा के कस्तो असर पार्दछ र यसको प्रयोग देशको सापेक्षतामा कसरी गर्ने भन्ने आधारमा त्यो देशको शिक्षा नीति, कृषि नीति कस्तो हुने, समाज विकासको आधार कस्तो बनाउने र कस्तो जनशक्ति तयार गर्ने भन्ने निक्र्यौल गरिन्छ । यसैका आधारमा नै पाठ्क्रम तयार गरिन्छ । शिक्षालयहरु खडा गरिन्छ । यो नै संसारका अधिकाशं मुलुकमा चलेको प्रचलन हो । तर बिडम्बना नै भन्नु पर्छ नेपालमा यी कुराहरुमा कतै नै कतै केहि नमिलेको हो कि भन्नेमा नेपाल पछिल्लो तीन दशकमा यसको अपवाद भएको छ । यहाँ यो कुरा विद्यालय शिक्षामा आएको नैराश्यताले मात्रै प्रकट गरेको छैन उच्च शिक्षा हासिल गरेकाहरु समेत असक्षम हुने र बेरोजगार हुने अवस्थाले थप पुष्टि गर्दै गएको छ ।

नेपालले २०७६ सालमा राष्ट्रिय शिक्षा नीति जारी गरेर शिक्षाका केहि राष्ट्रिय उद्देश्यहरु तय गर्यो । यी उद्देश्यको शुरुमा नै भनिएको छ ‘बालबालिकाको सर्वांङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय प्रभावकारी बनाउनु’ यसका साथै अगाडी भनिएको छ ‘गुणस्तरीय माध्यामिक शिक्षामा सबैको निशुल्क पहुँच सुनिश्चित गर्दै सृजनशीलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचार गुण सहितको प्रतिष्पर्धी, शीपयुक्त एंव उत्पादनशील जनशक्ति तयार गर्ने’ ।

सुन्दा र पढ्दा निकै कर्णप्रिय लाग्ने र कार्यान्वयन भएमा राम्रै हुने शिक्षाको उद्देश्यका यी वाक्यले कसैलाई पनि नेपालको शिक्षाको स्तर खराब हुनसक्छ भन्ने लाग्दैन । तर नेपालको शिक्षाको सिकाइ उपलब्धीको कसी मानिएको (कक्षा १०) माध्यामिक शिक्षा परीक्षाको नतिजा आउँदा भने यो उद्देश्यलाई कतै न कतै गिज्याइरहेको जस्तो लाग्छ । यसो भन्दै गर्दा केहिले भर्खर पाँच बर्ष भएको छ यसमा सुुधार कै लागि गरिएको पहलमा यस्तो परिणाम देखिन गएको हो भनेर अलाप पनि गरिसकेका छन् ।

यहाँ विचारणीय कुरा के छ भने बालबालिकाको सर्वांङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय प्रभावकारी बनाउने भन्ने कुरालाई कसरी मापन गर्ने ? के गाउँ गाउँमा च्याउ उम्रेभन्दा पनि बढि मन्टेश्वरी भन्दै मनपरी शुल्क लिन खोलिएका नीजि ‘मनि मेकिङ दोकान’ हरुमा डेढ दुई बर्षका बालबालिकाहरुलाई जम्मा पार्न दिइएको छूटलाई बालबालिकाको सर्वांङ्गीण विकास भन्ने ? अनि सरकारी विद्यालयका प्रारम्भिक बालविकासहरुमा आसेपासेको नियुक्ति गरेर बीना बालबालिका नै राज्यकोषबाट तलब भर्ने अवस्थाको सृजना गरेर बालबालिकाको सर्वांङ्गीण विकास भएको मान्ने ? मिथ्याङ्क तयार गरेर के बालबालिकाको सर्वांङ्गीण विकास हुने हो र ?

