For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज मुख्य समाचार

मसानघाटको चिन्ता –जिन्दगी केहि पनि रहेन छ !

byDainik Nepalgunj
November 15, 2024
in मुख्य समाचार, विचार
217 0
0
मसानघाटको चिन्ता –जिन्दगी केहि पनि रहेन छ !
Share on FacebookShare on Twitter

अहिले नेपालगन्जमा बैकुण्ठधाम नाम दिएर राप्ती नदिको किनारमा दाहसंस्कार गर्ने ठाउँ बनाउन समाजका अगुवाले आध्यात्मिक महोत्सव आयोजना गरेका छन् ।

यो संसारको सबै जीव मानिस पशुपंक्षी, किरा माकुरा, जलचर जन्मे पछि सबै मर्न पर्छ । यो कुरा सबैलाई थाहा छ । तरपनि, मानिस जीवन भरी दुई छाकको र शरीर ढाक्नको लागी दुनियाँ हत्कण्डा अपनाएर आफन्त साथी ईस्टमित्रको चित्त दुखाएर लडेर बाझेर ठगेर सम्पत्ति आर्जन गर्छ । जीवनको उत्तरार्धमा न सम्पत्ति भोग्न सक्छ न प्रयोग नै गर्छ । शरीर भरी रोगको घर लिएर आखिर सम्पूर्ण सम्पत्ति अनि छाडेर जान्छ ।

एकदिन त जाने हो संसार छाडेर

पिंजडा तोडेर संसार छोडेर !

दाजु दिदी पढ्न बाहिर बस्ने घरको ठुलो मै थिएँ, एसएलसी दिएर फुर्सदको बेला थियो । गाउँमा कोही परलोक गए मलामी जाने चलन थियो । मलामी जान गाउँमा केटाकेटी महिला डराउने भएर जान दिदैन थे । टाढा खोलामा बोकेर लाने यातायात पनि न हँुदा प्रायःमलामी युवा अधबैसेहरु हुन्थे । त्यसपछिका दिनमा मलामी जाँदाको थुप्रै कुराहरु सम्झना छ ।

मलामी न ०१ .

हाम्रो पहाड घर पारी मूल बाटोमा खडा बुङ्चे दर्जीको घर छ । हाम्रो मामा गाउँबाट बसाई सरेर आएकाले हामी मामा भन्थ्यौं । माइती गाउँबाट आएको हुनाले आमाले पनि माया गर्नु हुन्थ्यो । मसिनको जमाना न हुँदा उसको बुवाले हाम्रो हजुरबुबाको हातले नै दोहोरो बिट बनाएर दौरा सिउँथे रे आमाले सुनाउनु हुन्थ्यो । उ बेला युवा माझ खेतको घानको काम सकेपछि मनोरञ्जनको लागी हाइजम्प, ढुङ्गा फाल्ने प्रतिष्पर्धा हुन्थ्यो । मामा केटाकेटी नै रहेछन् कसैले उक्साएको भरमा न्वारान देखिको बल निकालेर स्वास रोकेर २२ हात पर हाम फालेछन् । जागे कमजोर सिलाई परेछ । मामाको कट्टुको ईजार चुट्टिएर नाङ्गै । खडा खडा नाङ्गै भएकाले त्यस दिन उप्रान्त उनको नाम खडा बुङ्चे नाम रह्यो । सुधुर पश्चिमको पहाडमा भन्दा पूर्व पहाडमा दलितको अलि इज्जत हुने रहेछ उ बेला त्यही भएर नागरिकतामा पनि मन बहादुर दर्जी लेखि दिए छन् । सुधुर पश्चिममा भए मने दमाई लेख्थे होला । क्षेत्रीहरुले साइनो लगाएर बोल्ने त कुरै भएन । पूर्वमा हामी मामा नै भन्थ्यौं ।

राई गाउँमा हुर्दिएको दर्जी पुर्खाको पेसा सिलाउले र बाजा बजाउने दुबै जानेको । खुकुरी सधै भिर्ने । रक्सी खाने । विवाह मेलामा झगडा गर्ने उनको बानी नै थियो । तीन भाई छोरालाई गाउँ भरीको गोठाला राखेका उनी आफु बालीमा लुगा सिलाउने । माइजु उनको हेल्पर । रक्सी खाएर झगडा नगरेको दिन हँुदैनथ्यो । गाउँका डन थिए । उनले लुगा न सिलाईदिए चाडबाड नै खल्लो । त्यसैले कसैले केहि नगर्ने ।

