योग समितिले मनायो स्थापना दिवस

योग समिति नेपालले बिहीबार आफ्नो स्थापना दिवस मनाएको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैठों वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाएको हो ।

प्रभातफेरी निकालिएपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाइएको हो । नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा मनाइएको स्थापना दिवस कार्यक्रम उद्घाटन गरे । उनले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा पनि राखे ।

योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा वडाध्यक्ष मनोज श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य लगायतले आफ्ना धारणा राखे ।

स्वागत गीत तथा नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदीले जानकारी दिइन् ।

Exit mobile version