देशमा आजः ८ बजे ८ खबर

१. कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् ।

२. बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने काठमाडौंमा बुधबार आयोजित अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा बताएका छन् ।

३. चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका आगामी शनिबारबाट खुल्ने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो ।

४. विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

५. जिल्लामा गर्मी बढेपछि चितवनको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्य बताए ।

६. विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्वन्द्व अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ । विश्व शान्तिको कामनासहित लुम्बिनीमा ती मूर्तिहरु प्रदर्शन गर्न लागिएको हो ।

७. सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

८. गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ ।

Exit mobile version