अर्को कुरा गुणस्तरीय माध्यामिक शिक्षामा सबैको निशुल्क पहुँच सुनिश्चित गर्दै सृजनशीलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचार गुण सहितको प्रतिष्पर्धी, शीपयुक्त एंव उत्पादनशील जनशक्ति तयार गर्ने भन्ने कुरालाई सरकारले राज्यकोषबाट खर्च गरेर चलाएका विद्यालयहरुले नै मजाक बनाएका छन् । उनीहरुले निशुल्क भन्ने कुरालाई मानेका छैनन् । देशैभरिका नमूना भनिने विद्यालयहरुले हाकाहाकी शुल्क उठाउँछन् । बिभिन्न बहानामा कतै अँग्रेजी माध्यमको रुपमा त कतै सहयोग आदिको नाउँमा उठाउने शुल्कलाई न ती विद्यालयहरु शुल्क उठाएको मान्छन् न यो राज्य शुल्क उठाएको मान्न तयार छ । मान्दैन । तर यो त ‘बा को खल्तीबाट मैले पैसा झिकेको छैन यो त आमाले पो दिनु भएको हो ’ भने झैं हो । कमाउने बा छ उसले दिओस् कि आमाले । दिने त बा कै कमाइ हो नि । यसरी निशुल्क शिक्षा भनेर राष्ट्रिय उद्देश्यलाई आफै कानून मिचेर तेजोबध गरिएको छ ।

जहाँसम्म सकारात्मक चिन्तन र सदाचार गुण सहितको प्रतिष्पर्धी, शीपयुक्त एंव उत्पादनशील जनशक्ति तयार गर्ने भन्ने कुरा हो त्यसमा सरकारी उद्देश्यको नियतमा नै या त खोट छ या आफै दिग्भ्रमित रहेको छ । यहाँ सकारात्मक चिन्तनको अवस्था कहाँ देखिन्छ ? यहाँ त बालबालिकालाई आफ्नो परिचय लुकाउन सिकाइन्छ । फादर (बा) बनेको चर्चको पादरी हो, ईश्वर भनेको ईशु हो, पहाडे को विपरितार्थ शब्द मधेशी हुन्छ, हिन्दुको विपरितार्थी धर्म इस्लाम हो, नाक चुच्चेको विपरितार्थ नाक थेप्चे हो भन्ने आसय र समाजिक परिवेशको शिक्षाले बालबालिकले कसरी सकारात्मक शिक्षा प्राप्त गर्छन् ? नेपाली गरीब र अशिक्षित छन्, यहाँका मानिसहरुले खान जानेका छैनन्, हात धुन जानेका छैनन्, खेती गर्न जानेका छैनन्, यहाँ कुनै उत्पादन नै छैन, यहाँका मानिसहरु रुढिबादी छन् । नेपाली मौलिक धर्म सँस्कृति रुढिवादमा आधारित छ । गाउँलेहरु गवार हुन्छन् । अर्धनग्न लुगा लगाउनु, आफ्नो नातापाता, सम्बन्ध बिर्सेर नाता सम्बन्ध अंकल अन्टी मम ड्याड, सिस् र ब्रो मा सीमित गर्नुलाई सभ्य भएको भाष्य निर्माण गरिएको छ । नेपाली भाषा पढ्नु पढाउनु बोल्नुलाई सामन्तको भाषा भन्दै पाखण्डी र अविकसित असभ्यले बोल्ने भाषा भन्ने भाष्य निर्माण गर्नुले के बालबालिकमा सकारात्मकता आउँछ त ? आफ्नोलाई गाली गरेर अर्काको राम्रो भन्ने र अँग्रेजी फोबियाले सकारात्मकता आउँछ त ? तीज, जन्माष्टमी, दशैं तिहार, माघी, होली, र नेपाली मात्रको नयाँ बर्ष जस्ता चाड पर्वलाई वाहियात काम नलाग्ने खर्चिलो भन्दै पलास्टिकको क्रिस्मस ट्री, सान्टाक्लज कपडा, चुच्चे झिलझिले टोपी लगाउनुलाई सभ्य भएको भाष्य निर्माण गर्ने गराउने विद्यालय शिक्षाले कस्तो सकारात्मकता जन्माउने हो ? के यसले राष्ट्रिय उद्देश्य समेटेको छ या उद्देश्य र यसको कार्यान्वयन या नियत नै खोट छ ?

