For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

डढेलोबाट वन विनास कम गर्न महिला अघि

byDainik Nepalgunj
August 25, 2025
in News, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

बर्षेनी वन डढेलोले वन विनास हुँदै जाने हो भने मुगुमा पाइने विभिन्न जीव तथा वनस्पतिको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । तर, अहिले भने मुगुका महिला वन डढेलो निभाउन र वन जोगाउन लागिपरेका छन् ।

  • कविराज कार्की

२०८१ साल चैत्र १४ गते विहान ९ बजे । कर्णाली प्रदेशको मुगुको सदरमुकाम गमगढीका महिलाहरु अरु दिनझैं आफ्ना चौपायालाई स्याउला लिन गमगढी पारीपट्टिको भदाली गयलदेव सामुदायिक वनतिर लागे । समयमै घर फर्कने सल्लाहले हिंडेका छायानाथ रारा नगरपालिका १ बस्ने बर्ष ५३ की असला मल्ल र बर्ष ५७ की धनपुरा नेपालीसहितका ६ जना महिलाहरु स्याउला संकलनमा ब्यस्त भए । तर, स्याउला संकलन गर्दै गरेका बेला करिब साढे १० बजेतिर एक्कासी आगाका लप्काहरु देखेपछि भने तिनका सातोपुत्लो उड्यो । वनमा भएका साना पोथ्रा तथा घाँस स्याउला खरानी बनाउँदै आफुतिर बढेको देख्दा ति महिलाहरु आफुहरु आज पक्कै मरिने भैयो भन्दै आत्तिए, तर उनीहरुले होस गुमाएनन् । हतारहतारमा हरियो स्याउला काटेर एकसुरमा निभाउन थालेपछि र निकै बेरको प्रयासपछि उनीहरु डढेलो निभाउन सफल भए ।

“आगो निभाई सकेपछि धन्न आज हामी बाँच्यौं भन्ने भयो,” मल्लले आप्mनो अनुभव सुनाईन् । “थोरै भएपनि वन जोगायौं भन्ने पनि भयो,” उनले गहिरो सास फेर्दै भनिन् ।

वनमा आगो लाग्दा पुरुषहरु खासै चासो देखाउँदैनन् किनभने घाँस दाउराको जोहो गर्ने जिम्मा महिलाहरुको काँधमा भएको उनीहरुको अनुभव छ । बस्तिनजिकको वनमा आगो लाग्ने बित्तिकै सबैभन्दा बढी पिर हामी महिलाहरुलाई लाग्ने गर्छ, उनीहरु भन्छन् । पुरुषहरु कोही जागीरे, कोही व्यापारी त कोही हिउँदको समयमा भारततिर रोजिरोटीका लागि कामको खोजीमा जाने भएकाले गाँउमा प्रायः महिला तथा जेष्ठ नागरिक र बालबच्चा मात्र हुने भएकाले पनि वनमा आगो लाग्ने बित्तिकै निभाउने जिम्मा महिलाको काँधमा आईपर्छ । घरमा भएका पशु चौपायालाई घाँस र स्याउला र खाना पकाउन दाउरा वनबाटै ल्याएर गुजारा चलाउनु पर्ने भएकाले पनि डढेलोबाट वन जोगाउन ज्यान जोखिममा पारेर आगो निभाउन लागिपर्छन् मुगुका महिला ।

बर्षेनी आगो लगाउने क्रम घट्नुको साटो बढ्दै जान थालेकाले काठ दाउरा र घाँसपातको जोहो गर्न यहाँका गृहिणी महिलाहरुलाई दिन प्रतिदिन सकस थपिंदै गएको छ भन्छन् सोही पालिकाको वडा नं ११ रोवा गाँउका ५४ बर्षीय रामकृष्ण बुढा । गोठालाहरुले नयाँ घाँस पलाउने आशामा लुकिछिपि आगो लगाउने भएकाले त्यस्ता मान्छेको खोज तलास गरेर कडा सजाय दिने हो भने आगो लगाउने क्रम घट्नसक्ने उनी बताउँछन् ।