एक दिन आफ्नै घरमा आगो लगाए । गाउँले आएर निभाए । फेरि सबैले सहयोग गरेर घर बनाइदिए । जीवनको उत्तारार्धमा मागेर खाए । दैनिक झगडा गर्ने । एक दिने बिते । अरुण नदीमा दाहसंस्कार गर्ने कुरा भो । लाश बिसाउन हुँदैन भन्ने चलन छ कुदाएर खोला पुर्याउनु पर्ने । जसोतसो खोला पुर्याए । दाउरा खोजे जलाए । अब शुरु भो खडा बुङ्चेको कथा । उसले २२ हात हाम फालेको देखि उसको खुकुरीको कथा । छुरी न भेट्दा उ आफ्नै खुकुरीले छोराको कपाल खौरेको । खादबारी बाह«बिसे एकादशीमा खुकुरी झिकेर फौदारी गरेको सबै कहानी सुनाउन थाले । मुख छुचो भए पनि गाउँको लुगा सिलाउने अभाब टारेको थियो । बाजा बजाई दिन्थ्यो । बुढापाकाको चिन्ता थियो, अब कसले गर्छ छोरा साना छन् ।

मलामी –०२

म स्कूलमा जुनियर रेडक्रसको अध्यक्ष थिएँ । हामीसँग बिरामी बोक्न स्टेचर बनाएको थियौं । एक दिन स्टेचर माग्न आए बसन्तको आमा बिमारी काठमाडौ लाने रे ! एयरपोर्टसम्म लैजान स्टेचर चाहिएको रहेछ । रेडक्रसकर्मीको नाताले हामी बिद्यार्थी पनि गयांै । घरबाट एयरपोर्टसम्म स्टेचरमा ल्यायौ । एयरपोर्ट नजिकको कटहरको बोट मुनी सितलमा राखेको थियो । उ बेला तत्कालिन शाही नेपाल बायु सेवा निगम प्लेन चल्ने समयमा आएन । उहाँलाई म भाउजू भन्थे त्यही कटहरको रुख मुनि प्राण गयो । माल्दाई पश्चिम तिर भोजपुरको देउराली तिर फर्केर लामो स्वास तानेर मन बलियो बनाए । बिष्णु बहादुर बडा बा बुहारी को बियोगमा ! रोए । छोराछोरी आफन्त बैध गाउँका सबै रोए । साना छोराछोरी छोडेर भाउजु परलोक गैइन ।

‘गाई आज कसले लग्यो नि बाच्छा छुटाई कन

पोथी पासो परी मरिछ नि बच्चा नहुर्काई कन’

राष्ट्रकवि माधव प्रसाद घिमिरेको गौरी शोक काब्यको यो श्लोक मेरो मानस पटलमा घुमिरह्यो ।

तामाङ परम्परा अनुसार, डाडामा लगेर जलाई अर्को दिन दाहसंस्कार भो । उहाँहरुको अरुपनि परिवारका सदस्यको त्यहाँ माने बनाउने चलन हुँदो रहेछ ।

मलामी –०३

त्यो बेला म महेन्द्र मोरङ क्याम्पसमा आईकम पढ्दै थिएँ । हाम्रो छिमेकमा अच्यूत रिजाल दाजुको घर थियो । हामी सबै अल्लारे थियांै । हाम्रो अभिभावक उहाँ नै हुनु हुन्थ्यो । हाम्रोमा नहकुल दाजुको बिबाह गर्ने भनेर सबै आफन्त भेला भएका थियांै । हप्ता दिनपछि बिबाह थियो ।

