For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

दण्ड होइन बाल मनोबिज्ञान बुझेर दिइनु पर्दछ शिक्षा

byDainik Nepalgunj
January 8, 2025
in विचार
0 0
0
दण्ड होइन बाल मनोबिज्ञान बुझेर दिइनु पर्दछ शिक्षा
Share on FacebookShare on Twitter

गृहकार्य नगरेको आरोपमा आँखै फुट्ने, अंगभंग हुने गरी कुट्ने, ट्वाइलेटमा थुन्ने लगायत विभिन्न स्वरूपमा मानसिक तथा शारीरिक रूपमा दण्ड दिने गरेको हामी बेलाबखतमा संचार माध्याममा सुन्ने गरेका छौ । यस्ता घटनाले बालबालिकालाई भयरहित वातावरण सिर्जना गरेर मात्र उनीहरूलाई सिकाउन सम्भव छ छैन भन्ने सवाल उब्जन्छ । सिकाइ पे्रम, सद्भाव र स्नेहमा प्रभावकारी बनाउन सकिन्छ । सुन्ने–सुनाउने प्रक्रियामा भय–त्रास सिर्जना गर्न सकिएला तर सिकाउनको लागि विद्यार्थीको मन र मस्तिष्कको गहिरो लगाव चाहिन्छ । त्यसको लागि तनावरहित वातावरण आवश्यक हुन्छ ।

जव बालबालिकालाई शारिरीक तथा मानसिक यातना दिईन्छ उनीहरूले कुटाई झगडा समाधानको स्वीकार्य माध्याम हो भन्ने बुझ्दछन् । जति बालबालिकालाई कुटिन्छ उनीहरूको बयस्क मानव प्रति इगो बढ्दै जान्छ । र जव उनीहरू अभिभावक हुन पुग्दछन् तव उनीहरू पनि यसलाई सिकाईको रूपमा लिई आफ्ना बालबच्चा र बिद्यार्थीलाई कुटपिट गर्न थाल्छन् ।

तत्कालीन समयमा विद्यार्थी बढी अनुशासित, लगनशील तथा संस्कारयुक्त हुुन्थे । आजभोलि अनुशासन र संस्कार सहितको शिक्षा भन्ने कुरा बोली, प्रचार, होडिङ बोर्ड र विज्ञापनमा बढी देखिन्छ तर वास्तविक जीवन÷व्यवहारमा कम हुँदै गइरहेको अनुभव भइरहेको छ । यसको कारण खोज्दै जादाँ भन्न सकिन्छ,आधुनिकताका नाममा हामीमा हुर्कदै गरेको बिकृती र अराजकता, अराजकता, शारिरीक दण्ड ।

सामान्य अर्थमा शारीरिक दण्ड भन्नाले शारीरिक शक्तिको प्रयोग र केही हदसम्म पीडा वा अप्ठेरो महसूस गरेको अवस्थालाई बुझिन्छ । दण्ड भन्ने बित्तिकै सामान्यतया शारीरिक दण्डको रूपमा बुझ्न्छि तर कानूनी हिसावले हेदा यो गैरकानूनी र अपराधिक कार्य हुन्छ ।

शारीरिक दण्डको प्रयोग विभिन्न ठाउँमा हुने गरेको छ, जसमा घरभित्र, विद्यालय र अन्य शैक्षिक संस्थामा, बाल हेरचाहका वैकल्पिक केन्द्रमा र न्यायिक प्रणालीमा पनि (प्रहरीले अभियुक्तलाई) । धेरैजसो शारीरिक दण्डमा हातको सहायताले वा कोर्रा, बाँसको लठ्ठी, पेटी, जुत्ता, काठको लठ्ठी र अन्य यस्तै साधनहरूको प्रयोग गरेर हिर्काउने (खासगरी गाला चड्काउने, थप्पड हान्ने, झपड लाउने, कान तान्ने, कपाल तान्ने,े) जस्ता क्रियाकलापहरू गर्ने गरेको पाइन्छ । त्यसैगरी हुत्याउने, बालबालिकालाई हल्लाउने वा फालिदिने, चिमोट्ने, टोक्ने, कपाल वा कान तान्ने, बालबालिकालाई अप्ठेरो हुने गरी राख्ने, जलाइदिने, बलपूर्वक तातो कुराले डाम्ने वा बालबालिकाको मुखमा साबुन दलिदिएर छोड्ने गरेको पाइन्छ । शारीरिक दण्डलाई भौतिक सजाय, मानसिक हिंसा र विभेद गरी वर्गीकरण गर्न सकिन्छ ।