विशेष गरेर यहाँका भिरालो वनहरुमा आगो लाग्दा एकातिर निभाउनै कठिन र अर्कोतिर आगो निभाउने सुरक्षित साधन नहुँदा पनि आगो नियन्त्रण गर्न कठिन हुने गरेको भदाली गयलदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकजंङ्ग मल्लको भनाई छ । “कतै नयाँ घाँस उम्रिन्छ भन्ने उद्देश्यले गोठालाहरुले लुकिछिपि आगो लगाउँछन् भने कतै छिमेकी बस्तिका मानिसहरुले घाँस दाउरा गर्न नदिएको झोंकमा समेत लुकेर आगो लगाउने गरेकाले यहाँका वनहरु डढेलोको उच्च जोखिममा रहेको छ,” उनी भन्छन् ।

आफ्नै घाँस दाउरा गर्ने भदाली गयलदेव सामुदायिक वनमा अचानक तलबाट आगो लाग्दै आए पछि छायानाथ रारा नगरपालिका १, कि असला मल्ल र उनकी साथी आगो निभाउन व्यस्त ।

वन डढेलोका कारण

आगो विभिन्न तरिकाले लाग्ने गर्छ, विद्युतका तारहरु एकआपसमा जुध्दा अथवा सटसर्किट हँुदा र चट्याङ्ग पर्दासमेत वनमा आगो लाग्ने गर्छ भने बाटामा हिंड्नेले ननिभाई चुरोटका ठुटा फाल्नाले पनि आगो टिप्ने गरेको डिभिजन वन कार्यालयका बरिष्ठ डिभिजन अधिकृत ललित कुमार कर्ण बताउँछन् । पिक्निक अर्थात् क्याम्पफायर गर्नेले आगो पूर्ण रुपमा ननिभाई हिंड्ने गर्दा र मानिसले जानीजानी नयाँ घाँस पलाउँछ भन्ने आसयले समेत आगो लगाउने गरेकाले बर्षेनी डढेलोले वन मासिँदै गएको उनी बताउँछन् । आगो लगाउनेको खोजी गरेर कानुनी प्रकृयामा ल्याउन एकातिर समुदायका मानिसहरुले थाहा पाएर पनि नाम नभनिदिने र यहाँका वनहरु सम्बन्धित बस्तिका समुदायलाई नै हस्तान्तरण गरिएकाले वन कार्यालयले कानुनी प्रकृया अघि बढाउन समेत असहज हुने गरेकोले हरेक बर्ष यहाँका सैयांै हेक्टर वन आगलागीको चपेटामा पर्दै गएको डिभिजन वन अधिकृत कर्णको तर्क छ ।

‘हरियो वन नेपालको धन’ भनेर के गर्नु, मानिसहरुले वन जंगलको महत्व बुझेर पनि बुझ पचाएपछि पछिल्लो पीँढीलाई जीवन निर्वाह गर्न निकै कठिन अवस्था आइसक्यो भन्दै भावुक बन्न पुग्छन् खत्याड गाँउपालिका–८ सुकाढीक मुगुका ७३ बर्षीय धनलाल कार्की । आफु १५ बर्षको छँदा वनमा गाई चराउन जाँदा घोरल र च्याखुराका बथान यत्रतत्र भेटिने गरेको उनी सम्झन्छन् । “आजकल बर्षेनी वनमा आगो लगाउने गर्दा न त घोरल भेटिन्छन् न त च्याखुरा नै,” उनी भन्छन् । पछिल्ला सन्ततीलाई घोरलको बारे बताउनु पर्दा बाख्राजस्तै तिखा सिङ्ग भएको जनावरको उदाहरण दिनुपर्ने बेला आएको उनी तितो अनुभव सुनाउँछन् ।

सोही गाँउका ६५ बर्षीय चन्द्रलाल बिष्टले लामो सुस्केरा हाल्दै कैलै नयाँ घाँस पलाउने त कैले अन्य बहानामा बर्षेनी लुकीछिपि आगो लगाउने क्रम नरोकिए पछि यहाँका वनमा हुने औली सल्लो र लौठाका साना पोथ्राहरु समेत माथि उठ्नै नपाउने भएकाले पाखा पखेराहरु नाङ्गा र उजाड नहुने कुरै भएन भन्दै चिन्ता पोख्छन् ।