दाई काम विशेषले झापा जानु भएको रहेछ, फर्कंदा राती ९ बजे तिर टन्कीसुनुवारीमा रोकेर राखेको ट्याङ्करमा बाइक ठोकेर दाई बित्नु भो । १८ बर्ष पछि दाईको छोरा भएको थियो । बाबु बर्ष दिन न पुग्दै दाई बित्नु भो । म कलेजबाट फर्कदा घर भरी मान्छेको रुवाबासी । अगाडी चौरमा सेनाको ठुलो ट्रक रोकेर राखेको आर्मीहरु उभिएका थिए । दाईको साला सरोज खनाल दाई झापा चार आलीमा तत्कालीन शाही नेपाली सेनाको मेजर हुनुहुन्थ्यो । खबर पाउनासाथ सेनाको दलबल सहित आउनु भएछ । कोशी अस्पतालमा पोष्टमार्टम पछि शव घर ल्याइयो । सप्तकोशी चतरा लैजाने कुरा भो । मेजर सालाले भिनाजुको शवमा दागबत्ती पोले । सबैले उहाँको हिम्मतको प्रशंसा गरे । सानैमा बुवा बितेका सबै भाईलाई उहाँले नै अभिभावकत्व दिनु भएको थियो । सरकारी ओभरसियरको जागिर कर्मचारी आन्दोलन गर्ने हुंदा गिरिजाप्रसाद कोइरालाको पहिलो सरकार २०५० सालमा निलम्बन गरिदिएको थियो । त्यस पछिका दिन ठेक्कापट्टा गर्नु हुन्थ्यो । जीवनमा कहिल्यौ न बिर्सने गरि रिजाल दाजु बित्नु भो । रिजाल परिवारमा बज्रपात पर्यो । छिमेकाको नाताले हामीलाई पनि उहाँको अनुपस्थिति सधै कमी महशुस भो । एउटा असल दाजु छिमेकी अभिभावक गुमाउनुको दुख अहिले पनि बिराटनगर पुग्दा महशुस हुन्छ । दाजु बितेपछि बिराटनगर छोड्नु भएकी भाउजु ५÷७ बर्षमा हर्ट अट्याक भएर बित्नु भो । संयोग म काठमाडौ मै थिएँ । थाहा पाउनासाथ फुपुको छोरा पदम बुढाथोकीसहित आर्यघाट पुगें । भाउजुको शरीर जलिसकेको थियो । मेरो पूर्र्वजन्मको उहाँहरुसंगको सामिप्यता होला दुबै जनाको मलामी बनें ।

मलामी –०४

कहिलेकाहीँ जीवनमा न सोचेको कुरा हुन्छ । भाग्य जसले लेख्यो उसले मात्र जान्दछन् । नियति जसले भोग्छ उसैलाई थाहा हुन्छ । वैदेशिक यात्रा असफल भएपछि म पुनः नेपालगन्ज आएँ । केहि असन्तुष्टि केहि भाग्यबाद केहि आफ्नै कमजोरीले गर्दा जागीरको सेकेन्ड ईनिङ शुरु भो । बेलायत बस्ने काका हजुरबुबाको सन्तान हरी दाईलाई क्यान्सर भो भन्ने कुरा बर्षदिन अघि नै थाहा थियो । जर्मन नागरिक बेलायतमा एरोनोटिकल ईन्जिनियर आर्थिक रुपले सम्पन्न उहाँलाई उपचारमा कुनै कसर बाँकी थिएन । जीवनको अन्तिम अबस्थामा मानिसले आफ्नै घर आँगन खोज्दो रहेछ । बिचारले कम्युनिष्ट उहाँ खासै धर्ममा रुची नराख्ने । तर उहाँको अन्तिम ईच्छा चाहिं अस्तु गङ्गामा बगाउने रहेछ ।

सानामा आमा बुवा समाजबाट सुनेको हुनु पर्छ । बाल मनःस्थितिमा अडिएको कुराले मान्छेलाई जीवन भर डोर्याउछ । गङामा अस्तु बगाए स्वर्ग गइन्छ भन्ने चेत बसेको थियो होला । अब बेलायती डाक्टरले ‘नो’ भनेपछि उहाँ आयुर्वेदिक औषधिको लागी राम देव कहाँ पुग्नु भएछ । जीर्ण भै सकेकोले उसले नि अन्तै जिम्मा लगाई दियो । लावण्यै आयुर्बेदिक औषधालय – लखनउ । अब उहाँको र मेरो कर्म यहाँ आएर जोडियो ।

सुदूरपूर्वमा जन्मेको म जागिरको लागी नेपालगन्ज आएँ । उहाँ पढाईको लागी जर्मनी बेलायत अनि जागिर बिहाबारी छोरा जन्माएर जीवनको रक्षा लागी अन्तिम स्वास लिन नेपालगन्जबाट १८० किमि मेरो नजिक भारतको लखनउ आउनु भो । उहाँ मलाई नै खोज्दै आए जस्तो भो । उहाँको जीवनको अन्तिम साथी म र भतिज प्रल्हाद बन्यांै । भाग्य कसले देखेको छ ? को मान्छे जिवनको कुन मोडमा काम लाग्छ । पूर्वबाट हस्पिटलमा साथ दिन कोही आउन नसक्ने नजिकको म उहाँको सेवामा खटिएँ । पूर्व जन्मको मेरो र उहाँको हिसाब केहि बाँकी थियो होला म निस्वार्थ उहाँको सेवामा लागी समर्पित भएँ ।

