For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

शिक्षा प्रणाली सुधार : जिम्मेवारी, लगानी र प्रक्रियाबाट गुणात्मक नतिजाको खोजी

byDainik Nepalgunj
August 12, 2025
in विचार
0 0
0
शिक्षा प्रणाली सुधार : जिम्मेवारी, लगानी र प्रक्रियाबाट गुणात्मक नतिजाको खोजी
Share on FacebookShare on Twitter

शैक्षिक प्रणाली लगानी प्रक्रिया र नतिजाको प्रति विम्वन हो । यो प्रणाली लाई चुस्त र व्यवस्थित गराउने अवयब हरू राज्य÷ सरकार,समुदाय, शैक्षिक प्रशासन, शिक्षक,अभिभावक र विद्यार्थी हुन । एकले अर्कालाई दोष दिएर उम्कने प्रवृत्तिको अन्त्य गनु आजको आवस्यकताहो ।अधिकार मात्रहोईन कर्तव्य र भूमीका बहन बाट मात्र शैक्षिक प्रणालीमा सुधार हुन सक्छ ।

शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो ।लगानी प्रकृया र नतिजाको संगम हो । तर त्यो मेरुदण्डमा विकृति आउँदा लगानी बालुवामा पानि हालेसरह हुन्छ । प्रक्रियामा खिया लाग्छ ।नतिजा बिग्रिन्छ । जसले गम्भीर असन्तुलन देखाउँछ — ठीक यस्तै अवस्था अहिले धेरै शिक्षण संस्थाहरूमा देखिएको छ ।

शिक्षा क्षेत्रको नतिजा तुलनात्मक रूपमा खस्किएको सन्दर्भले सबै सरोकारवालालाई चिन्तित तुल्याएको छ ।

यो केवल अंकको ह्रास होइन — यो शिक्षण प्रणाली, योजनाको कार्यान्वयन, शैक्षिक मनोबल, र संस्थागत उत्तरदायित्वप्रतिको गहिरो प्रश्न हो ।

शिक्षा राष्ट्रको मेरुदण्ड हो भन्ने भनाइ केवल भाषिक अलङ्कार होइन, सामाजिक, आर्थिक र सांस्कृतिक समृद्धिको मूल आधार हो । शिक्षालाई राष्ट्र निर्माणको जग मानिन्छ, जहाँ भविष्यको मानव संसाधन तयार हुन्छ । यो केवल कक्षाकोठामा सीमित हुने औपचारिक प्रक्रिया होइन, चेतनाको उचाइमा पुग्ने जीवन–यात्रा हो । तर आज हामी एक यस्तो मोडमा उभिएका छौं, जहाँ शिक्षा प्रणालीको परिणामप्रति प्रश्न उठिरहेको छ, र शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्किँदो अवस्थामा देखिएको छ । सिकाइको प्रभावकारिता घट्दो छ, शिक्षा र व्यवहारबीचको दूरी बढ्दो छ, र यसको मूल कारणलाई गहिरो विश्लेषणको आवश्यकता छ ।

शिक्षण प्रणाली कुनै एक पक्षको प्रयासले मात्र सुधार हुँदैन । यो राज्यदेखि समाजसम्म, प्रधानाध्यापकदेखि शिक्षकसम्म, अभिभावकदेखि विद्यार्थीसम्म सबै सरोकारवालाको सामूहिक उत्तरदायित्व हो । तर जब सबै पक्षले आफ्नो भूमिकालाई अँगाल्न असफल हुन्छन्, तब सम्पूर्ण प्रणाली नै अक्षम बन्न पुग्छ । अहिलेको अवस्थामा शिक्षा क्षेत्र एक यस्तो संस्थागत जटिलता भएको क्षेत्र बनेको छ, जहाँ नीति त निर्माण हुन्छन्, तर कार्यान्वयनमा शिथिलता छ; योजना बनाइन्छ, तर नतिजा अनिश्चित छ; लगानी हुन्छ, तर प्रतिफल कमजोर देखिन्छ ।

