हाम्रो देश कृषि प्रधान देश हो जहाँ आधा भन्दा बढी जनसंख्या कृषिमै निर्भर छन् । तैपनि पारम्परिक कृषि सैलिमा सीमित भएकाले उत्पादनमा कमीका कारण किसानहरूको आयमा वृद्धिको चुनौती रहेको छ । यसै बीच च्याउ खेतीले हाम्रो देशमा कृषिमा नयाँ अयामको सुरुवात भएको छ । च्याउ खेतीले नेपालमा कृषि क्षेत्रलाई आधुनिक र सस्तो तरिकामा उत्पादनको सम्भावनाहरू विस्तार गरेको छ जसले किसानहरूको जीवनस्तर उकास्नको लागि नयाँ र सजिलो बाटो देखाएको छ ।
च्याउ खेतीले नेपालको कृषिमा विविधता र सजिलै समृद्धि ल्याउन सक्छ । यसको उच्च पोषण मूल्य कम लागतमा उत्पादन र बजारमा उच्च मागको कारण च्याउ खेतीलाई एक आकर्षक व्यवसायको रूपमा हेर्ने गरिन्छ । च्याउ खेती एउटा आर्थिक रूपमा लाभदायक र वातावरणमैत्री कृषि व्यवसाय पनि हो । यसमा न्यून पूँजी र सानो क्षेत्रफलमै उत्पादन गर्न सकिने भएकाले किसानहरूका लागि आकर्षक नौलो विकल्प बनिरहेको छ । च्याउले उच्च पोषण प्रदान गर्ने भएकाले यसको माग पनि लगातार बढिरहेको छ । यो खेती गर्नका लागि विशेष प्रविधि आवश्यक पर्छ जस्तै तापक्रम र आद्र्रता नियन्त्रण । जैविक फोहोरलाई पुन प्रयोग गरेर च्याउ उत्पादन गर्न सकिने भएकाले यसले वातावरण संरक्षणमा पनि योगदान पु¥याउँछ । नेपालमा खेती गरिने च्याउहरूमा कन्ने च्याउ, शिताके च्याउ, काठे च्याउ, जस्ताको व्यावसायिक खेती प्रचलित छ । जसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । च्याउमा भिटामिन, खनिज र फाइबर जस्ता महत्त्वपूर्ण पोषण तत्त्वहरूको उत्कृष्ट स्रोत प्रदान गर्दछ, जसले मानिसको स्वास्थ्यमा सुधार ल्याउँछ र दीर्घ रोगिहरूला निकै फाईदा पुराउछ । यसको पोषणले हड्डीको मजबूती पाचन प्रणालीलाई सुधार र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ ।
च्याउ उत्पादनल्र प्रक्रिया जैविक फोहोरको पुन प्रयोगमा आधारित छ । जसले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ । च्याउ खेतीको माध्यमबाट जैविक फोहोरको पुन उपयोग गर्ने प्रक्रियाले धर्तिको जैविक फोहोर कम गर्नेमा सहयोग गरेको छ । च्याउ खेतीको प्रक्रिया अन्य पारम्परिक खेतीहरूभन्दा निकै फरक हुन्छ । यसमा अनुकूल वातावरणको व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छ । च्याउ लगाउनका लागि सही तापमान र आद्र्रताको व्यवस्थापन गर्नु आवश्यक छ । च्याउको सही उत्पादनका लागि २५ देखि ३० डिग्री हुनु पर्छ । यो वातावरणीय अवस्थाहरूलाई नियमित रूपमा निगरानी गर्नु आवश्यक छ । च्याउ खेतीका लागि महत्त्वपूर्ण सामग्रीहरूमा जैविक फोहोर जस्तै पराल, मकैको डाँठ, गहुँको भुस आदि प्रयोग गरिन्छ । यी सबै सामग्रीलाई सफा गरी उमालेर सडाउनु पर्छ र त्यसपछि च्याउका बिँउ छर्नु पर्छ । च्याउ उगाउने स्थानको वातावरण अँध्यारो र स्वच्छ हुनु आवश्यक हुन्छ । यस समयमा च्याउको वृद्धि र गुणस्तरीयता सुनिश्चित गर्न नियमित हेरचाह आवश्यक पर्छ । च्याउ खेतीले आर्थिक लाभहरू धेरै लिन सकिन्छ । थोरै लगानीमा अधिक उत्पादन प्राप्त गर्न सकिन्छ । जसले गर्दा किसानहरूलाई राम्रो मुनाफा प्राप्त हुन्छ । उदाहरणका लागि, १०० किलो परालबाट २० देखि २५ किलो च्याउ उत्पादन गर्न सकिन्छ । बजारमा च्याउको मूल्य रु. २०० सम्म पर्छ, यदि ब्यबस्थित तरिकाले किसानले च्याउ लगाए भने छोटो समयमा निकै राम्रो आम्दानी गर्न सक्छ्न ।किसानले सानो ठाउमा पनि प्रतिमहिना ५०,००० देखि १ लाख रूपैयाँसम्म आम्दानी गर्न मद्दत पुर्याउँछ । च्याउ खेतीले गाउमा रोजगारीका अवसर पनि सिर्जना गर्न सक्छ । विशेष गरी घर बस्ने महिलाहरूको लागि यसले नयाँ आय आर्जनको स्रोत बनेको छ । च्याउ खेतीका लागि लाग्ने सीप र तालिमको माध्यमबाट यसले ग्रामीण भेगका समुदायमा समृद्धि र सामाजिक सशक्तिकरणको नयाँ बाटो पहल गरेको छ । च्याउ खेतीमा केही चुनौतीहरू पनि छन्, जस्तै रोग र कीराको समस्या, तापक्रम र आद्र्रताको असन्तुलन, र बजार व्यवस्थापनका चुनौतीहरू । यद्यपि, यी समस्याहरूलाई वैज्ञानिक विधिहरू र तालिमका माध्यमबाट समाधान गर्न सकिन्छ । सरकार र गैरसरकारी संस्थाहरू स्थानीय सरकारहरू ले च्याउ खेतीको प्रवद्र्धनका लागि तालिम कार्यक्रम र अनुदान योजनाहरू ल्याएका छन् ।