पेटको क्यान्सर दुखाई धेरै थियो । बालुवा भुटेर खुब सेकि दिन्थें म । कर गरेर खाना खुवाउँथे । कुनै बेला दुखाई कम भएको बेला तिमीले सारै माया गर्यौे मलाई । दाजु भाई यस्तो बेला काम आउँदो रहेछ भन्नु हुन्थ्यो । उहाँलाई क्यान्सरले गलाउँदै लगेछ । उहाँ बर्बराउने प्रायः पेशागत कुरा गर्ने । ईन्जिनियरिङ ईकोनमिक्स थाहा छैन भन्दै कसैलाई गाली गर्नु हुन्थ्यो । ट्याम्के पहाडको उचाइ यति प्लेन यो हाइटबाट ल्यान्ड गर्ने ।

कहिले घरका कुरा मरेका पुरानो परिवारको कुरा गर्न थाल्नु भो । हंस उढेर जान्छ भन्थे हो झै लाग्यो । एक रात उहाँले मलाई न छोड्नु पालो पालो गरे सुत भन्नु भो । माघको जाडो शितलहर खुबै परेको थियो । झन्डै १५ दिन जतिको अस्पतालको बसाई न सुत्ने न खाने कुनै समय मिलेको थिएन । रातको पहिलो १ बजे सम्म म बसें । उहाँ हअ हअ आईया मात्रा भन्नु हुन्थ्यो । त्यसपछि भतिज प्रल्हादलाई उठाएर म सुतें । के सुत्नु म निदाएँ । हामीले दुबै बेड जोडेको थियौ ताकी उहाँलाई नि भरोशा होस भनेर ।

भतिजको पालोमा २ बजे तिर उहाँले ‘भगवान मलाई लिन आए अब तिमी सुत’ भन्नु भएछ । महिना दिनको थकाई उ पनि निदायो । बिहानको ४ बजे म ब्यूझँदा चकमन्न बिना अवाज कोठामा एक प्रकारको सुन्यता थियो । भतिज दाईको साइड तिर थियो । मैले बोलाए बोल्नु भएन । भतिजलाई उठाउन भनें पलेटी कसेर घोप्टिनु भएको रहेछ । टाउको बाङिएर उठ्यो । तब डर लाग्यो । म डाक्टर बोलाउन गएँ । डाक्टरले मनिटर जोडेर हेर्यो । टिटटिट मनिटर एकोहोरो करायो । अब त कन्फर्म नै भो ।

हामीले परिवारमा जानकारी गरायौ । उहाँ जर्मन नागरिक भएको कारण नेपाल ल्याउन भिसाको समस्या हुने भो । दाह संस्कार उतै गरिने भो । लखनउको घाटमा नाताले भाई भएकाले मैले दाग बत्ती दिएँ । म उहाँ प्रति करुणा प्रेम र भारी मन लिएर नेपालगन्ज आएँ ।

मलामी –०५

बाँकेको खजुरा ‘सी’ गाउँमा कमल प्रधान भने पछि सबैले सम्मान गर्ने ब्याक्ति हुनुहुन्थ्यो । गोरो, मझौला कदको ,लामो सेतो दारी पालेको सेतै कुर्ता सुरुवाल लगाएर साइकल चडेर हिढ्ने भद्र पुरुष देखिनु हुन्थ्यो । खोटाङ खार्पाबाट सुनसरी झरेर बाँके खजुरा पुनर्बास कम्पनीमा जागीर खान आएको पोख्रेल कम्पनी म्यानेजरको बहिनी बिवाह गरेर यतै बस्नु भएछ ।

२०३६ सालमा सरकारले गाउँ फर्क अभियान चलाएको बेला गाबिसको प्रधानपन्च बनाई दिएको रहेछ । अलि पढेको बाहुनको छोरा राजा मनपराउनु हँुदोरहेछ । देशमा राजा बिरोधि बढिसकेको थिए । केही महिना अन्तरिम प्रधानपन्च चलाएपछि चुनाब भो प्रगतिशील भन्नेहरुले जिते । तर उहाँ कमल प्रधान भनेर अन्तिमसम्म चिनिनु भो । कालन्तरमा छोराछोरी जन्मे पढे बढे बिहादान भो । उहाँलाई नि बुढौलीले छोएको थियो । जीवनको उत्तरार्धमा कान्छा छोराले हेरचाह गरेकै थिए । पोख्रेलनी आमा लामो समय देखि पार्किन्सनको रोगी हुनु हुन्थ्यो । बा ! आमैको साहारा हुनु हुन्थ्यो । तर अचानक बा ! लाई ज्वरो आयो सन्चो भएन भन्ने सुनें । मेरो मित्र सतिश निरौलाको पारिवारिक सम्बन्ध भएको कारण मेरो त्यो घरसंग घनिष्ठता थियो । मामा ऋषि मेरो साँझ बिहानको बात मार्ने साथी हुनुहुन्थ्यो । कोरोनाको समय थियो । सबैले कोरोनानै शंका भो । बाको ज्वाई नाती दुबै डाक्टर । घरमै साधारण चेकजाँच भो । क्यान्सर अस्पताल खजुरा लैजाने कुरा भो । कोराना नै पुष्टि भएपछि नेपालगन्ज ल्याईयो । केहि दिनमा बा बित्त्नु भो ।