पहिले नजिकै जंगल हुँदा काठ दाउराको सुविधा हुनुका साथै घाँस र स्याउलाको समेत दुःख थिएन तर आजभोली भने एक भारी दाउरा ल्याउन माथि लेकतिर पुगेर ल्याउनु पर्ने दिन आए । “बाँच्नका लागि अन्न चाहिन्छ, अन्न उत्पादनका लागि गह्रा जोत्न र गोठे मल तयार गर्न गाईगोरु पाल्नुपर्छ तर के गर्ने बर्षेनी वनमा डढेलोले घाँसपात स्वाहा हुनाले पशु चौपाया कसरी पाल्ने? खेतिपाति कसरी गर्ने?” बिष्ट लामो सुस्केरा हाल्छन् ।

पछिल्लो समय मुगुका वनहरुमा डढेलोको प्रकोप बढ्दै जान थाले पछि घाँस दाउराको समस्या र डढेलो नियन्त्रण सम्बन्धि स्थानीय महिलाहरु समस्या समाधानको खोजि बारे छलफल गर्दै ।

रारा ताल वरिपरिका वन पनि डढेलोको जोखिममा
मुगुको गमगढी नजिकका सामुदायिक वन मात्र होइन, यस भेगकै मुख्य आकर्षणको रुपमा रहेको रारा ताल वरिपरिका वनजंगल पनि डढेलोको जोखिमबाट अछुतो छैन । करिव १०,६०० हेक्टर क्षेत्र ओगटेको रारा राष्ट्रिय निकुञ्जमा समेत २०८१ फागुन १३ र १४ गते छायाँनाथ रारा नगरपालिकाको कैलाश बजेणी वन उपभोक्ता समितिको पिप्ल्याडी वनमा आगो लाग्दा नेपाली सेना, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिहरुको सक्रियतामा आगो निभाउँदा निभाउँदै पनि करिब ९० हेक्टर वन जलेर नष्ट भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर धर्म सावत बताउँछन् ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका १३ रुगा गाँउ माथी पट्टि आगो लाग्दै गरेको तस्वीर ।

२०७७ फागुन १८ र १९ गते पनि पिनागाँउ नजिकै रहेको ऋणमोक्ष मध्यवर्ती सामुदायिक वनमा आगो फैलिँदा विभिन्न तह र तप्काका मानिसहरुको सक्दो प्रयासका बावजुद करिब २०० हेक्टर वन जलेर नष्ट भएको रारा राष्ट्रिय निकुञ्जका तत्कालिन निमित्त संरक्षण अधिकृत यज्ञ बहादुर रोकाया सम्झन्छन् ।

सुन्दर रारातालको छेउछाउमा सुख्खा मौसमका बेला आगो लाग्ने गरेकाले यहाँ भएका विभिन्न रुख विरुवा र वन्यजन्तुसमेत आगलागीबाट प्रभावित हुने गरेका छन् । ताल छेउछाउको जंगलमा कहिलेकाँही डढेलो लाग्दा राराको प्राकृतिक सुन्दरतामा ह्रास आउनुको साथै यहाँको जैविकविविधता समेत नष्ट हुने गरको संरक्षण अधिकारीहरु बताउँछन् ।

नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगुस्थित रारा ताल आसपासमा कहिलेकाँहि आगलागीको उच्च जोखिम भएकाले आर्थिक बर्ष २०८१। ०८२ मा निकुञ्ज क्षेत्रभरिका कर्मचारी, हनुमानधोज गुल्मका नेपाली सेना, मध्यवर्ति क्षेत्रका उपभोक्ता समितिका अध्यक्षहरु, डुङ्गा सवारका बोटेहरु समेतलाई निकुञ्ज क्षेत्रलाई डढेलोबाट कसरी बचाउने र डढेलो लागिहाले पनि यथाशक्य कसरी नियन्त्रण गर्ने भनेर तीन दिने तालिम संचालन गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका निमित्त बरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने बताउँछन् । साथै, निकुञ्जका सिमाक्षेत्रहरुमा डढेलोलगायतका वनविनाससम्बन्धी जनचेतना जगाउने हेतुले सोरु गाँउपालिका ८ र छायानाथ रारा नगरपालिकाका मध्यवर्ति क्षेत्रका उपभोक्ता समितिहरुलाई समेत एक दिने गोष्ठी संचालन गरिएको थियो । आर्थिक बर्ष २०८०।०८१ मा पनि डढेलो नियन्त्रणका लागि केही सामग्रीसमेत खरिद गरिएकोे न्यौपानेले जानकारी दिए ।