शिक्षा केवल सर्टिफिकेट मात्र होईन यो त वास्तविक जीवन व्यवहार, जीवनशैली, भाषा, आचरण पनि हो ? सर्टिफिकेट लाइसेन्स मात्र हो तर सवारी साधन चलाउन सीप चाहिन्छ । तसर्थ जीवनलाई सफलतापूर्वक चलाउन र सार्थक तुल्याई जीवन जिउनको लागि असल व्यवहार, जीवन जिउने उपयुक्त सीप तथा आचरणको विकास हुन जरुरी छ । यसका लागी दण्ड रहित शिक्षाको बिकाश गरिनु पर्दछ ।

नेपालको संबिधान २०७२ को धारा ३१ ले शिक्षालाई मौलिक अधिकारको रूपमा समावेस गरेको छ । मानव अधिकार सम्बन्धि बिश्वब्यापी घोषणापत्र सन् १९४८ को धारा २६ र अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिको धारा २८ र २९ ले पनि शिक्षाको अधिकारलाई सुनिश्चित गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून अनुसार शिक्षालाई सर्वसुलभ बनाउने मानव अधिकार मैत्री बनाउने जिम्मा सरकारको हुन्छ ।

कानूनी व्यवस्था ः संयुक्त राष्ट्रसंघले जारी गरेको बालअधिकार सम्बन्धी महासन्धिको धारा २८ (२) ले बालबालिकाको मानवीय प्रतिष्ठा अनुकूल हुने गरी र यस महासन्धि अनुरूप विद्यालय अनुशासन कायम गरिएको कुरा सुनिश्चित गर्न पक्ष राष्ट्रले सबै समुचित उपायहरू अपनाउनेछन् । त्यसैगरी धारा २९ (१) (क) ले पक्ष राष्ट्रहरू बालबालिकाको व्यक्तित्व, योग्यता, मानसिक र शारीरिक क्षमताको उच्चतम सम्भाव्य हदसम्मको विकास गर्न निर्देशित हुनुपर्ने कुराको स्वीकार गर्छन् । यसका अतिरिक्त धारा ३७ (क) ले कुनै पनि बालबालिकालाई यातना दिइने वा अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजाय गरिने छैन । यी कुराहरूको पूरकको रूपमा धारा १९ रहेको छ । धारा १९ (१) ले बाबुआमा, कानूनी संरक्षक वा अन्य बालबालिकाको हेरचाह गर्ने व्यक्तिको हेरचाहमा रहेको अवस्थामा बालबालिकालाई सबै किसिमको शारीरिक वा मानसिक हिंसा, क्षति वा दुव्र्यवहार, उपेक्षा वा उपेक्षित व्यवहार, दुव्र्यवहार वा शोषण, यौन दुव्र्यवहार समेतबाट बालबालिकालाई संरक्षण प्रदान गर्न पक्ष राष्ट्रहरूले सबै समुचित कानूनी, प्रशासनिक, सामाजिक र शैक्षिक उपाय अपनाउनेछन् । उपधारा (२) मा यस्ता संरक्षणात्मक उपायहरूमा उचित भए अनुसार बालबालिकालाई तथा बालबालिकाको हेरचाह गर्ने व्यक्तिहरूलाई आवश्यक सहायता उपलब्ध गराउन सामाजिक कार्यक्रमहरूको स्थापनाको लागि एवं अन्य किसिमको रोकथामको लागि तथा माथि उल्लेखित बालबालिकाका दुव्र्यवहारका घटनाको पहिचान, जाहेरी, प्रेषण, अनुसन्धान, व्यवहार वा अनुगमनका लागि भएको अवस्थामा न्यायिक संलग्नताका लागि प्रभावकारी कार्यविधि समेत समावेश हुनेछन् । नेपालको संविधानको धारा ३९ (७) ले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन । बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिका प्रति क्रूर वा यातनापूर्ण व्यवहार गर्नुहुँदैन भन्ने व्यवस्था गरेको छ ।