राज्य वा सरकार शिक्षाको संरचना निर्माणकर्ता हो । उसले नीति निर्माण गर्छ, पाठ्यक्रम बनाउँछ, शिक्षक नियुक्त गर्छ, तालिम सञ्चालन गर्छ र बजेट विनियोजन गर्छ । तर यो प्रक्रिया धेरै हदसम्म घोषणामै सीमित भएर रहँदा शिक्षाको वास्तविक परिणाम प्रभावित भएको छ । शिक्षामा लगानीको दर लगातार घट्दो छ । पाठ्यक्रमको पुनरावलोकन समयमै हुँदैन । शिक्षकको समयमै नियुक्ति हुँदैन, र तालिम प्रणाली व्यवहारिक सन्दर्भमा छैन । राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने हो भने शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार सम्भव हुन्छ । तर जब राज्यले शिक्षालाई ‘सेकेन्डरी’ क्षेत्र ठान्छ, नतिजामा पनि त्यही उपेक्षा झल्किन्छ । शिक्षकको सेवा शर्त सुधार, तालिमको गुणस्तर, र विद्यालय अनुगमन प्रणालीलाई सशक्त बनाउने काम अझै चुनौतीकै रूपमा उभिएको छ ।

अभिभावक शिक्षामा प्रत्यक्ष लगानीकर्ता हुन् । उनीहरूले शुल्क तिर्छन्, पुस्तक किन्छन्, बच्चाको आवश्यकता पूरा गर्छन् । तर यो लगानी केवल आर्थिक हुनु हुँदैन, त्यसमा भावनात्मक, मनोवैज्ञानिक र समयको समेत संलग्नता आवश्यक हुन्छ । आजको अवस्थामा धेरै अभिभावकले शिक्षालाई केवल अंकको प्रतिस्पर्धाको रूपमा हेर्ने प्रवृत्ति देखाएका छन् । उनीहरूलाई बच्चाले पढेको, सिकेको, बुझेकोभन्दा परीक्षामा आएको अङ्कको चासो बढी हुन्छ । जब अभिभावकले विद्यालयसँग समन्वय गर्दैनन्, कक्षाकोठामा हुने सिकाइ प्रक्रिया र घरको वातावरणबीच सम्वाद रहँदैन, तब विद्यार्थीको सम्पूर्ण विकासमा बाधा आउँछ । शिक्षा केवल विद्यालयमा सीमित हुँदैन; सिकाइको वातावरण त घरमै तयार हुन्छ । त्यसैले अभिभावकले पढाइमा चासो राख्ने, गृहकार्य परीक्षण गर्ने, शिक्षकसँग संवाद राख्ने, र सकारात्मक जीवनशैलीमा मार्गदर्शन दिने भूमिका निर्वाह गर्न जरुरी छ ।

शैक्षिक संस्थाको मुटु प्रधानाध्यापक हुन । उनीहरू शैक्षिक, प्रशासनिक र नेतृत्वदायी भूमिकामा रहन्छन् । विद्यालयमा नीति कार्यान्वयन, शिक्षण अनुशासन, शिक्षक प्रोत्साहन, र विद्यार्थी प्रगतिको सम्पूर्ण निगरानी उनीहरूमै निर्भर हुन्छ । तर विडम्बना, धेरै स्थानमा प्रधानाध्यापक केवल व्यवस्थापकीय काममा सीमित भएका छन् । उनीहरूले शैक्षिक योजना त बनाउँछन्, तर त्यसको कार्यान्वयनमा सशक्तता देखाउन सकिरहेका छैनन् । विद्यालयको गतिशीलता तब मात्र सम्भव हुन्छ, जब नेतृत्वकर्ताले शिक्षण प्रक्रियालाई प्राथमिकता दिन्छन् । कक्षा निरीक्षण, शिक्षक मूल्यांकन, सिकाइको समिक्षा र समस्याको समाधान गर्ने भूमिकामा सक्रिय प्रधानाध्यापक भए विद्यालयमा सकारात्मक ऊर्जा फैलिन्छ । तर जब नेतृत्व कमजोेर हुन्छ, सम्पूर्ण विद्यालय प्रणाली प्रभावित हुन्छ ।