जोखिममा मुगुका वन
डिभिजन वन कार्यालय मुगुकी अधिकृत बसन्ती बुढाका अनुसार तीन गाँउपालिका र एक नगरपालिका रहेको मुगुमा २० हजार ९ सय ७७ हेक्टर वन सरकारी र कबुलीयति व्यवस्थित वनले ओगटेको छ भने १०१ वटा सामुदायिक वनले ७ हजार ४ सय २२ र ९ वटा नीजि वनले ४ सय १६ हेक्टर ओगटेको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार ३ लाख ५३ हजार ५०० हेक्टर कुल क्षेत्रफलमध्ये ३ हजार ७ सय ७८ हेक्टर वन डढेलोको उच्च जोखिममा रहेको देखिन्छ । आर्थिक बर्ष २०७७÷०७८ देखि २०८०÷०८१ सम्म ४ आ.ब.को वन डढेलोको क्रम घट्दो नभै बढ्दै गएको देखिन्छ ।

तालिका
आ.व. डढेलोेले नष्ट क्षेत्रफल
२०७७/०७८ ६० हेक्टर
२०७८/०७९ ५९ हेक्टर
२०७९/०८० ७० हेक्टर
२०८०/०८१ ११० हेक्टर

यस्तै क्रममा बर्षेनी वन डढेलोले वन विनास हुँदै जाने हो भने मुगुमा पाइने विभिन्न जीव तथा वनस्पतिको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । पछिल्लो समय वन डढेलो, खडेरी, वाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण र विश्वभरी बढ्दो जलवायु परिवर्तनले वातावरणमा ल्याएको फेरबदलका कारण जीव तथा वनस्पतिमा प्रत्यक्ष असर पर्न थालेको संरक्षणविद् बताउँछन् ।

आगलागीले वन विनास हुँदा एकातिर चौपायालाई चरनको अभाव हुनुका साथै मानिसकालागि घाँस दाउरा र स्याउलालगायत विभिन्न वन पैदावारको अभाव बढ्दै जान थालेको छ । डढेलोले चरन क्षेत्र नष्ट गर्नुका साथै वन जंगलमा आषृत वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानसमेत नष्ट गरिदिने भएकाले विस्तारै यि लोप हुँदै जाने अवस्था आउन थालेको पाइन्छ । कतिपय जीवहरु आगो लागिरहेका बेलामा उम्कन नसकि जलेर मर्ने गरेकाले कतिपय प्रजाति लोप नै हुने क्रममा रहेका छन् ।

मुगु जिल्लाको खत्याड गाँउपालिका -८, सुकाढीक निवासी चन्द्रलाल बिष्ट सहितका स्थानीयहरु वन डढेलो सम्बन्धि कुराकानी गर्दै ।

वन डढेलो नियन्त्रणका प्रयत्न
मुगु जिल्लाको सदरमुकाम समेत रहेको छायानाथ रारा नगरपालिकाका वन तथा ग्रामिण बस्तिहरुमा हुन सक्ने आगलागी जस्ता दुखद घटनाहरुलाई न्युनिकरण गर्न नगर प्रहरीलाई आवश्यक तालिम दिएर ठाँउ र भूगोल अनुसार आगो निभाउन लगाउने गरको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम बताउँछन् । स्थानीय सामग्रीको प्रयोग गरेर आगो लागेको सूचना पाउना साथ त्यसतर्फ जतिसक्दो छिटो आकष्मिक टोली पठाउने व्यवस्था गर्नुको साथै आगलागीबाट घरबास गुमाएका नागरिकहरुलाई तत्काल गाँसबासकालागी खाद्यान्न, एकसरो भाँडाबर्तन र लुगाकपडा उपलब्ध गर्न आपतकालिन कोष समेत खडा गरेको नगर प्रमुख भाम बताउँछन् । उनले आर्थिक बर्ष २०८०। ०८१ मा अग्नी नियन्त्रणसम्बन्धी स्थानीय सामग्रीसमेत खरिद गरेर डढेलोको जोखिमयुक्त बस्तिहरुमा पठाएको जानकारी दिए ।