बाआमालाई सम्बोधन गर्दा डियर फादर डियर मदर भन्न सिकाउने र आफ्नो भेषभुषा लगाउँदा पाखे भइने भावना बाँडेर कस्तो सकारात्मक र सदाचारयुक्त बालबालिकाको आशा राखिएको हो ? कहिँ कतै यसको व्याख्या र प्रष्टिकरण छैन ।

भनिन्छ नि कुनैपनि देशलाई बर्बाद गर्नु छ, त्यो देशका नागरिकलाई गुलाम बनाउनु छ भने त्यस देशको शिक्षामा आक्रमण गरे पुग्छ । त्यो देशको सँस्कृति र मौलिकता मासे पुग्छ । अँग्रेजहरुले यहि हतियार प्रयोग गरेर मेकालेको शिक्षा पद्धति ल्याए । यो उनीहरुले जहाँ जहाँ यसलाई कार्यान्वयन गर्नु छ त्यहाँ आफ्ना दलालहरु त्यार गरे । उनीहरुबाट उनकै भाषा सँस्कृतिलाई गाली गर्न लगाए । त्यस्तालाई उनीहरुले खडा गरेका संस्थाबाट पुरस्कार र सम्मान दिएर ठूलो मान्छे बनाइदिए । आइकोन बनाइएको त्यो ठूलो मान्छलाई त्यहाँका जनताले विश्वास गर्ने वातावरण बनाएपछि त्यहाँको भाषा सँस्कृतिमाथि वैद्यानिक आक्रमण गर्न सजिलो भयो । यो क्रम प्रविधिको विकाससँगै सञ्चार जगत, चलचित्र, खानपीन, भेषभुषा, कृषि सबैतिर गयो । उपभोक्तावादको चरम विकास र उदारिकरणको भुँवरीमा देशको अर्थतन्त्रलाई हुलेर त्यहाँका जनतामा पैसाको भोक बढाइयो । पैसाका लागि जेपनि गर्ने, आफ्नै आमाको अस्मिता बिकेको टुलुटुलु हेर्ने जमात खडा गरेर नेपालजस्ता देशको भाषा धर्म सँस्कृति मौलिकता मास्न सजिलो भयो । नेपालमा पनि आजपर्यन्त यहि नै भैरहेको छ ।

वर्तमान नेपालका विद्यालयस्तरका बालबालिका भनेका उपरोक्त बिषघुलनको वातावरणमा हुर्केका छन् । पत्रु खाना खाएर, होटल सँस्कृतिमा रमाएर, प्रविधिको दुरुपयोग गरेर आधुनिकताको गर्व गर्ने वातावरणमा पालिए पोषिएका बालबालिकाको मनमस्तिष्कमा न नीति नैतिकताको छाप छ न समाजिक मूल्य मान्यताको डर छ । जब बच्चा पद्धति भन्दा बाहिर जान्छ त्यहाँ शैक्षिक अराजकता निश्चित हुन्छ नै । आफ्नो पद्धतिबद्ध तरिकाले मानसिक विकास गरेर समाजमा उत्कृष्ट हुने भन्दा पनि जसरी पनि जुन तरिकाले पनि अगाडी जानुपर्ने सिकाइले सबै बालबालिकाको सर्वांङ्गीण विकास कसरी हुन्छ ?

यो बर्षको माध्यामिक शिक्षा परीक्षाको नजिता पछि केहि कुराहरु खुबै भाइरल भए । ५२ प्रतिशत बढि फेल भए । नीजि विद्यालयलका धेरै पास भए । गुरुकुलका धेरै एप्लस आए । सरकारी शिक्षकहरु तलब बढाउन आन्दोलन गरेर काठमाण्डौका सडकमा सुतेका कारण सरकारी विद्यालयका विद्यार्थी धेरै फेल भए । पचास हजार तलब र १५–२० हजार तलबको कुरा पनि आएका छन् । यी सबै भायरल बनाइएका कुराहरु तथ्य भन्दा पनि सस्तो सजिलो संजालिक मनोरञ्जन मात्रै हुन ।

नेपालमा यति धेरै विद्यार्थी फेल भएको यो बर्ष मात्रै होइन । यसभन्दा अगाडीका बर्षहरुमा पनि संवत २०६२ देखि २०६८ बीचका बर्षहरुमा बाहेक पछिल्लो झण्डै तीन दशकमा पचास प्रतिशत बढि विद्यार्थी पास भएका छैनन् । त्यो २०६२–६८ र कोरोनाकालको समयलाई परीक्षाको रुपमा लिनुभन्दा नलिनु नै ठिक हुन्छ । यो सबैलाई थाह छ ।