शिक्षक शिक्षाको मेरुदण्डमात्र होइनन्, सिकाइका सुत्रधार हुन् । उनीहरूको एक कदमले विद्यार्थीको भविष्य निर्माण हुन्छ । तर हाल शिक्षण प्रक्रिया अनेक खालका चुनौतिबाट गुज्रिरहेको छ । पाठ्यपुस्तक आधारित र परम्परागत ढर्राको शिक्षण प्रणालीले विद्यार्थीको जिज्ञासामा ठुलो असर पारेको छ । कक्षा कोठामा शिक्षकको शारीरिक उपस्थित त हुन्छ, तर मानसिक संलग्नता र योजनाबद्धता निकै कमजोर हुन्छ । धेरैजसो शिक्षकले दैनिक पाठ योजना तयार नगर्ने, क्ष्ऋत् प्रयोग नगर्ने, समूहगत कार्य नगर्ने, र समावेशी शिक्षण पद्धति प्रयोग नगर्ने प्रवृत्ति देखाएका छन् । नतिजा स्वरूप, शिक्षण केवल जानकारी हस्तान्तरणको औपचारिक प्रक्रिया बन्न पुगेको छ । शिक्षकको भूमिकामा जब प्रेरणा, संवेदनशीलता र रचनात्मकता मिसिन्छ, तब सिकाइ जीवन्त बन्छ । तर यो भूमिका निभाउन समय, स्रोत, मनोबल र प्रशिक्षण आवश्यक हुन्छ, जुन पक्षप्रति राज्य र संस्थाहरूको ध्यान अझै पर्याप्त देखिँदैन ।

कक्षा कोठा भनेको सिकाइको प्रयोगशाला हो । यहाँ शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियाले नै सिकाइको गति निर्धारण गर्छ । तर आज कक्षा केवल श्रवण केन्द्र बनेको छ । शिक्षक बोल्ने र विद्यार्थी सुन्ने प्रक्रिया दोहोरिरहेको छ । व्यवहारिक अभ्यास, क्ष्ऋत् प्रयोग, विषयगत समूह कार्य, परियोजना आधारित शिक्षण, समस्या समाधान केन्द्रित कार्यहरू न्यून छन् । पाठ योजनाहरू त तयार पारिन्छन्, तर कार्यान्वयनमा औपचारिकता मात्र देखिन्छ । सिकाइ विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने मूल मन्त्र कहिल्यै व्यवहारमा लागू भएको देखिँदैन । यसले गर्दा कक्षाकोठा गतिविधि निष्क्रिय बन्न पुग्छ, र विद्यार्थीको जिज्ञासा दबिन्छ । शिक्षा केवल जानकारी होइन, प्रयोग हो । जबसम्म कक्षामा प्रयोग, अनुभव र संवाद हुँदैन, सिकाइ गहिराइमा पुग्दैन ।

विद्यार्थी शिक्षाको केन्द्र हुन् । तर पछिल्लो समय उनीहरूको मनोवृत्ति चिन्ताजनक देखिन्छ । प्रविधिको दुरूपयोग, सामाजिक सञ्जालप्रतिको अत्यधिक आकर्षण, एकाग्रताको कमी, र केवल ‘पास’ हुने मानसिकताले उनीहरूको सिकाइ यात्रा अवरुद्ध बनाइरहेको छ । शिक्षक वा अभिभावकले चाहेर मात्र सिकाइ हुँदैन, जबसम्म विद्यार्थी स्वयं तयार हुँदैनन् । तर धेरै विद्यार्थीहरू कक्षा कोठामा त उपस्थित छन्, तर मानसिक रूपले अन्यत्र हराइरहेका छन् । मोबाइल, टिकटक, गेम, र सामाजिक सञ्जालमा उनीहरूको चासो सीमित हुँदै गएको छ । यस्तो अवस्थामा सिकाइको सार हराउन थाल्छ । विद्यार्थीले सिक्न चाहनुपर्छ, प्रश्न गर्नुपर्छ, आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ, नियमित अभ्यास र आत्मबल विकासमा ध्यान दिनुपर्छ । सिकाइलाई आफ्नो जिम्मेवारी ठान्ने मानसिकता बिना शिक्षा प्रभावहीन हुन्छ ।