वनमा लागेको डढेलो नियन्त्रण गर्ने संस्थाको कार्यक्षेत्र भित्र नपर्ने भए पनि आगलागीबाट घरबार र पशु चौपायासमेत गुमाएका नागरिकलाई तत्काल गाँसबासका लागि आवश्यक खाध्यान्न, लत्ता कपडा र भाडाबर्तन र आर्थिक सहयोग गर्नुका साथै आगलागीले जलेर अंगभंग भएका घाईतेहरुलाई समेत उपचार खर्चसमेत आफ्नो संस्थाले व्यहोर्ने गरेको मानव अधिकार तथा वातावरण विकास केन्द्र मुगुका कार्यक्रम प्रबन्धक नमराज रावत बताउँछन् ।

वन डढेलो नियन्त्रणको चुनौती देशैभरि
पछिल्लो समयमा दिन प्रति दिन लामो खडेरी पर्न थालेपछि हरेक बर्षको माघदेखि वैशाखसम्म नेपालका विभिन्न वनमा लाग्ने गरेको डढेलोको कारण दिन प्रतिदिन बिगिँ्रदै गएको वायु प्रदुषणको स्तरले मानव जीवनमा नै संकट निम्तिँदै जान थालेको छ । त्यसमाथि लामो खडेरी परेको समयमा वनमा घाँसपात र रुखका पातहरु समेत सुकेको अवस्थामा लागेको डढेलोले साना बुट्यान मात्र होइनन् ठुला रुखहरु समेत जलेर नष्ट हुने गर्छन् । एकपटक मात्र वनमा लागेको आगोबाट जलेका कुनै रुखहरु फेरी पलाउनै नपाएर सुक्ने गर्छन् । आगोको रापले जमिनको माटो तलैसम्म डढेको ठाँउमा एकखाले सेतो ढुसी जस्तै देखिएको ठाँउमा बर्षौसम्म कुनै पनि बोटविरुवा उम्रिँदैनन् ।

 

मुगु मात्र नभै देशका विभिन्न जिल्लाका थुप्रै बस्तिहरुमा आगोलागीका घटना दिन प्रतिदिन बढ्दै जान थालेपछि सर्वत्र चिन्ता छाएको छ । आगो लगाउनेको खोजी गरेर कानुनको दायरामा ल्याउने कडा खाले कानुन नहुँदा पनि बर्सेनी यहाँका वनहरु डढेलोको चपेटामा पर्ने गरेका छन् ।

वनमा आगो लागेपछि एकातिर निभाउने उपयुक्त साधन नहुने र स्थानीयहरु सबैको आगो निभाउने चासोसमेत नगर्दा सानो आगोको झिल्कोबाट वन सम्पदा बर्षेनी नष्ट हुँदै गैरहेको छ ।

वन तथा भुसंरक्षण विभागका अनुसार नेपालको कुल क्षेत्रफलमध्ये ४४.७४ प्रतिशत (६४ लाख हेक्टर) भुभाग वन क्षेत्रले ओगटेको छ । हाल नेपालमा विभिन्न राष्ट्रिय निकुञ्ज, वन संरक्षण क्षेत्र, सामुदायिक तथा निजी वन सञ्चालनमा रहेको पाईन्छ । संघीय सरकार लागु भएपछि नेपालभर ८४ डिभिजन वन कार्यालयहरु, ७४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु सञ्चालनमा आइ रहेका छन् ।

वनसँग सम्बन्धित अन्य कानुनहरु निकै प्रभावकारी भए पनि डढेलो लगाउनेको पत्ता लगाएर कडा कार्यवाहिको व्यवस्था नहँुदा पनि चुनौती थपिएको वातावरण संरक्षणमा चासो राख्ने छायानाथ रारा नगरपालिका घट्टलेखका स्थानीय बुध्दिजिवी कृष्ण बहादुर सेजुवाल बताउँछन् । “बर्सेनी वन आगलागीको चपेटामा परेर आफु सानो छँदा ठुलाठुला रुख र घना जंगलहरु भएका अधिकाँश वनमा ठुला रुखहरु देख्नु त कता हो कता बाक्लो जंगलसमेत पातलिँदै जान थालेको”मा उनी दुःखि छन् ।

[कार्की सरोकार टेलिभिजनका मुगु जिल्ला संवाददाता हुन् । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो।]

Previous Post

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

Next Post

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

Next Post
अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version