शिक्षकले आन्दोलन गरेको भन्ने कुरा यो देशमा २०३६ सालदेखि आजसम्म शिक्षकले आन्दोलन नगरेको बर्ष कुन छ ? तर सबै आन्दोलन तलबको लागि नै थिएनन् । यो देशको सत्तामा आजका हजारौं राजाहरु स्थापित गराउन यदि कसैको मुख्य योगदान छ भने त्यो शिक्षकको नै छ । अहिले भाइरल गराइएको आन्दोलन तलबभन्दा संघीयताको रसापान गर्न थियो । यसले मात्रै विद्यार्थीको रिजलट बिग्रेको भन्ने कुरा अलि अमिल्दो छ ।

जहाँसम्म नीजि विद्यालयले राम्रो रिजल्ट ल्याए । त्यहाँका शिक्षकले थोरै तलबमा पनि राम्रो गरे भन्ने कुरामा आशिक सत्यता छ । नीजि विद्यालयका कम अंक ल्याउने बालबालिकहरु अधिकाशं नेपाली विषय या नेपाली माध्यमको समाजिक विषयमा रहेका छन् । यो भनेको नीजि विद्यालयले धेरै राम्रो गरेका छन् भन्ने होइन । आफ्नो भाषा मास्नमा यदि कसैको ठूलो योगदान छ भने नीजि विद्यालयको पनि छ । अभिभावकहरुमा अँग्रेजी प्रतिको प्रेम र सरकारीमा अँग्रजी फोयिबा बनाएर चलेको नीजि विद्यालयको खतिउपति विस्तारै खस्किँदै छ । नीजि विद्यालयले नेपालको सापेक्षतामा कुनै त्यस्तो चमत्कारी जनशक्ति उत्पादन गरेको भन्ने उदाहरण सुनिएको छैन । एकलकाँट,े आफ्नोपन नै नचिन्ने, नाता कुटुम्ब नजान्ने, नेपाली भाषाप्रति घृणा गर्ने, आफ्नो देशको इतिहास भूगोल र आफ्नो देश नै बुझ्न अनिच्छुक विद्यार्थीहरु जतिसुकै धेरै पास भएपनि त्यसलाई सकारात्मक मान्न सक्दै सकिन्न । आज सबैभन्दा बढि पलायन हुने जनशक्ति नै नीजि विद्यालय र सरकारीका नमूना विद्यालयका उत्पादन छन् । यो तथ्याङ्क कहिल्यै बाहिर ल्याइँदैन । आफ्नो देशको सापेक्ष जनशक्ति उत्पादन नगर्ने विद्यालयको रिजल्ट हेरेर आम नेपाली दङ्ग पर्नु बुद्धिमतापूर्ण कुरा होइन ।

जहाँसम्म गुरुकुलका विद्यार्थीको रिजल्टको कुरा हो त्यसमा सत्यता यसकारण छ कि संस्कृतको अध्ययनले बालबालिकामा भाषा, व्याकरण, नैतिकता, अनुशासन, धर्मसँस्कृति प्रतिको सम्मान र संरक्षण मौलिकताको रक्षा मात्रै हुँदैन विद्यार्थीको व्यक्तिगत जीवनमा पनि एकाग्रता, धैर्यता ल्याउँछ । विभिन्न खोजहरुले त्यस्ता विद्यार्थीहरुको मस्तिष्कको विकास सर्वांङ्गीण हुने गर्छ भनेकोले पनि यो परिणामलाई अनौठो नमानेर सत्य मान्न सकिन्छ ।

नेपालको शिक्षामा देखिएको छाडापनको नियन्त्रण, नेपाल सापेक्षताको विकास, मौलिकतालाई सर्वोपरि नबनाएसम्म यहाँको शिक्षाको स्तर र अवस्थामा खासै सुधार हुनेवाला छैन । अंकमा देखिएको परिणामले मात्रै शिक्षाको राष्ट्रिय उद्देश्य पुरा गर्दैन । राष्ट्रको लागि आवश्यक जनशक्तिको उत्पादन बीनाको परिणाम जतिसुकै प्रतिशत आएपनि त्यसको कुनै अर्थ हुँदैन ।

Previous Post

आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

Next Post

कोहलपुरमा आजदेखि वृक्षारोपण अभियान सुरु

Next Post
कोहलपुरमा आजदेखि वृक्षारोपण अभियान सुरु

कोहलपुरमा आजदेखि वृक्षारोपण अभियान सुरु

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version