शिक्षा केवल औपचारिक प्रक्रिया होइन, सामाजिक उत्तरदायित्व पनि हो । यसलाई सफल बनाउन समाजको पनि महत्वपूर्ण भूमिका हुन्छ । तर अहिले समाजमा शिक्षाको मूल्य घट्दो छ । विद्यालयलाई उपेक्षा गर्ने, शिक्षकलाई हेप्ने, शिक्षालाई केवल सरकारी सुविधाको माध्यम ठान्ने प्रवृत्ति बढ्दो छ । समाजमा शिक्षा प्रतिको सम्मान घट्दा शिक्षकको मनोबल कमजोर हुन्छ । जब समाज नै शिक्षालाई परिवर्तनको साधन मान्दैन, तब सुधारको सपना अधुरो रहन्छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक शिक्षा,शैक्षिक गोष्ठी, र जनचेतना कार्यक्रमहरूमा समाजको सहभागिता अनिवार्य छ । शिक्षा प्रणालीलाई सफल बनाउने बाह्य प्रयोगशाला भनेको समाज नै हो । जब समाज सकारात्मक दृष्टिकोण बोकेर विद्यालयसँग जोडिन्छ, तब मात्र शिक्षाको वास्तविक परिवर्तन सम्भव हुन्छ ।

आज शिक्षामा देखिएको नतिजा खस्किनु कुनै संयोग होइन । यो प्रणालीगत कमजोरीको स्पष्ट संकेत हो । जब राज्यले नीति बनायो तर कार्यान्वयन गरेन, जब अभिभावकले जिम्मेवारी शिक्षकमाथि थोपरे, जब प्रधानाध्यापकले नेतृत्वमा कमजोरी देखाए, जब शिक्षकले प्रेरणाको ठाउँमा औपचारिकता अपनाए, जब कक्षाकोठा निष्क्रिय बन्यो, र जब विद्यार्थीले सिकाइलाई बाध्यता माने — तब नतिजा गिरावटमा जानु स्वाभाविक हो । यसैलाई सुधार गर्ने हो भने, सबै पक्षले आ–आफ्नो भूमिका पुनः परिभाषित गर्नुपर्छ ।

शिक्षा सुधार केवल नीति बनाउने काम होइन, त्यो आन्तरिक चेतना, गहिरो आत्मसमीक्षा र दीर्घकालीन प्रतिबद्धताको प्रक्रिया हो । शिक्षा सुधारका नाममा गरिने अभियानहरू केवल गोष्ठीमा सीमित हुनु हुँदैन । ती शिक्षकको कक्षामा, प्रधानाध्यापकको निर्णयमा, अभिभावकको व्यवहारमा, र विद्यार्थीको सोचमा प्रकट हुनुपर्छ । जब शिक्षक शिक्षणलाई केवल पेशा होइन, अभियान ठान्छन्; जब प्रधानाध्यापक योजना मात्रै होइन, मार्गदर्शन दिन्छन्; जब विद्यार्थी सिक्न चाहन्छन्, न कि केवल पास हुन; जब अभिभावक परीक्षाको नतिजाभन्दा सिकाइको मूल्य बुझ्छन्; र जब राज्य शिक्षालाई पहिलो प्राथमिकता दिन्छ — तब मात्रै शिक्षा प्रणालीको पुनर्जागरण सम्भव हुन्छ ।

हामीले विद्यालयमा भवन देखेका छौँ, तर शिक्षा देख्न सकेका छैनौँ । हामीले कागजमा योजना बनाएका छौँ, तर कक्षामा परिणत गर्न सकेका छैनौँ । हामीले प्रमाणपत्र बाँडेका छौँ, तर क्षमता निर्माणमा चुकेका छौँ । अब समय आएको छ — जहाँ केवल अङ्कको कुरा होइन, आत्मबोधको कुरा गरौं । गुनासो होइन, समाधानको बाटो रोजौं । हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गरौं । शिक्षण प्रणालीमा सुधार तब हुन्छ, जब हामी ऐनामा आफूलाई हेरेर बदल्ने आँट गर्छौं ।

शिक्षा केवल किताबको कुरा होइन — त्यो जीवनको दर्शन हो । त्यो राष्ट्रिय पुनर्निर्माणको आशा हो । त्यसैले शिक्षामा सुधार कुनै वैकल्पिक कार्य होइन, त्यो अनिवार्य यात्रा हो — जुन हिजो आवश्यक थियो, आज पनि छ, र भोलिको भविष्य त्यसकै कन्धामा अडिएको छ ।

Previous Post

सुनको मूल्यमा सामान्य गिरावट

Next Post

भारतीय अधिकारीले लिए सीमा सुरक्षा जायजा

Next Post
भारतीय अधिकारीले लिए सीमा सुरक्षा जायजा

भारतीय अधिकारीले लिए सीमा सुरक्षा जायजा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

June 21, 2026
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

June 21, 2026
संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

June 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version