मानिसको बाल्यावस्था एउटा बिरूवाको अवस्था जस्तै हो । बिरूवालाई मलिलो माटोमा रोपी राम्रोसँग हेरबिचार गर्यो, गोडमेल गर्यो, मलजल गर्यो भने त्यस बिरूवाले पछिबाट असल फल दिन सक्छ । बाल्यावस्था मानिसको लागि आधार स्तम्भ मानिन्छ । पूर्व प्राथमिक उमेरमा ३ देखि ५ र ६ बर्ष उमेरसम्मका बाल–बालिकाहरूलाई राख्न सकिन्छ । यो बिद्यालय जानु पूर्वको अवस्था भएको हुनाले बाल–बालिकाहरूले भविष्यको लागि आवश्यक सीपहरू सिक्नुपर्ने हुन्छ । यसका लागि अहिले अभिभावकहरूले आफ्ना बाल–बालिकाहरूलाई बाल विकास केन्द्र, शिशु विकास केन्द्र, जस्ता केन्द्रहरूमा पठाउने गर्छन् । यस्ता केन्द्रहरूमा बाल–बालिकाहरूले आफु सरह उमेरका साथीहरूसँग खेल्दै, अन्तरक्रिया गर्दै बिभिन्न सीपहरू सिक्ने मौका पाउँछन् । त्यसैले बिद्यालयमा खेल बिधिको अत्यन्तै आवश्यक हुन्छ । जसको लागि बाल–बालिकाहरूमा चौतर्फी विकास हुनु जरुरी पर्छ । खेलको माध्यमबाट बाल–बालिकाहरूको शारिरिक, मानसिक, संवेगात्मक, सामाजिक विकासमा सहयोग पुग्दछ । जब बाल–बालिकाहरूमा यी चार पक्षहरूको विकास हुन्छ, तब ऊ भविष्यमा एक असल व्यक्ति बन्न सफल हुन्छ । बाल–बालिकाहरू खेल्दै, नाच्दै, गाउँदै, उफ्रदै आपसी अन्तरक्रिया गर्दै स्वतन्त्रपूर्वक वातावरणमा धेरै कुराहरू सिक्न सक्छन् । तसर्थ बाल–बालिकाहरूले विद्यालयमा सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्ने वातावरणको सृजना गरिनु पर्छ । आजको यस २१ औं शताब्दीमा शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउनका निमित्त सहजकर्ता वा शिक्षक–शिक्षिका तालिम प्राप्त भएको हुन जरूरी छ । फलस्वरूप ति कलिला बाल–बालिकाहरूले उचित शिक्षा तथा असल ज्ञान सरल तरिकाबाट प्राप्त गर्न सक्छन् । बाल मनोबिज्ञान र बाल विकास सम्बन्धि ज्ञान हुनु एकदमै जरूरी छ । भनिन्छ ‘यदि एकजना डाक्टर असफल भयो भने एकजना बिरामी मर्छ, तर एकजना शिक्षक असफल भयो भने हजारौं बाल–बालिकाहरू मर्छन् ।’ त्यसैले बाल–बालिकाहरूको शिक्षालाई प्रभावकारी बनाउनको लागि शिक्षक–शिक्षिका मात्र नभई अभिभावकहरू पनि ज्ञान प्राप्त हुनु आवश्यक छ । ता कि यो प्रभावकारी क्रियाकलापद्वारा बाल–बालिकाहरूलाई खेलाएर, कथा सुनाएर, गीत गाएर, नाचेर, नचाएर उनीहरूमा भएको क्षमताको प्रस्फुटन गराउन र सिकाइलाई सहज बनाउन सकिन्छ ।

बाल–बालिकाहरूलाई पिटेर, तर्साएर उनीहरूमा सुधार ल्याउन खोज्ने प्रवृत्ति ज्यादै गलत हो । बाल–बालिकाहरूलाई त माया गरेर उनीहरूले गरेका राम्रा कुराहरूको प्रशंसा गर्दै, उनीहरूलाई अभैm राम्रो काम गर्न सक्छौँ भनि हौसला प्रदान गरी उनीहरूमा भएका राम्रा गुणहरूको विकास गराउन पो सकिन्छ । यसरी बाल–बालिकाहरूलाई असल तवर–तरिकाबाट शिक्षा दिनु हो भने हामीहरूको शिक्षा प्रणालीमा सुधार आउनु नै पर्छ । तसर्थ शिक्षा प्रणालीमा सुधार आउनुका निम्ति बाल–बालिकाका विकाससम्बन्धी तालिमको ब्यवस्था हुन जरुरी छ । जब हामी बाल–बालिकाका विकास सम्बन्धी तालिम प्राप्त हुन्छौं, तब हामी रमाएर, उनीहरूसँग–सँगै खेलेर साथै अन्य क्रियाकलापमा सहभागी भएर उनीहरूको हरेक गुणहरूको विकास गराउन सक्छौं ।