कोरोना कस्तो पापी जिन्दगी भरी धर्म गरेका पोख्रेल बा जीवनको अन्तमा सेतो ब्यागमा प्याक भएर कसैले मुख समेत देख्न न पाएर चितामा जल्नु भो । मलामी छुन न मान्ने । बाहुन पढ्न न मान्ने । कपाल काट्ने कोहि भएन । म भर्खर कोरोना भएर तंग्रिएको थिएँ । मैले नै डवल मास्क र भाइजर लगाएर कपाल काटी दिएँ ।

सारा सी गाउ बासी मलामी आए । राजबादी भए पनि कहिल्यै प्रगतिशीललाई नराम्रो गर्नु भएन भने र चर्चा गरे ।

मलामी–०६

काठमाडौ बत्तीसपुतलीका रैथाने गोपाल उपाध्याय जागीरको शिलशिलामा बाँके खजुरा आए छन् । सानैमा बा आमा बितेका एक्लो फकिर झै थिए । भएको सम्पत्ति भान्जालाई दिए छन् ।त्यसपछि झन् मन मौजी भएँ । आफु पुनर्बास कम्पनीको अमिनको जागिर खाएर बाँके नै बसे । बाहुनको छोरा जागिरे कम्पनीका हाकिमसंग म्यानेजरले आफ्नी भान्जी जोडा बाधी दिए । निधारमा जे लेखिएको तेहि भो । यतै बिबाह गरे बसे ।

मित्र किरण ढकालको आमा कोरोना कालबाट नै थलिदै आउनु भएको थियो । फोक्सोको समस्या भए पछी नेपालगन्ज देखि लखनउ मेदान्तासम्मका उपचार सबै असम्भव भए । आमालाई च्याप्यो भनेपछि साथी भाई सबै जम्मा भयौं । हस्पिटल लैजाने कि घर मैं अन्तिम श्वास फेर्न दिने बिषयमा छलफल भए । ‘प्रोसेस ह्यान्डिलिङ’ घर मै सजिलो भन्ने भए पछि अक्सिजन जोहो गर्न लागियो । रातीको १ बजे किरण सतिश निरौला र म भएर अक्सिजन सिलिन्डर ल्याइयो । अब रात भरी पुग्ने भो भनेको आमाले ४ बजे संसार छोड्नु भो । पुसको अन्तिम नेपालगन्जमा शितलहर शुरु भै सकेको थियो । बाहिर हिढ्न नसक्ने चिसो । दाउरा बास गाडी जोहो गर्न पर्यो । राप्तीको किनारमा शव जलाइयो । क्रिया पुत्री नै बेहोस होलान झै जाडो छ थियो । शितलहरसंंगै जुध्दै कस्टपूर्ण तरिकाबाट काजक्रिया सकियो ।

जीवनपछि मृत्यु अनिवार्य छ । सबै मानिस आफ्नो सम्मानित मृत्यु होस् भन्ने चाहान्छ । राम्रोसंग अन्त्येष्टि होस् अन्तिम यात्रामा गएका मलामीलाई खुवाउन पियाउन सकियोस् । आफन्तजनले राम्रोसंग काजक्रिया दान गरिदिए बैकुण्ठबास हुन्थ्यो भन्ने चाहान्छ । जीवनको उत्तरार्धमा बिना पीडा दुख यो शरीर पन्चतत्व मंै विलिन होस् भन्नको लागी दान धर्म गर्छ । बिडम्बना चाहे जस्तो हुन्छन । हिन्दुहरुको १६ संस्कार मध्ये मृत्यु संस्कार पनि एक हो । पुनर्जन्ममा बिश्वास गर्ने हिन्दुहरुको सबै कुरा बिधिसम्बत नै छ । त्यसैलेपनि बैकुण्ठधाम सिधनियाघाटको अभियानले सार्थकता पाउनु आवश्यक छ ।

‘नमो नारायण’

Previous Post

मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version