बजार व्यवस्थापनका लागि सहकारी संस्थाहरूको विकास र उत्पादनको गुणस्तरीयता कायम राख्न महत्त्वपूर्ण भुमिका रहेकोछ ।
नेपालमा च्याउ खेतीको भविष्य निकै राम्रो देखिएको छ । यसको सही विकास र प्रवद्र्धनले नेपालमा कृषिको आधुनिक युगको शुरुआत गर्न सक्छ । जसले आर्थिक सामाजिक र पर्यावरणीय लाभहरू ल्याउन मद्दत पुर्याउँछ । यदि यस क्षेत्रको पद्धतिहरूको पालन गरेर स्थानीय किसानहरूले यसलाई अपनाए भने च्याउ खेतीले नेपालको कृषि क्षेत्रलाई नयाँ आयाम दिन सक्छ र ग्रामीण भेगका मानिसहरूको आयस्तर तथा जीवनस्तर सुधार्नमा ठूलो योगदान पुर्याउँछ । कृषि नेपालको अर्थव्यवस्थाको एक
महत्वपूर्ण आधार हो, र च्याउ खेती यसको आधुनिक आयाम पनि हो । यस विधिले पारम्परिक खेती प्रणालीभन्दा धेरै फरक काम गर्दछ र थोरै लगानीमा उच्च आय दिने क्षमता राख्दछ । च्याउ खेतीले ग्रामीण भेगका किसानलाई आर्थिक रूपमा सबल बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पु¥याउँछ । विशेष रूपमा, यो खेती पद्धतिले सस्तो र छोटो समयमै उत्पादन प्राप्त गर्न सकिन्छ जसले गर्दा किसानहरूले बढी मुनाफा कमाउन सक्छन् । च्याउको माग विश्वभर वृद्धि भइरहेको छ, र यसको मुख्य कारण भनेको यसका स्वास्थ्य लाभ हो । च्याउले प्रोटिन, भिटामिन, र खनिजहरूको अत्यन्त राम्रो स्रोत मानिन्छ, जसले मानिसको शरीरको समग्र स्वास्थ्यमा सुधार ल्याउँछ । यसका पोषण तत्वले हड्डीको मजबूती, पाचन क्रिया सुधार, र रोग प्रतिकार क्षमता बढाउँछ । विशेषगरी च्याउको पोषणमा क्यालोरीको मात्रा कम, तर फाइबर र खनिजको मात्रा उच्च हुन्छ । च्याउमा पाइने एंटीअक्सिडेन्ट र फाइटोन्यूट्रिएन्टले शरीरको कोशिकालाई सुरक्षा प्रदान गर्दछ र विभिन्न रोगहरूको जोखिम कम गर्दछ ।
यसका अतिरिक्त च्याउको खेतीले पर्यावरणमा पनि सकारात्मक प्रभाव पार्दछ । च्याउ उत्पादनको प्रक्रिया जैविक फोहोरको पुन प्रयोग गर्नमा आधारित छ, जसले गर्दा यो प्रकृतिको संरक्षणमा पनि सहयोग पु¥याउँछ । यसले पृथ्वीमा हुने जैविक फोहोरलाई कम गर्दै यसको प्रभावकारी उपयोगिता सुनिश्चित गर्दछ । नेपालमा च्याउ खेतीको लोकप्रियता पछिल्लो केही वर्षमा तीव्र रूपमा बढेको छ । गाउँ–गाउँमा विभिन्न किसानहरू च्याउ खेतीतर्फ आकर्षित भएका छन् । यो विशेष गरी ग्रामीण भेगका साना किसानहरूको लागि एक ठूलो अवसर बनेको छ । च्याउ खेतीको प्रक्रिया अन्य खेतीभन्दा धेरै फरक हुन्छ । यसको प्रारम्भ उपयुक्त जातको छनोटबाट हुन्छ । नेपालमा च्याउ खेतीको लोकप्रियता पछिल्लो केही वर्षमा तीव्र रूपमा बढेको छ । गाउँ–गाउँमा विभिन्न किसानहरूले च्याउ खेतीलाई व्यावसायिक रूपमा लागि रहेका छन् । यो विशेष गरी ग्रामीण भेगका साना किसानहरूको लागि एक ठूलो अवसर भएको छ । च्याउ खेतीका विशेष पक्षहरू जस्तै सस्तो र छोटो समयमा उच्च उत्पादन प्राप्त गर्ने क्षमता र यो खेतीका लागि लगानी कम हुने भएकाले यो ब्यबसायले मानिसहरूलाई आकर्षक बनाउँछ । यस खेतीको बढ्दो लोकप्रियता र यसको फाइदाहरूले नेपालको कृषि क्षेत्रलाई एक नयाँ दिशा दिन सक्छ । यसले किसानहरूको आयस्तर सुधार्नका साथै वातावरणीय संरक्षणमा पनि योगदान पुर्याउँछ । यदि सरकारले र अन्य सम्बन्धित संस्थाहरूले यस क्षेत्रको प्रवद्र्धन र आवश्यक तालिम प्रदान गरे भने, च्याउ खेती नेपालका किसानहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्न सक्छ च्याउ खेती किसानको लागि समृद्धिको आधार बन्न सक्छ (लेखक छाना कृषि सहकारी सस्थाको अध्यक्ष हुनुहुन्छ )