ऋषिमुनीहरूका पालामा सायद धेरै घोक्नु पथ्र्यो होला त्यसैले घोकन्ते विद्या धावन्ते खेती भनिन्थ्यो । कतिपय सूत्र, परिभाषालाई घोक्नै पर्ने कुरा त ठीकै हो तथापि मूल कुरो नबुझी केवल घोकेर कस्तो ज्ञान पाइएला ? शिक्षकले आफ्नो जिम्मेवारी र ज्ञान बाँड्ने ठूलो अवसरको रूपमा शिक्षण पेसालाई अनुभूति गर्न सक्नुपर्छ । कलिला निर्दोष मस्तिष्कमा मौलिक अनुभवी सभ्यताबारे जानकारी गराउनुको साटो अवैज्ञानिक प्रतिशोध उत्पन्न हुने कार्य दोषपूर्ण हुन्छ । दबाबको र लादिएको सिकाइको प्रतिशोषका कारणले पनि पढाइ बोझ बन्छ । पढाइ प्रति बालकले जागरुकता देखाउने वातावरण निर्माणकर्ता्भित्र अभिभावक, विद्यालय र शिक्षक सबै जिम्मेवार बन्छन् । अभिभावकको सम्पत्ति बालबालिका हुन् भने यसको राम्रो संस्कार, सङ्गत र सभ्यता शिक्षक तथा अभिभावकले नै सिकाउन जान्नुपर्छ किनकि असल संस्कारले व्यक्ति असल बन्न सकोस । बुवाआमाको मायाममता र संस्कार मूल्यवान् हुन्छ तर विभेदपूर्ण व्यवहारले बालमस्तिष्कलाई गहन असर पु¥याउने कुरालाई आमाबुवाको बुझनु पर्ने हुन्छ ।

समग्रमा हेर्दा सिकारु मनोविज्ञानलाई नपढी क्षमताभन्दा बढी पढाइको बोझका कारण सिकारुलाई यातना दिइनु मानवीय पक्ष हैन । एउटा असल शिक्षकले बुझ्नुपर्ने कुरा के हो भने, विद्यार्थीको घरमा कोही परिवार बिरामी परेका कारण उसले गृहकार्य नगरेको हो या घरमा पढ्ने वातावरण नै कुनै कारणले खल्बलिएको हुन सक्छ ! या त विविध विषयको गृहकार्यको भारका कारणले अभ्यास गर्न नभ्याएको पो हो कि या नबुझेर होस् यी पक्षमा नसोची शिक्षकको एकात्मक सोच बनाई बिद्यार्थीलाई दण्डित गरिनु हुदैन । कसैले पनि कुनै कुरा सिक्न सही वातावरण चाहिन्छ । बालकको पहिलो पाठशाला घर नै हो त्यसैले संस्कार र सभ्यता घरबाटै सिकाइएमा मात्र विद्यालयमा सिकाइने कार्य पनि बिद्याथीका लागी सहज बन्न सक्छ । त्यसैले शिक्षा दिदा जवरजस्ती लादेर होईन बिद्यार्थीको मनोभावना बुझेर दिने गरौ ।

भनिन्छ माया र प्रेमले कठोर हृदय पग्लिन्छ । सिकारुको मनमा पनि भावना हुन्छ । उसका पनि आफ्ना निजी आवश्यकता र चाहनाहरू हुुन्छन । सबैमा एकैपटकमा सिकाएको कुरा टिप्ने हुँदैन गुण हुदैन । किनकि सबैको प्रकृति एउटै हुँदैन । वास्तवमा एउटा शिक्षक एक सहजकर्ता हो । शिक्षण कार्य जटिल विषय भएता पनि यो कला र विज्ञानको संयोजनको प्रभावकारी साङ्गठनिक रूप पनि हो । यसमा जान्दा जति मजा छ नजान्दा त्यति नै जटिल हुन्छ । त्यसैले हामी प्रभावकारी र मनोवैज्ञानिक शिक्षणबाट सफल शिक्षक बन्ने कोसिस गरौँ, सबैले सिकारुलाई सही संस्कारमा राखौँ । शिक्षक धेरै बन्छन् तर सफल शिक्षक बन्नु प्रमुख कुरा हो । (लेखक गौतम बालअधिकारको क्षेत्रमा कार्यरत छन् ।)

Previous Post

बालविवाह घटाउन बाँकेका युवा सक्रिय

Next Post

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

Next Post
लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version